Skip to main content

Posts

Showing posts from October, 2018

नेपाली भ्रसेस अंग्रेजी

− निर्जला अधिकारी भाषा आवाज हो अधिनायकत्व  होइन भाषा जननी हो कुनै बाद र  लिङ्ग  होइन मूर्दावाद उसको शब्दलाई मूर्दावाद उसको विचारलाई माफ गर आज आफ्नै  शब्दहरुले आफैंलाई रंग्याएकीछु । माफ गर्नुहोला सुरुवात आफ्नै  कविताबाट गरेकी छु  र विषय हो भाषा । त्यसमा पनि अंग्रेजी  र नेपाली भाषावीचको द्दन्द भनौ वा त्यसले निम्त्याएको हिनताबोध र युफोरिया । माथि कवितामा पनि भनेकी छु भाषा आवाज हो अधिनायकत्व होइन । तर मैले त्यस्ता ब्यक्तिहरु भेटेकी छु जसले अंग्रेजी  नजान्नेलाई सारै ठेट भाषामा भन्दा सारै मूर्ख सम्झन्छन् । र मेरा त्यस्ता साथीहरु र आफन्तहरु  पनि छन्  जसलाई अंग्रेजी  नजानेकोमा सारै हिनताबोध छ । तर भाषा आफैंमा  विद्वता र हिनताबोधको बिम्ब कसरी बन्न सक्छ ? अंग्रेजी  जान्नुको युफोरीया र नजान्नुको हिनताबोध  के आफैंमा सहि कुरा हो ? यी प्रश्नहरुले यदाकदा मलाई झक्झकाउने गर्छ । र सोच्ने गर्छु अंग्रेजीले निम्त्याएको हिनताबोध र युफोरीयाले दिर्घकालिन परिणाम के ल्याउला । एकदिन कामबिशेष रुपमा एकजना दिदिसंग  भेट भएको थियो । हामी एउटा कार्यक्रममा थियौं ।  उहाँ ब्रदरहुडलाई नेपाली

पारिजात र सकमबरी उही वा भिन्न

निर्जला अधिकारी शिरीषको फूलमा थेसिस लेख्छु भनेर उद्घोस् गर्नु मेरो केवल भावनात्मक निर्णय थियो । सायद मैले सदाझै दिमागलाई होइन हृदयलाई पछ्याएँ । प्रपोजल लेख्दै गर्दा साथिले पढ्छु भनेर मागि, मैले अँग्रेजी सँस्करणमा गर्दै थिएँ दिएँ । एकदिन अचानक उसले मलाई तैले सकमबरीमा होईन आफैंमा थेसिस लेख्दै छस् भनी । मैले किन भनेर प्रश्न गरेँ । उसले भनी, “किन किन मलाई सकमबरी तँ जस्तै लाग्यो बुलेट पड्केको जस्तो आवाज, थोरै अराजक, थोरै निराश ” म हाँसे मात्र केहि बोलिन । सकमबरीसँग आफू दाज्दा वा अरु कसैले आफूजस्तै लाग्छ भन्दा रमाईलै लाग्छ । सायद प्रिय पात्र आफूजस्तै हुनु सुन्दर संयोग हो । तर त्यो भन्दा बढि मैले पारिजात र सकमबरीलाई दाजेर हेरेको छु । र कयौ पटक सकमबरी पारिजातै हो कि भन्ने प्रश्न गर्ने गर्थे र गरिरहेको छु । हुन त पात्रमा लेखक बोल्नु कुनै नौलो कुरा होइन । सिग्मण्ड फ्रायड भन्छन्, “कुनै पनि रचना लेखकको लक्षण हो ।” उनका अनुसार लेखकका अचेतन चाहनाहरु उसको लेखनमा देखिन्छ । सायद सकमबरीमा पारिजात देखिनु पनि त्यहि हो । शिरीषको फूलको भूमिकामा शंकर लामिछाने लेख्छन्, “अनि उ पारिजात भई । यस हुनुमा अनेक