ओछ्यानमा नाङ्गो पल्टिएको छु । जीउँका कपडाहरु लथालिङ्ग कोठाभरी छरीएका छन् । एकछिनअघि आगोझै तातेको शरीर सेलाएर चिसो...... भएको छ । शरीर शिथिल छ र मन पनि । एक खाले ग्लानी मनभरी फैलीएको छ । तृप्त भएर पनि नभएझै आँखाभरी अनौठो सान्नाटाँ छाएको छ । तृप्ती पछिको ग्लानी र सान्नाटाले भित्रभित्र पोल्दैछ ।
उ गैसकेकी छ । शरीरमा अब रोमाञ्चकता बाकी छैन । छ त केवल एक गाल्नी । शरीर नाङ्गो छ । नग्नता कुरुप हो वा सुन्दर मलाई थाहा छैन । तर किनकिन आफैलाई नियाल्दा आफै तर्सिदैछु । लाग्दैछ आजबाट म जो थिएँ त्यो रहिन । हिजोसम्म जसलाई म खराब ठान्थेँ आज म त्यहि खराब मानिस भएको छु ।
भोली आइतबार हो...... बिहानै उठेर गर्नुपर्ने कामको अर्को चाङ छ । र पनि आफैले आफैलाई सम्झाउँन सकेको छैन । कसरी केही मिनेटको सुखको लागि म आफ्ना पुराना मानकहरुलाई एकाएक भत्काइदिन सक्छु । के सबै मानिसले शरीरको सुखको लागि सिद्वान्तको बोरा ओड्दैनन् । वा म त्यहि मानिसको जमात हँु,जसको सिद्वान्त बन्द कोठाभित्र पस्ने बित्तिकै एकाएक मलिन हुन्छ ।
मैले कहिल्यै सोचेको थिइन, मैले पहिलोपटक कसैले चुम्ने काम शरीरको लागि मात्र गर्नेछु । हिजोसम्म मेरा लागि प्रेमको कसि पहिलो र शरीरको सुख दोस्रो थियो । तर आज दोस्रो नै पहिलो भैदिएको छ । कसरी म बिना प्रेम, कसैको नगन्नतामा रमाउँन सक्छु वा कसैका अगाडि नाङ्गो भैदिन सक्छु ? मैले बाचेका २७ बर्षहरुमा त म यस्तो थिइन । यतिका बर्ष नबलेको प्यासको लागो एकाएक अहिले बलेको छ म भित्र । किन बल्दैछ ? किन चाहेर पनि म सम्यम बन्न सकेको छैन ?
उ गैसकेकी छ । थाहा छैन उ मसँगको सामिप्यतामा कसरी सन्तुष्ट हुन्छे । वा म कसरी सन्तुष्ट बनाउँछु । भन्दा पनि अनौठो लाग्छ, उ कसैकी श्रीमती हो । उ अरु कसैलाई माया गर्छे । तर शरीरको सुखको लागि मेरो साथ रोज्छे । थाहा छैन, उसले ममा के देखी, काममा भेटेको केही दिनमै, शारीरीक सम्बन्धको लागि प्रस्ताव राखी । मेरो लागि त्यो अनौठो र रोमाञ्चक दुबै थियो । यसअघि मलाई कुनै छोरी मान्छेले यसरी प्रस्ताव गरेको थिएन । मलाई छोरीमान्छेले यसरी प्रस्ताव गलार्न भन्ने पनि लाग्थेन । तर मैले उसको प्रस्तावलाई नर्कान सकिन । सायद म भित्र लुकेको त्यो आगोलाई म पनि बुजाउँन चाहन्थेँ ।
सम्बन्धको नाउँमा हामी बिच अरु कुनै सम्बन्ध छैन । दिनभरीका कामलाई समेटेर केही घण्टाका लागि हामी भेट्छौ । एकअर्कालाई अगाल्छौ, लुटपुटिछौ, चुम्छौ र केही नभएझै आ–आफ्नो बाटो लाग्छौ । कहिलेकाही बाटोमा भेटेर पनि नभेटेझै गर्छौ । र एकान्तमा यसरी एकअर्काभित्र समाहित हुन्छौ । लाग्छ हामी बर्षौ पछि भेटिएका प्रेमीहरु हौ । ऊ सधै भन्छे, “तिमीले मलाई त्यस्तो सुख दिएका छौ जुन मलाई मेरो लोग्नेले कहिल्यै दिन सकेन । म उसलाई प्रेम गर्छु तर उबाट सन्तुष्ट हुन सक्दिन । म प्रेमको मात्र होइन शरीरको पनि भोकी रहिछु ।” मलाई लाग्छ प्रेमले दिन नसकेको कुरा शरीरले मात्र कसरी दिन सक्छ । तर म यो उसलाई भन्न सक्दिन ।
यतिका बर्ष मलाई लागेको थियो यौन भन्दा प्रेम शक्तिशाली हुन्छ । तर पहिलोपटक मलाई लाग्दैछ यौनको अगाडी प्रेम केही हुँदै होइन । हामीले जे देखाउँछौ त्यो हुँदै होइनौ । हामी सबै भित्रैभित्र खोक्रा छौ । आदर्शको खोल त समाजको लागि मात्र हो । भित्रभित्र हामी सबै त्यहि कम्पनको खोजीमा छौ जसले एकअर्कालाई पूर्ण बनाएझै लाग्छ । हामी प्रेमको लागि होइन प्यासको लागि तड्पदा रहेछौ ।
उ हरेक दिन थाहा छैन ठिक सुन्नुअघि मलाई आफ्नो नग्न तस्विर पठाउँछे । त्यो तस्विर पाएपछि म यसरी उसको शरीरसँग खेल्न तड्पिन्छु लाग्छ म पहिलोपटक कुनै नग्न छोरीमान्छेको तस्विर हेर्दैछु । हामी कुनै भावनात्मक सम्बन्धमा छैनौ । वा छौ की । मलाई आफै देखेर अनौठो लाग्छ । आफ्नै सम्बन्ध देखेर अनौठो लाग्छ । आफैभित्रको बिरोधाभाष देखेर अनौठो लाग्छ । कहिलेकाही आफैँले आफैलाई देखेर निस्सासिन्छु ।
आजकाल कहिलेकाही आफ्नै नाम देख्दा पनि तर्सिन्छु । नाम आदर्श भएपनि मैले मेरो नामको आदर्शलाई जोगाउँन सकेको छैन । आदर्श को यो बोझ म कसरी बोकेर हिडौ । ......................
उसलाई म नाई भन्न सक्दिन । म भित्रको प्यासले हरेक पल उस्लाई खोज्छ । हरेक दिन म उस्लाई चुम्छु । हरेक दिन उ मलाई चुम्छे । हामी दुबैले आ–आफ्ना प्यासको आगोलाई बुजाउँछौ । तर हरेक रात जब म एक्लो हुन्छु त्यति बुझाएको आगोले आफै दन्किन्छु । लाग्छ म भित्र प्याँसको राफमात्र बाकी छ ।
उ मसँग सरम नमानि नाङ्गी भैदिन्छे । मैले एकपटक उसलाई सोधेको थिएँ, “ के तिमी तिम्रो प्रेमी, अहिलेको लोग्नेको अगागि पनि यसरी नै नाङ्गिएकी थियौ ?” उसले मलाई भनेकी थिई, “ प्रेममा लज्जा हुन्छ प्यासमा प्यास मात्र हुन्छ । प्यासले त हामीलाई निलज्ज बनाउँछ । तिमी यस्तो कुरा बुझ्दैनौ” । त्यो समय मैले उसलाई यो कुरा बुझ्छु भन्न पनि सकिन । तर हरेक पटक मैले उसलाई कपडामा देख्दा पनि नाङ्गो देख्छु । सायद उसले पनि मलाई नाङ्गो नै देख्छे । सायद हामीले एकअर्कालाई प्यासको आँखाले मात्र हेर्छौ । र एकअकासँग नाङ्गो मात्र भैदिन सक्छौ ।
मैले बिताएका २७ बर्षहरुमा मेरो शरीरसँग मज्जाले खेल्ने नाङ्गो छोरीमान्छेको कल्पना गरेको थिइन । मैले त कल्पनामा पनि प्रेम सहितका अर्धनग्न छोरीमान्छेको मात्र कल्पना गर्थे । पहिलोपटक उ मछेउ नाङ्गो भएर आएको दिन म लाज र रोमाञ्चकता दुबैले रातो भएको थिएँ । सायद बर्षौ संगालेको प्यासको आगो हामीसँग थियो जसमा उ र म दुबै जल्यौ ।
हरेक दिन उ मलाई तिर्खालाई मेट्ने पाठहरु पठाउँछे । मलाई कहिलेकाही लाग्छ उ मेरो शारीरीक सम्बन्ध राख्ने पार्टनर कम शिक्षिका बढी हो । उसका पाठले अझ म उद्देलित हुन्छु । सायद उ मलाई त्यसरीनै सुखको लागि हर क्षण तयार भएको देख्न चाहन्छे । वा उ मलाई असल विधार्थी भएर उसका पाठहरुलाई अपनाएको देख्न चाहन्छे । जे पनि हुनसक्छ । तर जब उ हुदिन एकान्तमा यी सबै कुराहरुले पोल्छ । अनौठो तरिकाले पोल्छ । समाजको आँखाले जब आफैले आफैलाई हेर्छु अनौठो लज्जाबोध हुन्छ ।
मैले ज–जसलाई मन पराएँ उनीहरुलाई यौनको आँखाले कमै हेरे । उनीहरु मेरा लागि आकर्षक त थिए तर त्यसमा शारिरिक सुख मात्र जोडिएको थिएन । उनीहरु भावनाले भरिएका अर्का सग्ला मानिस थिए । तर अहिले जोसँग शारिरिक रुपमा नजिक भाछु उ मेरो लागि कपडा पसलमा देखिने डमि जस्तै हो । यति हो उसको शरिरले मलाई तान्छ । जब म शारिरिक सुखको उत्कर्षमा पुग्छु तब उ मेरा लागि कुनै अपरिचित मानिस भैदिन्छे । म उसको शरीरलाई चिन्छु तर उसलाई चिन्दिन । हामी सँगै अनेक अनेक गर्छु । र पनि उ मेरो सपनामा आउँने राजकुमारी होइन । उ त बस् तिर्खाएको बेलामा भेटिने पानीको मूल जस्तै हो ।
एक दिन उस्ले मलाई सोधेकी थिई , “के तिमी म जस्र्तै अर्कि स्वास्नी मानिसलाई प्रेम गर्न सक्छौ ?” त्यो प्रश्न सजिलो थिएन । दुबै नाड्गो भएको बेलामा मैले उसलाई गर्न सक्दिन भन्न पनि सकिन । तर यर्थाथ त्यहि हो । म उसलाई चुम्न सक्छु, उसँग लुटपुटिन सक्छु, उसका हरेक अंगलाई खेलाउँन सक्छु तर प्रेम गर्न सक्दिन । सायद उसले मेरो मौनतालाई स्विकार्योति बुझीँ । तर म भित्र बिरोधाभाषको अग्लो पर्खाल छ । जसले अझै पनि भन्छ उ प्रेमको लागि होइन शरीरको लागि मात्र हो ।
सम्बन्धलाई अधि बढाउँन न उसलाई सजिलो छ न मलाई । हामी दुबै समाजलाई छलेर एक अर्कालाई भेट्ने गर्छौ । तर एकान्तमा आफैँलाई छल्न सक्दैनौ । थाहा छैन, उ कसरी आफ्नो श्रीमान अघि केही नभएझै फेरी अर्कोपटक नाङ्गो उभिन्छे । थाहा छैन कुनै दिन आफ्नै विगतलाई कोट्याउन परे म कसरी कोट्टयाउनेछु । तर अहिलेलाई मात्र मूल्याङ्कन गर्दा हामी दुबै एक अनौठो सम्बन्धको झिल्कामा मस्त छौ । थाहा छैन कुन बतासले यो सब तहसनहस पार्नेछ । वा हामी दुवै त्यहि झिल्कासँगै जल्नेछौ ।
विगत दुई दिनदेखी हामीले एकअर्कालाई भेटेका छैर्नाै । मलाई लाग्दैछ उ कुन बाध्यतामा अल्झिएकी छ । फोन अफ छ, सोसल मिडिया डियाक्टीभ छन् । म चाहेर पनि उ बारे बेखबर छु । एक्कासी कुनै अज्ञात खाताबाट इन्स्टामा म्यासेज आउँछ,
प्रिय आदर्श
आज पहिलोपटक तिमीलाई प्रिय भनेर सम्बोधन गर्दैछु सायद अन्तिमपटक पनि । तिमीसँग बेखबर भएर पर हुन मन थियो तर त्यो गर्न सकिन । जीवनको जुन मोडमा तिमी भेटियौ त्यो सायद हामी दुबैको लागि सहि समय थियो । सायद समयभन्दा सही अरु कोही हुन सक्दैन । आफ्नो लोग्नेबाट कहिल्यै सन्तुष्ट हुन नसकेकी म पहिलो पटक तिम्रो सामिप्यताले पूर्ण भएझै महसुस गरेँ । मैले आफैँभित्रको शान्ति र सन्तुष्टी तिमीबाटै पाएँ । त्यो मेरो लागि सदा अविस्मरणीय बन्नेछ । तर जीवनको यो मोडमा अब तिमीसँग भेटिरहनु तिमी र म दुबैका लागि खराव नियति बन्न सक्नेछ । तिमीसँग भेटेको अन्तिम दिननै मैले जागिरबाट पनि राजिनामा दिईसकेकी छु । अबको दुई दिनपछि म कतै पर अर्कै भूगोलमा हुनेछु । आफ्नै शरीरले आफैलाई भेट्नको लागि पनि कोही कसैको सामिप्यता चाहिने रहेछ त्यो तिमीले दियौ जुन मेरा लागि सम्झनलायक कुरा बन्नेछ । आशा छ तिमीले सजिलै मलाई बिर्सनेछौ । र कोही तिमीलाई पूर्ण रुपमा माया गर्ने अर्को मानिस चाडै भेट्नेछौ ।
उहि अदिति
उसको म्यासेजले मलाई एक हिसाबले शान्ति दिएको छ तर अर्को हिसाबले बेचैन पनि बनाएको छ । उ मसँग नरहनुलाई सामान्य मान्न सक्दिन तर रहिरहनुमा पनि खुल्ला हुन सक्दिन । अब उ मसँग सदाझै नाङ्गो भएर आउनेछैन । सायद उजस्तै अरु कोहीसँग फेरी म त्यसरीनै नजिक हुन सक्नेछैन । उ जसरी मेरो जीवनमा आई त्यसलाई असल र खराब दुबै मान्न म सक्दिन । हामी दुबै भोकाएका थियौ बस् हामी बिचको शारीरीक सामिप्यताले त्यो भोकलाई शान्त पार्यो । यदि समाजले देख्यो भने त्यो नैतिकताको खराब बिन्दु बन्नेछ । हामी बिचको नग्नतालाई अबैध ठह्याउँनेछ । र हामीलाई चारित्रिकताको अर्को प्रमाणपत्र दिनेछ । तर के समाज हामीले सोचेझै सपाट नग्नताले मात्र अडिएको होला ? वा के हामीले सोचेका सम्बन्धहरुमा सन्तुष्टिका सार्वभौम परिधिहरु मात्र होलान् । वा हामी सबै कुनै पर्दाभित्र नग्न छौ तर समाजले खोजेझै पर्दाबाहिर नैतिकताको अर्को कठोर धरातलमा आफैलाई सपाट मात्र देखाउँदैछौ । म लेख्छु........................
प्रिय अदिती,
सबैसबैका लागि धन्यबाद । तिमीसँग कृतज्ञ हुनुपर्ने धेरै कुराहरु छन् तथापी तिमी जसरी मबाट पर जाँदैछौ त्यसमा कुनै गुनासो छैन । मलाई लाग्छ, तिमी म भन्दा धेरै राम्रो मान्छे हौ । तिमीले जे रोज्यौ त्यो तिम्रो भागको खुसी थियो । मलाई लाग्छ तिम्रो भागको खुसी कसैले नखोसोस् । जाँदैगर्दा यही भन्न चाहन्छु म तिमीले सोचेझै राम्रो मानिस होइन । मलाई लाग्दैन म तिमीजस्तै अर्को छोरीमान्छेलाई प्रेम गर्नसक्नेछु.......................................................................................................................................
यति लेखिभ्याउँदा मेरा हातहरु कापेका छन् । आफेँलाई ऐनामा हेर्छु लाग्छ आफैँलाई चिन्दिन । जसरी पहिलोपटक उसको अगाडी नाङ्गो हुँदा एक खाली रित्तो मानिस आफूलाई भेटेको थिएँ फेरी अर्को पटक त्यस्तै रित्तो भेटेको छु । थाहा छ अब उसले मेरो म्यासेजको रिप्लाई उसले दिने छैन । तर पनि उसको रिप्लाई बारे सोच्दा मन अत्तालिन्छ । थाहा छैन मैले कसरी कसैको शरिरलाई मात्र प्रेम गरेँ । कसरी उ मेरा लागि एउटा शरीर मात्र भएर बिदा लिई ।
बाटोमा एक्लै हिड्दैछु । मोबाइलको डाटा अन गर्न सकेको छैन । हिड्दा पनि हात कापि रहेछ । थाहा छैन उसले मलाई कसरी लिनेछ । भोली मेरो जीवन कोही आयो भने फेरी अर्कोपटक यस कथालाई कसरी बुझ्नेछ । म एक भोको मानिस थिएँ तृप्तीको लागि शरीर मात्र बनिदिँए । तर मन शरीर मात्र केही होइन भनिदिन्छ । तर भोकोपन त्यस्तो नभन्दो रहेछ । भोको मान्छेको लागि तृप्तीनै संसार लाग्दो रहेछ । मन त हो आफूले आफैँलाई यस्तै यस्तै भन्छ । बाटोमा हिड्ने हरेक छोरामान्छे मेरै प्रतिबिम्ब हो कि भन्ने पनि लाग्छ । गोजिमा राखेको माक्स झिक्छु फेरी अर्कोपटक आफैँलाई नचिनेझै गरिदिन्छु । एक अपरिचित मानिसको छाँया बोकेर म हिडिरहेछु ।
बाटोमा फेरी कोही अर्को चिनेको मानिस भेटिन्छ । सजिलै भनिदिन्छ तिमी आदर्श होइनौ ? म फेरी अर्कोपटक आफ्नै नामले तर्सिन्छु । नामको आदर्शले फेरी अर्कोपटक मलाई गालामा हानेझै लाग्छ । फेरी अर्कोपटक उसले, “के तिमीले अर्कोपटक मजस्तै अर्की छोरीमान्छैलाई अर्की छोरीमान्छेलाई प्रेम गर्न सक्छौ भनेको सम्झन्छु । मनले फेरी भन्छ सक्दिन । त्यसरीनै बरालिन्छु घर फर्कन्छु । फेरी अर्को पटक इन्स्टा खोल्छु । उसको म्यासेज भेट्दिन । एकछिन मन शान्त भएझै हुन्छ ।
मनभरी म नाङ्गो नै छु । परिचितभाझ आदर्शको खोल ओड्छु । तर आफैँभित्र ति आदर्शहरु केही बाकी छैनन् । म जो हु त्यो एक शरिरको प्रििबम्ब मात्र हो । त्यसभित्र भोक मात्र छ । तर समाजको अगाडि त्यो भोकलाई यसर िछा्पेर हिड्रछु लाग्छ म अतृप्त भएर पनि तृप्त छु । अदितिलाई सम्झन्छु लाग्छ उसले पनि त्यही भोकको बाटो रोजी । मैले पनि त्यही रोजेँ । तर म उसलाई भोगको आँखाले मात्र हेर्नेछु । यो कुराले अनौठो चस्का दिन्छ । तर म उसलाई हेर्ने नजर बदल्न सक्दिन ।
आधा रात भैसकेको छ । म उसको नग्न शरीरलाई फेरी सम्झन्छु । उ फेरी म माझ नाङ्गो भएर आउँनेछैन त्यो पनि सम्झन्छु । मैले देखेको र भोगेको नग्न शरीर उसको मात्र हो । फेरी अर्कोपटक उसलाई सम्झेर आफैँमा लिप्त हुन्छु । तर मनमनै आफैँलाई माफ गर्न सक्दिन । फेरी मनले अर्कोपटक भन्छ उजस्तै अर्की छोरीमान्छेलाई प्रेम गर्न सक्दिन ।
No comments:
Post a Comment