Monday, February 11, 2019

ल्यान्डस्केप

जीवनका लामा लामा ल्यान्डस्केपहरु
किन टुक्रीएर स-साना हुँदैछ्न् ?
किन छैन
उसको जस्तै तिम्रो र मेरो भागमा उज्यालो क्षितिज ?
किन पत्रीकाहरु अध्यारो निराशा लिएर आउँछ्न्
र भत्काउँछ्न्
छोरी हुनुको आफ्नै आत्माविश्वास
किन देख्छु
आफ्नै शरिर यतिसारो नाजुक ?
हर बिहान जब काममा निस्कन्छु
किन असुन्दर लाग्छ
सुन्दर भनिएका होडिङबोडहरु
र भत्काउँछ्न्
सपना देख्न सिकाउँने रुमानी आँखाहरु
 प्रेम गर्न सिकाउँने प्रेमिल मन
बिरक्तिएको आँखाले बिरक्तिएकै संसार देख्दो रहेछ
यो मन ढुङ्गा  भएको छ
म प्रेम गर्न डराउँदैछु । । 

No comments:

Post a Comment

चौँतिस

निर्जला अधिकारी बाटो लामो छ हिड्नुपर्ने, हिडेको केही घण्टा त भयो । किन म यति धेरैे थाक्दैछु । यो थाक्ने उमेर पनि त होइन । सायद हो कि ? हुन त...