Skip to main content

Posts

Showing posts from 2020

प्राग (Prague) (मानब कौलको कविता प्राग (Prague) को नेपाली अनुवाद)

  म त्यस्तो रहिन जस्तो तिम्ले छोडेकी थियौ त्यही ठाँउमा अहिले पिच सडक बनेको छ सबै हरियो कालो भएको छ लगातार लड्ने डरले मेरा जराहरु निस्केका छ्न् तर अझै केही त्यस्ता चऊरहरु छन् जहाँ हामी भेट्ने गर्थेयौ जबजबा राफीला दिनहरुमा त्यही बाटो जानेआउंने गर्छु बाडुल्की लाग्ने गर्छ तिमी प्राग गहिछौ कहिल्यै गयौ भने काफ्काको चिहानमा जरुर पुग्नु र सुन्नु त्यो सान्नाटा जब थाकेर लखतरान भएको बेला गहिरो निद्राअ पश्चात ओछ्यानको कुराकाप्चामा रहन्छ त्यहाँ सपना छैन् चिसो मौन त्सान्नाटा मात्र छ त्यहाँ केही छोडेर आउँनु सुनेको छु छोडेका चिजहरुको जरा फेरी पलाउँछ । ।

कहानी

जबजब कुनै कथा लेखी सिध्याउँछु यस्तो लाग्छ मैले कसैलाई धोका दिएँ मतलब यस्तो एउटा रहस्य जसलाई मैले बर्षौबर्ष आफैंसँग राखेको थिएँ जस्तोकी एउटा असल साथी मैले आज त्यो रहस्यलाई खोलीदिएँ मैले त्यो सम्बन्धको फाइदा उठाएँ तर यो त्यति ठूलो धोका होइन ठूलो त खासमा त्यो कथासँगै हुन्छ जसलाई मैले आज पूरा गरें हामी एउटा अलग्गै दुनियाँमा सँगै बाच्यौं बर्षौबर्ष अचानक मैले त्यो कथाको अन्त्य खोजें र टुङ्याइदिएँ यो हिंसा हो जसको ग्लानी बर्षौसम्म रहन्छ र पछि एउटा दुख बाकी रहन्छ त्यो केहो भने अन्त्यमा सबै सामान्य बन्छ होइन र? यो मानव कौलको हिन्दीमा लिखित कविता "कहानी" हो । हुन त उनी अभिनेता हुन् तर मलाई गजब्बका कवि लाग्छ । यो मलाई एक्दमै मनपर्ने कविता हो जसलाई नेपालीमा अनुबाद गर्ने प्रयास गरेको छु ।

Uncanny among Canny

       People hardly know me as a rebel. For them, I am the same girl who sits in the corner without spelling a single word.  When you are too tiny among so many people they hardly realize your presence. They can take you like a tiny object which has nothing to do with the world around them. I am one of them. Smallest in the group from school to university.  They identify me as a brown tiny girl in their group.             When you always feel like an outsider it makes you a different person. I am one of those. Who hardly have a feeling of being an insider. And always considered myself idiosyncratic and weird. When I go back to my formative years I remember being an odd among my own extended family.  I was not pretty and fair like my siblings.  It is not easy to grow up as a darker girl in a traditional  Nepali society. It is harder when you enter your teenage. That is the time when everyone feels a lack of belonging.   When you are continuously judged by your skin color and body typ

अस्तित्वका फिलिङ्गा

मैले बादलका टुक्राहरुमा तिम्रो नाम लेखें र तल जमिनमा पठाएँ आज जमिनमा केही सुन्दर देख्छु त तिम्रो नाम देख्छु तिमी देख्दिन तिम्रो नाम देख्छु सायदै अब तिमी भेटिनेछौ सायदै अब म तिम्रो नाम लेख्नेछु अस्तित्वको यो मैफिलमा जमिन र बादल केही नरहेपछी तिम्ले मलाई मैले तिम्लाई खै के खोजिरहनु खै के लेखिरहँनु !!

तिम्रो सत्य मेरो भ्रम

सदाझैं तिमी बुझ्नसक्नेछौ म एउटा त्यस्तो चित्र हुँ जसले तिमीलाई सधैं उच्चताको अर्को बिन्दुले हेर्नेछ अथवा तिमी त्यस्तो आकर्षण हौ जस्को उज्यालोले हरेक दिन म पग्लनेछु लाग्नसक्छ तिमीलाई तिमी त्यस्तो मैफिल हौ जस्को गीतमा मजस्ता अनेकौं नाच्नेछन् यी यस्तै भ्रमहरुको गुन्जनमा कहिल्यै नबिर्सनु मौनताको एउटा अर्को अध्याय मसँग पनि छ चाहेर नचाहेर आफू हुनुको सत्य तिमीले सोचेजस्तो स्वप्नील नहुनसक्छ कुनै दिन एउटै ढुङ्गामा ठोक्किएछौ भने बुझ्नु तिमी तिमी हौ म म हुँ तिम्रो सत्य मेरो भ्रम ।।