झ्यालबाट आकाश । एक सानो खिड्की । एक उन्मूक्त संसार । देख्नुको बृहतता ।
दृष्टिको साघुरोपन । हो हरेक दिन म पनि झ्यालबाट आकाश नै हेर्छु । मानौ एक बिन्दुले संसार कोरीरहेछ । आकाश बुझ्न संसार चहार्न नपर्ने रहेछ एक खिड्की नै काफी रहेछ ।
सानो कति सानो । ठूलो कति ठूलो । बृहतता र साघुरोपन भित्र रुमलिन्छ स्ांसार । म झ्यालको खिड्की खोल्छु र चिहाउँछु आकाश । मानौ म कुनै चरा हुँ उड्न सक्छु देशदेशावर । मानौ बादल हुँ आकाशको साथी । तर खिड्कीको क्यानभाषभित्र रुमलिएको संसारले नी कल्पना त आकाशकै गर्छ । बिना सिमानाको मेरो दृष्टिले नि आकाश नै हेर्छ । थाहा छैन आकाशबाट चिहाउँनेले मेरो झ्याललाई कसरी हेर्छ .........
No comments:
Post a Comment