Skip to main content

Posts

Showing posts from June, 2023

शहर : एक अनुभूती

 निर्जला अधिकारी दिन शान्त छ । मनमा शान्ति भएको बेला बादलले भरीएको दिन पनि मनपर्छ । घण्टाघर तल छु ।  घण्टाघर आफ्नै लयमा घुमिरहेको छ । सायद समय यसरी नै घुम्छ । बिस्तारै थाहा नपाएझै गरी ।  सायद यो जीवनको गति हो । सायद मानिस पनि आफ्नै लयमा घुम्न चाहन्छ ।  हत्तारीँदै हिडेर कही पुग्नु छैन ।  हामी सबैको गन्तब्य एकै हो । थाहा छैन हत्तारीँदै हिड्नेहरु कहाँ पुग्छन् । सायद लामा पाइला चाल्नेहरुको यात्रा छोटो हुन्छ । यात्रा अयात्राको हामी घुमिरहेका छौ , सायद यही नै जीवन हो । चियापसलमा छु । भर्खरै एक मधुर मुस्कानले छोडेर गएको छ । मुस्कान एक सामुहिक भाव हो । दुख पिडालाई हामी सामूहिक बनाउँन सक्दैनौ । सायद मुस्कान नै त्यस्तो अनुभूती हो जसले सामूहिकता रोज्छ । मुस्काउँदै हिड्नेहरुले अनौठो अनुभूती दिएर जान्छन् । उसले त्यही  दिएर गएको छ । शहर आफ्नै गतिमा छ । चाहेर पनि हामी शहरको गतिलाई रोक्न सक्दैनौ । चियापसलबाट शहरको एक दृश्य कैद गर्दैछु । शहरले आफ्नै सौन्दर्य बोकेको हुन्छ । सबै आफ्नै लयमा पाइला चाल्दैछन् । किन कहाँ कसैलाई थाहा छैन । यो पाइलाहरुको कोलाहलमा आफ्नो पाइला खोज्दैछु । सायद म पनि आफ्नै

हत्यारा

करिब २ बजेको छ । चकमन्न रातसँग पनि म तर्सदैछु । म आफैँले आफैलाई  हत्यारा भन्न सकिरहेको छैन । तर म हत्यारा नै हो । मैले आफ्नै बैनीलाई भर्खरै मारेर आएको छु..... तर किनकिन म उसलाई मृत भन्न सक्दिन । मलाई मेरो बाउँको हत्याराभन्दा कुनै पछुतो छैन तर अनायास मैले मेरी बैनीलाई जसरी ................ मेरो हृदयले यो सब मान्न तयार छैन । थाहा छैन भोली गाउँमा के हुनेछ । सायद पुलिसको एक टोलि आउँनेछ र मलाई लग्नेछ त्यसमा मलाई कुनै पछुतो हुनेछैन । तर म आफूलाई बैनीको हत्यारा मान्न सक्दिन । बाउँलाई रेटेकोमा मलाई एक खाले सन्तुष्टि मिलको छ । मेरी आमालाई उसले कुनै दिन नसाको सुरमा त्यसैगरी सिद्घाएको थियो । भोलीपल्ट केही नभएझै गरी गाउँ डुलेको पनि थियो । र तेह्र दिन पछि तेरी अर्की आमा हो भन्दै अर्कि आइमाइ भित्राएको थियो । मलाई त्यहि दिन लागेको थियो कुनै दिन यी दुबैलाई यसैगरी सिद्घाउनेछु ।    त्यस बखत सुनिता बल्ल ३ बर्षकी थिइ । मैले मेरो आमाको प्रतिछाया त्यसैमा खोज्थेँ । आमाको झै ठूलाठूला आँखा , घुर्मेको कपाल  अनि गोरो छाला भएकाले उ मलाई आमाकै अर्को स्वरुपझै लाग्थ्यो । यिनै हातहरुले उसलाई काँखमा बोक्थेँ । यी

पतझर

  मुड ठिक छैन । कसलाई भनुँ । सायद आफैँलाई ।  भन्नलाई पनि त कोही छैन । पिरियड हुन एक हप्ता बाकी छ । के यो पियमयस हो । अरुले परै जाओस् मुडले पनि मलाई साथ दिन छोडेको छ । इन्स्टा खोल्छु लेख्छु, “ भिडभन्दा पर एकान्तमा” साथमा फोटो याट्याच गर्छु भूइमा झरेका पातको । कहिलेकाही लाग्छ म आफैँ पतझर हुँ । सायद म कसैको प्रभावमा पनि बहकिन सक्छु । या त्यो मानिस हुँ जसको अस्तित्वलाई नगन्य ठान्दा हुन्छ । हातमा ह्यान क्यानको “भेजिटेरिएन” छ । उपन्यासकी पात्र एकाएक साकाहारी भएपछि उसको लोग्ने एकाएक चिन्तित भएको छ । हुन त उ चिन्तित हुनुपर्ने कुनै कारण देख्दिन । मलाई लाग्दैन उसले कहिल्यै आफ्नी स्वास्नीलाई प्रेम गर्यो । उपन्यासले झन् मलाई रिसाहा बनाएको छ । लाग्दैछ किन छोरामान्छेहरु यति धेरै अप्रेमिल हुन्छन् । किन छोराीमान्छेको मिलेको शरीरलेमात्र उनीहरुलाई पगाल्छ । किन उसले बिनाप्रेम केही सिमित फाइदा हेरेर उसलाई बिहे गर्यो ? के उपन्यासकी नायिका प्रेमको हकदार थिइँन । के प्रेमको हकदार बन्न पनि तपाई अरुले सोचेझै भैदिनुपर्छ । मलाई किन किन लाग्दैछ म पनि त्यही नायिकाझै हुँ ।   आफैँ देखेर रिस उठ्दैछ । भएभरका पुराना कथा