Skip to main content

Posts

Showing posts from December, 2014
म त्यो चित्र हु कसैले नकोरेको  सायद आफैले पनि नकोरेको। 
रातो गुलाफ चाहेको दिन  तिमीले मलाई कालो बादल उपहार दियौ  कालो बादलले मात्र बिनास गराउछ  भो प्रिय मलाई छोडिदेउ।   # कुरो 

त्यसपछि पाउनेछौ हामीलाई

हामी डिजिटल क्यामराका फोटाहरु होइनौ जहिले जहाँ पनि हेर्न सकिने  हामी त अदेख्य भएर पनि देख्य छौँ   हरेक कुर्चीमा, पोडीय़ममा, प्रमुख आतिथिको ब्याज  लगाउँने हाम्रै सन्तानहरु हुन्।  होला तिमीले देख्न सकेनौ होला हाम्लाई मूलधारमा  म पनि मान्छु त्यो  हामी त केबल मौफसल हौ अझै पनि खोज्दै छौ केही अस्तिव, अधिकार  र थोरै स्वायतता।  हामी लडिरहेका छौँ  कुर्ची नभए नि  त्यही समान अधिकारको लागि  के तिमी दिन सक्छौ मौन स्वीकृति  हामीलाई नदेखे दुर्बिनले हेर  हामी स्कुल, कलेज  र घरहरुमा प्रसस्तै छौँ ।  आकलझुकल भए पनि कहिलेकाही  पत्रपत्रिकामा पनि छाउँछौँ   बोलायौ भने कवि गोष्टिमा पनि जान सक्छौँ   बोलाएर त हेर  हामी पनि तिमी जस्तै मिठा मिठा कविता भन्न सक्छौँ ।  थाहा छ यो तिम्रो साहानुभूति हो  अब सहानुभूतिले मात्र पुग्दैन सम्मान पनि दिने गर  सम्मान मात्र होइन कहिलेकाही  हाम्रा  लागि बोल्ने पनि गर  त्यसपछि पाउनेछौ हामीलाई प्रध्यानध्यापक देखि प्रधानमन्त्रि सम्म। 
चिया गफमै सिमित तर्कहरु  भट्टिमा नै रुमलिएका आदर्शहरु  परम्परा हुन् हाम्रा  इतिहास हुन् पुर्वजका  पशुलाई मानिस बनाउँनु  र मानिसलाई पशु ठान्नु  यो पनि हाम्रै सस्कार हो  हाम्रा अग्रजहरुले सिकाएको  ठूलालाई मात्र कति दोश दिनु  म पनि त्यहि सिकाउदैछु  मेरा सन्तानहरुलाई  बाघ हुनु र बाख्रा खानु ठिक हो भनेर  बाघ मात्र होइन म त सिंह बनाउदैछु मेरा सन्तानहरुलाई  सिंहदरबार भित्र छिर्नु अनि कहिल्यै  बाहिर ननिस्कनु भनेर। 
 म सधै सोच्छु म किन कमला बन्न सकिन र पचाउँन सकिन आफूँभित्र आइपरेका समस्याहरुलाई शान्त मूद्रामा  ऊ त बुद्ध हो अहिशा चाहन्छे ऊ त गान्धी हो राष्ट्रीयता चाहन्छे  ऊ बनाउँन सक्छे अर्ध आकार कृष्णलाई पूर्णकदको ऊ जन्माउन सक्छे आफूँजस्तै सानो शान्त कृष्णलाई ऊ गुँलाफ हो काँडाबिच पनि सजिलै फूलिदिन्छे ऊ नदिकिनारा हो  छालहरुलाई सजिलै सहिदिन्छे ऊ सिन्थियालाई दुश्मन ठान्दिन  देख्दछे दुश्मनमा पनि  शिवको जस्तै अदभूत सौन्दर्यता  तर म किन बन्न सक्दिन कमला सिता र गान्धारी जस्तै र हेर्न संसारलाई मात्र माया र प्रेमको नजरले