कतै सुनेको थिएँ लेख्न सबैभन्दा सजिलो विषय प्रेम हो र सबैभन्दा गाह्रो पनि । थाहा छैन प्रेममा खर्चिएका मसिहरु कति हाँसो र आँशुले सिँचित छन् । समयको कठिन परिधिमा निस्सासीएका मानिसहरु किन प्रेम भन्ने बित्तिकै उन्मुक्त हुन्छन्? कति कुरा गर्न लजाउँछन्, कति प्रेम गर्छु भन्न डराउँछन् र कति पक्षिहरुझै आफ्नै प्रेमको उडानमा पर पर पुग्छन् । किन प्रेम आफैँमा पूर्ण भएर पनि अपूर्णझै हर प्रेमीहरुको इन्द्रेणीमा अर्को रंग बनेर घुल्छ । प्रेम गर्नु भनेको कोमल हुनु हो । प्रेमको इतिहास कोमलताको इतिहास हो । कसैलाई तिमी कमजोरीसहित अपनाउँछौ, उसका गल्तिहरुमा हाँसिदिन्छौ र फेरी अर्को मौका दिन्छौ र कठोरताको कैंचीले उसको उडानलाई रोक्दैनौ भने त्यो प्रेम नै हो । तिमी हर कसैलाई प्रेम गर्न सक्छौ तर प्रेमको बदला प्रेम नै म्याथको र्फमूला माइनस माइनस प्लस जस्तो नहुन सक्छ । प्रेम गर्दिन कहिल्यै प्रेम गरिन भन्नेहरु पनि प्रेम गर्छन् । प्रेमको मैफिललाई नकार्नेहरु जीवनको संगित र सिम्फोनीलाई पनि नकार्न सक्छन् । नर्कानु अर्को कुरा तर कसैलाई प्रेम नै गरिन भन्नु मिथ्या मात्र हो । हर प्रेमीहरु सुन
तर उनीहरुलाई थाहा हुनेछैन, म फर्कनकै लागि गएकी हुँ । उनीहरुका लागि जसलाई मैले पछाडि छोडेँ ।