हिजो देखेका सपनाहरु आज मात्र इतिहास बनेर उभ्भिएका छ्न मेरा अगाडी म नतमस्तक बनेर हेरिरहेछु खसिरहेको आशाको पर्वतलाई......... अरुको इतिहास कती सजिलै छिचोलिदिन्छौं र सम्झिदिन्छौं तर आफ्नै मौन इतिहास बेलाबखत पिरोल्छ आफैंलाई! सपनाको मानचित्रले आफ्नै कक्षलाई नाघेर अरु कसैको संघारमा पुगेको बेला म तिनै मौन इतिहासको विष्मृतिमा पुग्ने गर्छु.... आज पात झरेर नाङ्गो भएको रुखझैं बाटो विर्सिएर अर्कैको गन्तव्यमा पुगेको यात्रीझैं यथार्थको अर्कै कोलाज मा पुगेको छु र हरदम आफ्नै प्रतिविम्वमा अरु कसैलाई देखिरहेछु ।
तर उनीहरुलाई थाहा हुनेछैन, म फर्कनकै लागि गएकी हुँ । उनीहरुका लागि जसलाई मैले पछाडि छोडेँ ।