Skip to main content

Posts

Showing posts from February, 2019

Voiceless Month

I have always believed that the starting of something signifies the upcoming days. But the starting of 2019, has been quite unlucky to me. The world was eagerly waiting to welcome the new calendar. Like others, I was also anxious to welcome the new English calendar with new hopes. Unfortunately, the body mechanism was also waiting to welcome the new mechanism in the body. The same day I welcomed the lonely silence in my body and I lost my old friend voice.             When we are healthy both emotionally and physically we take everything as granted. We never realize the importance of everything whatever we have. But after losing it we realize the importance. It happened to me too. I always take my voice as granted. I never think can I manage to live without it? However, the new year has given me a new bizarre surprise, the same day when I was waiting to welcome the new caleundar. First two days, I was quite confusing. I thought that it is happening because of the chilling climate o

कविता

शब्दहरुको सिमाभित्र तिमी अटाएनौ मैले पानाहरु खाली छोडिदिएँ आज जीवनका पानाहरु पल्टाउँदैछु देख्दैछु सफा सेता पानाहरु सायद...... मैले लेखेको पहिलो कविता तिमीनै  थियौ । । 

बजार

सबैले भनिदिए बोल्नेहरुको सबै बिक्छ आज बिक्नेहरुको भिडमा मौन कथाहरु पढ्दैछु बुझ्दैछु बजार बजारनै रहेछ अब नबिक्नुप्रती कुनै पश्चताप रहेन।

यात्रा

तिमीले भनेझैं  यात्रा गर्न  सजिलो रहेनछ आफ्नै डोबहरुमा आफ्नै पाइलाहरु राख्नु आफ्नै क्षितिजमा आफ्नै सपनाहरू खोज्नु आफ्नै प्रतिबिम्बमा आफ्नै छांयाहरु निहाल्नु आफ्नै मस्तिष्कमा आफ्नै अहंकारसित तर्सिनु बोरु सारै सजिलो त यात्रा नगर्नुनै रहेछ।।

ल्यान्डस्केप

जीवनका लामा लामा ल्यान्डस्केपहरु किन टुक्रीएर स-साना हुँदैछ्न् ? किन छैन उसको जस्तै तिम्रो र मेरो भागमा उज्यालो क्षितिज ? किन पत्रीकाहरु अध्यारो निराशा लिएर आउँछ्न् र भत्काउँछ्न् छोरी हुनुको आफ्नै आत्माविश्वास किन देख्छु आफ्नै शरिर यतिसारो नाजुक ? हर बिहान जब काममा निस्कन्छु किन असुन्दर लाग्छ सुन्दर भनिएका होडिङबोडहरु र भत्काउँछ्न् सपना देख्न सिकाउँने रुमानी आँखाहरु  प्रेम गर्न सिकाउँने प्रेमिल मन बिरक्तिएको आँखाले बिरक्तिएकै संसार देख्दो रहेछ यो मन ढुङ्गा  भएको छ म प्रेम गर्न डराउँदैछु । । 

विद्रोह

भन्थेउ नि आज जे छ भोलि पनि त्यही हुँनेछ सायद............. सायद त्यो प्रेम थियो मैले बुझिन... थाहा छ भोलि घाम उदाउँनेछ र भोलीको घाम छुट्टै हुँनेछ सायद आजको जस्तो धुमिल हुँनेछैन आज म प्रेम होइन विद्रोहको गीत गाइरहेछु।।

प्रतिबिम्ब

कतै छुटेको आफ्नै प्रतिबिम्ब जस्तै किन लागिरहन्छ  उ आफ्नो हो  मानिसहरू भन्छन् -  फूल्नु ओइलिनु  जानू नआउनु र विर्सिदिनु यो त विम्ब हो नियतीको बुझ्छु तर बुझ्न सक्दिन सायद अब यस्तो नहोस् आफ्नै प्रतिबिम्बमा अरु कोही खोज्नु नपरोस् ।