Saturday, December 27, 2014

चिया गफमै सिमित तर्कहरु 
भट्टिमा नै रुमलिएका आदर्शहरु 
परम्परा हुन् हाम्रा 
इतिहास हुन् पुर्वजका 

पशुलाई मानिस बनाउँनु 
र मानिसलाई पशु ठान्नु 
यो पनि हाम्रै सस्कार हो 
हाम्रा अग्रजहरुले सिकाएको 

ठूलालाई मात्र कति दोश दिनु 
म पनि त्यहि सिकाउदैछु 
मेरा सन्तानहरुलाई 
बाघ हुनु र बाख्रा खानु ठिक हो भनेर 

बाघ मात्र होइन म त
सिंह बनाउदैछु मेरा सन्तानहरुलाई 
सिंहदरबार भित्र छिर्नु अनि कहिल्यै 
बाहिर ननिस्कनु भनेर। 

No comments:

Post a Comment

Goodbye.....

Dear Sangita, It is not easy to say goodbye. Goodbye to anyone close. But saying a final goodbye is more difficult. It has been ten years si...