Skip to main content

Posts

Showing posts from 2018

संझना

कुनै दिन भनेका थियौ  बिर्सिदेउ मलाई र म बिर्सिने निउमा सम्झिरहेछु  आज सपना देख्ने आखामा  बिर्सिने सपना बोकेर  यो सहरको कुनै अध्यारो कोठामा  म पानाहरु भरिरहेछु  र लेखिरहेछु   कहिल्यै नमेटिने अक्षरहरु  सायद बिर्सिदिने अक्षरहरु अजम्बरी हुन्छन्  बनिदिन्छन्  सधैँसधैँका लागी अमर  लागिरहेछ  र लागिरहनेछ  बिर्सिने मष्तिस्क  र सम्झने हृदय  किन समानान्तर रेखाजसरी  गहिरहन्छन् परपर......... कहिल्यै नभेटिनेगरी। 

लेटर टु नगरकोटी

प्रिय लेखक,                    म तपाईलाई प्रिय नगरकोटी  पनि भन्न सक्थें तर किन किन प्रिय लेखक नै भन्न मन लाग्यो । सायद हाम्रो  सम्बन्ध शब्दहरुले गा“सेको सम्बन्ध हो । त्यसैले नगरकोटीभन्दा लेखकनै प्रिय लाग्यो । सात आठ वर्षअघि कोशेलीमा तपाईका लेखहरु पढ्दा तपाईको लेखनशैली  अद्भूत  लाग्थ्यो त्यसैले पढ्थें । पटकपटक पढ्थें र पटकपटक पट्याएर राख्थें । मेरो किशोर मष्तिस्कले तपाईको परसनालिटि कस्तो होला भन्ने सोचिरहन्थ्यो अझै सोचिरहन्छ । तपाईको लेखहरु पढ्नुको अर्को कारण चैं तपाईको लेखनमा पारिजात र सकमबरी दुबै आउथें र दुवै मेरा प्रिय थिए त्यसैले पढ्थें ।  सुरुवाती चरणमा तपाईलाई पढ्नुको कारण पनि त्यहि थियो । अक्षरगञ्ज पढ्दा मलाई खासै नौलो फिल भएन कारण तपाईको क्याजुअल लेखहरुको रिभिजिट थियो त्यो । मोक्षान्त फिभर अझै पढेको छैन । पढेको छैन भन्दा अनौठो लाग्ला तर फोसिल र मिस्टिका अक्षरअक्षर पढेको छु, पटकपटक पढेको छु । किनकिन मलाई तपाईका महिला पात्रहरु सारै मनपरे सायद सकमबरीजती नै । मलाई अद्भूत पल्ट र बिषयबस्तुभन्दा अद्भूत पात्रहरुले बढि छुने गर्छ । मिस्टिका मनपर्नुको कारण पनि त्यहि थियो साथ

विल यु म्यारी मि

       एकाएक चिनेर पनि अपरिचित जसरी मैले आफ्नै बाटो रोजेकी थिऍ  । सजिलो थिएन एकाएक सधैँ  लागेको यर्थाथलाई भ्रम रहेछ भनेर बुझ्न  । दुईचार हप्तासम्म म डिस्टर्ब थिऍ  किनकिन संसार अनौठो लाग्यो । मसंग  सोध्नको लागि उस्लाई  प्रश्नहरु त धेरै थिए तर किनकिन सोधिन । लाग्यो अब प्रस्ट हुनको लागी केही बाकी छैन । आज किनकिन उस्लाई देख्दा म फेरी त्यही दिनमा पुगे“ जुनदिन “विल यु म्यारी मि?” को जबाफ “आइ क्यान नेभर कर्स आवर र्टिउ फेर्नसिप“ पाएको थिऍ ।          हामी साथी त थियौं तर मेरो भ्रम के थियो भने मलाई लाग्थ्यो हाम्रो सम्बन्ध मात्र साथी भन्दा धेरै गहिरो  छ । कहिलेकाही लाग्छ म एकदुई होईन लगभग पाँच वर्षसम्म कसरी भ्रममा बाचेहुला । सायद म बढी नै भ्रममा बाच्ने मान्छे थिऍ  । अहिले सोच्दा आफैं देखेर हाँसो  उठ्छ । जुन दिन मैले उस्लाई मसँग  बिहे गर्छौ ? भनेर सोधेको थिऍ “ त्यो दिन सम्झदा आज पनि म जिरिंग ¨ हुन्छु धेरै समयपछि पनि । आज मैले उस्लाई हेर्ने दृश्ठिकोण, समय, परिवेश सबै परिर्वतन भएको छ तर कहिलेकाही लाग्छ केहि परिर्वतन भएकै छैन । लाग्छ आज पनि म त्यही भ्रममा बाचिरहेको छु जसरी मैले पाँच बर्ष बिताए“ ।

नेपाली भ्रसेस अंग्रेजी

− निर्जला अधिकारी भाषा आवाज हो अधिनायकत्व  होइन भाषा जननी हो कुनै बाद र  लिङ्ग  होइन मूर्दावाद उसको शब्दलाई मूर्दावाद उसको विचारलाई माफ गर आज आफ्नै  शब्दहरुले आफैंलाई रंग्याएकीछु । माफ गर्नुहोला सुरुवात आफ्नै  कविताबाट गरेकी छु  र विषय हो भाषा । त्यसमा पनि अंग्रेजी  र नेपाली भाषावीचको द्दन्द भनौ वा त्यसले निम्त्याएको हिनताबोध र युफोरिया । माथि कवितामा पनि भनेकी छु भाषा आवाज हो अधिनायकत्व होइन । तर मैले त्यस्ता ब्यक्तिहरु भेटेकी छु जसले अंग्रेजी  नजान्नेलाई सारै ठेट भाषामा भन्दा सारै मूर्ख सम्झन्छन् । र मेरा त्यस्ता साथीहरु र आफन्तहरु  पनि छन्  जसलाई अंग्रेजी  नजानेकोमा सारै हिनताबोध छ । तर भाषा आफैंमा  विद्वता र हिनताबोधको बिम्ब कसरी बन्न सक्छ ? अंग्रेजी  जान्नुको युफोरीया र नजान्नुको हिनताबोध  के आफैंमा सहि कुरा हो ? यी प्रश्नहरुले यदाकदा मलाई झक्झकाउने गर्छ । र सोच्ने गर्छु अंग्रेजीले निम्त्याएको हिनताबोध र युफोरीयाले दिर्घकालिन परिणाम के ल्याउला । एकदिन कामबिशेष रुपमा एकजना दिदिसंग  भेट भएको थियो । हामी एउटा कार्यक्रममा थियौं ।  उहाँ ब्रदरहुडलाई नेपाली

पारिजात र सकमबरी उही वा भिन्न

निर्जला अधिकारी शिरीषको फूलमा थेसिस लेख्छु भनेर उद्घोस् गर्नु मेरो केवल भावनात्मक निर्णय थियो । सायद मैले सदाझै दिमागलाई होइन हृदयलाई पछ्याएँ । प्रपोजल लेख्दै गर्दा साथिले पढ्छु भनेर मागि, मैले अँग्रेजी सँस्करणमा गर्दै थिएँ दिएँ । एकदिन अचानक उसले मलाई तैले सकमबरीमा होईन आफैंमा थेसिस लेख्दै छस् भनी । मैले किन भनेर प्रश्न गरेँ । उसले भनी, “किन किन मलाई सकमबरी तँ जस्तै लाग्यो बुलेट पड्केको जस्तो आवाज, थोरै अराजक, थोरै निराश ” म हाँसे मात्र केहि बोलिन । सकमबरीसँग आफू दाज्दा वा अरु कसैले आफूजस्तै लाग्छ भन्दा रमाईलै लाग्छ । सायद प्रिय पात्र आफूजस्तै हुनु सुन्दर संयोग हो । तर त्यो भन्दा बढि मैले पारिजात र सकमबरीलाई दाजेर हेरेको छु । र कयौ पटक सकमबरी पारिजातै हो कि भन्ने प्रश्न गर्ने गर्थे र गरिरहेको छु । हुन त पात्रमा लेखक बोल्नु कुनै नौलो कुरा होइन । सिग्मण्ड फ्रायड भन्छन्, “कुनै पनि रचना लेखकको लक्षण हो ।” उनका अनुसार लेखकका अचेतन चाहनाहरु उसको लेखनमा देखिन्छ । सायद सकमबरीमा पारिजात देखिनु पनि त्यहि हो । शिरीषको फूलको भूमिकामा शंकर लामिछाने लेख्छन्, “अनि उ पारिजात भई । यस हुनुमा अनेक

यी अक्षर होईनन् नदी हुन्

ममी भन्नुहुन्थ्यो यो 'क' मात्र होइन तिम्रो यात्राको सारथी हो कुनै दिन तिमी पुग्नेछ्यौ परपर... कहरु सँग बग्दै लाग्थ्यो ..... यी अक्षर होईनन् नदी हुन्, बगिरहन्छ्न परपर...... । । तिमीले भनिदियौ अक्षरको यात्रा सबैभन्दा सुन्दर यात्रा हो लाग्यो..... आमाझै सुन्दर रहेछ्न् अक्षरहरु यी मेरा आफ्ना हुन्, आमा जस्तै । । अझै पनि मलाई खाली पाना मनर्दैन भरिदिन्छु अक्षरहरु रंगझै लाग्छ यी मेरा बालखकालका साथीहरु हुन् आइदिन्छ्न् सपनामा इन्द्रेणीझै । । आज फेरी एकहुल अक्षरहरु रिसाउँदैछ्न् मसँग लाग्दैछ...... यी मेरा सारथी होईनन् यी त जीवनका छालहरु हुन्, खोज्दा रहेछ्न् आफ्नै अस्तित्त्व बनाउँदा रहेछ्न् आफ्नै बर्णमाला । ।

The Story of Being Odd

How do you define odd?  Maybe, something or someone who is different than the mass or the person who is not like you. Or the person with a quirky personality. Maybe someone who seems boring. Seems quite different than what you say normal. You can define it in your own terms. With your own dictionary. But the world is so diverse, we grew up together despite having many differences. Don’t you think it’s hard to be normal than to be odd? Odd is one of my favourite words. It’s a beautiful word which welcomes the diversity of the world along with its unconventional nature. There are many reasons for loving this word. I  already said I love this word because I always been odd among my friends and relatives.  In a way, I am happy to be odd. And, today I am going to explore the story of being odd. We can't say anyone you need to be like this because it is simply unfair. The world is diverse, human beings are diverse and we have to respect this diversity. And, the world is diverse

पर्खाइ

कुनै दिन लागेको थियो पर्ख मात्र पर्ख फूलहरु फुल्नेछ्न् कुनै दिन तिम्रै बगैचामा चराहरु गाउँनेछ्न्.......... त्यस दिन चराहरुको गीत तिम्रो हुनेछ सदासदाको लागी आउँनेछ परको क्षितिज तिम्रै छेउ र भन्नेछ अब म टाढाको रहिन आउ! छोउ! महशुस गर ! लागेको थियो पर्खाइको फल सारै सुन्दर हुन्छ् बिडम्बना आज पर्खाइको अन्तिम विन्दुमा म भन्नेछैन् पर्ख मात्र पर्ख............. आज रित्तो आकाशमा म टुक्रीएका धुमिल छाँया मात्र देख्दैछु । । 

बिद्रोहको यात्रा

आज फेरी सेतो क्यानभाषमा मैले कालो रंग पोतिदिएँ थाहा छैन तिम्रा इन्द्रेणीहरुले मलाई कसरी हेर्नेछ्न् भोली सायद यो कठिन हुनेछ बिद्रोहको यात्रा ............ म फूल होइन मुस्कुराइरहन सकिन । । हरेकपटक तिम्रो इन्द्रेणी मेरो रहेन .... तिम्रो रंग मेरो भएन....... तिम्रो परिभाषा मेरो बनेन....... सायद तिमीजस्तो नहुनु जीवनका थुप्रै क्यानभाषमा कालो पोत्नु रहेछ आज फेरी सेतो क्यानभाषमा मैले कालो रंग पोतिदिएँ । ।

मौन सिम्फोनी

जीवनको रंग यती फिका फिका......... लाग्छ कहिलेकाही लाग्छ भरिदिउँ तिम्रो  रंग भरिदिउँ मेरो रंग.…. थाहा छ बुझ्न गार्हो छ बुझाउँन अझै गार्हो सायद मैले गल्ती गरें! तिम्रा मौन प्रश्नहरुको जवाफ मौनतामै दिएँ ! सबै मौनता प्रिय हुँदारहेनछ्न्...... जस्तोकी सबै मौन रातहरु माफ गर! समयले सबैलाई पर्खदोरहेनछ आज तिम्रा मौन गीतहरुमा फेरी मैले मौन सिम्फोनीहरु भरिदिएकी छु । । 

अस्पष्टता

उडिरहेका चराहरु फूलिरहेका फूलहरु वा दिनहुँ सपना बोकेर हिंडिरहेका पाइलाहरु मजस्तै अथवा तिमीजस्तै शब्द शब्दलाई जीवनको वाक्य मानेर रमाइरहेका हृदयहरु खै कोही देख्दिन स्पष्ट खै कहाँ छ सग्लोपन? खै कहाँ छ स्पष्टता? म बिना चस्मा हेरिरहेछु देख्दैछु धमिलो मात्र धमिलो खाली कागज बताससँगै उडिरहने छरपष्ट अक्षरहरु खै केहि देख्दिन स्पष्ट धमिलो मात्र धमिलो। 

"Honesty is the Best policy"

It is easy to write about your own experiences but at the same time, it is difficult, to be honest. It is difficult to portray very personal experience on a  public platform. It needs guts. Although, it is all about the process of being honest. I think it’s a beautiful thing. Indeed, honesty is the best policy.           Today, as always, I am walking with the same motto  “honesty is the best policy.”  Most of my close relatives and friends are quite familiar with my unfamiliar nature that is I am so bad with those things which are called social one.  I never feel comfortable in public gathering and functions. So, most of the time I feel very uncomfortable to talk about social institution because I consider myself very unsocial one. However, today I am going to talk about a social institution that is about marriage because I thought that I should talk about it.           I don’t know how sociology and anthropology define marriage although I have been the student of them. Maybe th

Last Year

It’s already 8 th of  Baisakha and I still, cannot go away from the hangover of 2074. Time never goes back.....but sometimes it can be. Still, I am living with 2074 and yet this feeling has refused to go away. So, I am going to talk about 2074, the year which has given me many memories to remember and many lessons to learn.             Last year this time I was in Gorkha. So, I want to start with Gorkha. Now I am remembering those days in Khadka gaun especially those last days when we were about to return back. I would never forget the love, respect and everything which I  got and learned from there. And I always think 2074 is special because of Gorkha memories. Memories are nothing without people and their stories. Jasper, Bikesh Dai, Freya, Daisy, Hardika,  Bhawana, Hannah, Saroj, Radip, Daniel, Michael these are the wonderful people who made 2074 very memorable. Jasper! I learned many things from you, especially how to be nonjudgemental. And I realized we can be friends althoug

Dream

“Speak your mind, even if your voice shakes”  this is my favorite quotation so far. But sometimes it’s hard to articulate what we really feel. I think I am not good in speaking. So, writing has always been a very good medium to express. Today, I am going to talk about a dream. It’s a very slippery word, it makes you fall down many times. So does with me. Sometimes I think it is the greatest irony to talk about dreams. It’s a ridiculous thing. But I am doing this ridiculous thing. Last time my small school kids asked me, “Ma’am what was your dream when you were like us?” And next one said,” She wanted to be a teacher so she is here.” That was a very difficult moment. I think the most difficult one. I did not want to tell lie but at the same time, I could not tell truth too. As usual, I smiled and said  I love books so I am here to teach you. I couldn't tell them the reality because I always tell them to follow your dream and do what you love. In a way, I don’t want to see my chi

समग्रता

जम्नु........ पग्लनु...... फेरी बग्नु......... यथार्थको रसायनबाट म भागिरहन सक्दिन कथाझैं.... कविताझैं.... चित्रझैं....  सायद जीवनका एक्ला एक्ला आयामहरुझैं म पत्रपत्र जिउँदैछु ।  मूल्याङ्कनको समुच्च आधारशिविरमा म नभेट्टिन सक्छु भेट्टिएपनी एक्लिन सक्छु तिमीले मलाई बेवास्था गर्न सक्छौ नबोल्न सक्छौ आरोपहरु लगाउँन सक्छौ कमजोरीहरु औल्याउन सक्छौ म नियम र बन्धनहरुमा रमाउन्न  मलाई थाहा छ समग्रताको जादुवी रंगहरुभन्दा म थेरै पर छु धेरै पर...............  त्यसैले जम्छु, पग्लन्छु अनि फेरी बग्छु ।

सहर

मनिसहरु भन्छन् यो सपनाको सहर हो सायद ठिकै भन्छ्न् बादलले भरिएको आकाश धुलोले भरिएको सडक र मेरा धमिला आखाँहरुलाई सपना देख्न सिकाउने सहर यही हो । अन्तद्वन्दका अग्लाअग्ला पर्खालहरु आकांक्षाका फराकिला होडिङबोडहरु  तिम्ले र मैले संगालेका प्रेमिल क्षणहरुको साक्षी हो यो सहर .............. सायद लेखेर पनि अलिखित बोलेर पनि मौन अथवा समयको कुनै परिधिमा अट्न असफल यो सहर हुनसक्छ हाम्रा सफेद कथाहरुको रंगिन परिभाषा हो । आज सहर मौन छ जस्तो कि तिमी र म र हाम्रा सपनाहरु............... तर के मौनाता आवाजविहिनता हो र ? अनी प्रेम मात्र सम्बन्ध ? सायद........ सहरको परिभाषा सहर नै जान्दछ जस्तो कि प्रेमको ..................... प्रेम नै ।

Neither I Connect it only with Money nor only with Power

When I think about education, the first thing which comes to my mind is I am nothing without it. I cannot imagine my life without reading books and writing something only for myself even in my bizarre fantasy. People connect education with many things with the position they hold after getting an education, the money they earn because of education, the freedom they get because of education etc. They have their own dictionary and theory about education. But for me, education is that thing which liberated me from every dimension. Neither I  connect it only with money nor only with power. You may think why she is only talking about what she thinks about education. But today is my graduation day so I have the hudge thinking about education early in the morning.  And in a way, I don’t want to suppress it. So, I am not just thinking I am writing also. Like every middle class, for my family also being educated means being more powerful. I think I am privileged enough my parents never force