Skip to main content

Posts

Showing posts from January, 2019

उत्तर

कुनै दिन फकृएका  आफ्नै आशाहरुलाई साक्षी राखेर................. केही प्रश्नहरु सोधेकी थिएँ लागेन म गलत छु ! पुर्व फर्केको सुर्यलाई पश्चिममा खोज्नु सायद गल्तीनै हो ......... समयको चिसो पाठशालाले विनाप्रश्न उत्तरहरु दिँदै छ । । प्रश्नैप्रश्न मात्र अट्ने कुनैबेलाको स्वप्निल हृदय आजकल उत्तरैउत्तरको कोलाज शब्दकोशजस्तो भएको छ शब्दकोश............... यो भन्दा उजाड म केही भेट्दिन.. हुनसक्छ समयका उत्तरहरु सायद यस्तै हुन्छ्न्। 

सरल भर्सेस कठिन

सारै सरल हुनु र सारै कठिन हुनु आफैंमा सुन्दर कुरा रहेछ । लेखनमा पनि किन सरल लेख्नुपर्छ र किन कठिन लेख्नुपर्छ भन्नेबारे सधैं बिवाद रहिरह्यो । र प्राय कठिनता र सरलतालाई हामीले एउटै वृत्तमा राखेर  कहिल्यै हेरेनौं र  भनिरह्यौं कठिन लेख्नुभन्दा सरल लेख्नुनै ठिक । तर पनि कहिलेकाही जव  सरलता र कठिनता दुवैले सुन्दरताको एउटा हद पार गर्छन तव दुवै सुन्दर लाग्दो रहेछ  कल्पनाशीलताको अन्तिम विन्दु वास्तबिकता हो भनेझै  । आज म एउटा धृस्टता गर्दैछु भिन्न परिबेशका दुई लेखकहरुबिच  केही सामञ्जस्यता र केही भिन्नता देखाउँदैछु । बिशेषतः उनीहरुको लेखन शैलीबारे कुरा गर्दै छु ।  किन किन म यी दुवै लेखकहरुबारे कुरा गर्दा अल्लि बढि भाबुक र अल्लि कम क्रिटिकल हुने गर्छु । यी दुबै मेरा प्रिय लेखकहरु हुन् । पहिलो रहेकी छन् सान्द्रा सिस्नेरोज, मेक्सिकनअमेरिकन लेखक,  ( द हाउस अन  म्याङ्गो स्ट्रिट ) जस्तो सरल तर अतिनै सुन्दर कृति लेखेर विश्वमाझ चिनिइन् । उनले सधै आफूलाई चिनाउँदा नोबडिज वाइफ एन्ड मदर भन्ने गर्छिन । तर पनि उनको खास बिशेषता चैं उनको सरलता नै रह्यो । उनी सारै सरल र कम शब्दमा लेख्न सक्ने लेखक हुन् जसको क

मूर्तता /अमूर्तता

मूर्तता.......  अमूर्तता........ किन कहिल्यै देख्दिन सङ्लो छु भन्नेहरुको सङ्लोपन सुन्दर छु भन्नेहरुको सुन्दरता पिएर बसेको पियक्कडझैं हरेक पटक.… किन अर्थहिन लाग्छ सबै अर्थपूर्ण कुराहरु र मात्र देख्छु पिकासोलेझैं कोरेका जीवनका तिनै  अमूर्त बाङ्गटिङ्गा रेखाहरु किन प्रश्नहरु प्रश्नजस्ता लाग्दैनन् भन्नबाकी  उत्तरजस्ता लाग्छ्न् किन कोही  भन्दैनन् बुझ्नु नबुझ्नु हो भनेर ……. मौनता आवाज हो भनेर …. आज किन जटिल प्रश्नहरुजस्तो सबैकुरा जटिल मात्र देख्दैछु ।