Skip to main content

Posts

Showing posts from August, 2016

यात्राको अन्त्य

थाहा छैन यात्राको सुरुवात के थियो मुस्कान वा रोदन ? भन्नुपर्ने केहि थिएन हामी चुपचाप बस्न सक्थ्यौं पहाड, हिमाल र मैदान जसरी रुख, फूल र पात जसरी तर हामी गुमसुम बसेनौं आँखाका भाकाहरु पढ्यौं मुटुका चालहरु सुन्यौं थाहै नपाइ हामी मौन रहेर पनि मौन रहेनौं कहिलेकाही नदीजसरी गड्गडायौं पानी बनेर कहिलेकाही फूलजसरी फक्रर्यौ मुस्कान बनेर यदाकदा सपनाको रंगिन क्यानभासमा सैर गर्यौ रंग बनेर थाहा छैन यात्राको अन्त्य के हुँनेछ................  आज म गन्तब्यको चिन्ताले ब्याकुल छु ।