Skip to main content

Posts

Showing posts from August, 2013

udhnu cha malai

उठनु छ  मलाई  निर्जला अधिकारी गाउलेले कुरा काटेपछि चोखो मन पनि धामिलीने रहेछ पाकेको गुलेलो सुन्तला पनि रस पसेको अमिलो कागती हुदो रहेछ। हिजो मेरी आमालाई बौसीको आरोप लागाय मरिसकेको बाउलाई हत्यारा हो भने मुग्लान पसेको दाईलाई कहिल्यै आऊन नसक्ने बनाए पापी पेटलाई भर्न म पनि मजदुरी गर्दै छु आफ्नो घर चलाउन मन नै नालागे पनि दुई चार जनासग हास्दैछु कर बलले हासेको पनि देख् नै नसकी कुरा काट्न थाल्दा रहेछन मीठो नमीठो खादा पनि  डाहाले मर्दा रहेछन अब मलाई यस्तो अन्याय सहीय छैन उठनु छ मलाई गरीबीभन्दा माथी अन्यायको पर्खालभन्दा धेरै टाढा पर देखीयको जूनको उज्यालो जस्तै 

Sapana

सपना निर्जला अधिकारी   सानोमा म पनि डाक्टर हुन्छु भन्थे पाइलोट भाको सपना देक्थे उड़ी छुनु चन्द्र एक भन्दै कविता पदथे मास्टर की आमा कथा मेरै हो भन्थे आज अरबको जंगलमा भेडा चेराऊदै  छु सपनालाई बिपनामा मेटाउदै   छु गरिबको मु ल्य चूकाऊदै छु साउको ऋणलाई दिनदिनै घटाऊदै  छु एस ल सीको असी  प्रतिशत  अङ्क   घरमै  छ साठी   प्रतिशत ल्याएको हर्के त डाक्टर भयछ दोस्रो पटक पास भाको रामे त लेक्चर  भएछ तेस्रा  हुने सुनीता त भुन्टेकी  आमा भईछ गणित सरले सधै डाक्टर हुन्छस्  भन्थे के थाहा डाक्टर त पैसाले पो हुने रहेछ अंग्रेजी सरले सधै पाईलट  हुन्छस्  भन्थे के थाहा पाईलट त बाउको खल्तिले पो हुने रहेछ आजकल म कहिल्यै   झुटो सपना देख्दिन बरु सपनामा  मेरा बा आमा देख्छु

Chori

छोरी निर्जला अधिकारी हिजो आमाले भनिन इज्यत  जोगायस \ हिजो बाले भने मेरो नाक राखेस\ आज उसले मेरो उसले भन्यो मेरो प्यास मेटेयस\ अब म कसरी जोगाऊ आमाको इज्यत र बाको नाक प्यास मेटायको  तन र चुसेको शरीर लिएर मा कसरी भनू  आमा तिम्रो इज्यत बाकीनै  छ बा तिम्रो शिर अजै उचो नै छ हजुरआमा तिम्री नातिनी अजै चोखीनै छ प्यास  मेटासी  उसले भन्यो  तिमि मेरी प्रेमिका तिम्री प्रेमीका  म कसरी आमाकी प्यारी छोरी बनु बाकी ऋ दयकी राजकुमारी बनु ठुल्दाई की आखाकी नानि बनु आमा  पेटमा प्रेमीको  प्यास  बोकेर आमा  म  कसरी बनु तिम्री सानी गुडिया बा कसरी बनु तिम्री सानी राजकुमारी र तपाईहरूक  ईज्यतकी  धरोहर