Skip to main content

Posts

Showing posts from May, 2019

पुस्तकको अध्यारो

           म पुस्तकलाई प्रेम गर्छु । यसले निम्त्याउँने हरेक घटना र परिघटनालाई पनि प्रेम गर्छु । मलाई लाग्छ प्रेम गर्नु भनेको  मात्र मनपराउँनु र नपराउँनु भन्दा परकोे जैविक प्रक्रिया हो । पुस्तकलाई माया गर्नु भनेको  अक्षरको शक्तिलाई बुझ्नु रहेछ । र त्यही शक्तिको  मादकतामा आफूलाई बिलिन गराउँनु रहेछ । अक्षरको शक्ति  यति धेरै छ भनेर मेले धेरै पछि बुझें जुन दिन बुझें  त्यस अघिनै म पुस्तकलाई प्रेम गर्न थालिसकेको थिएँ ।       मलाई मसि र कागजको बास्ना सधैं मनपर्यो । ममि भन्नुहुन्थ्यो , “ अक्षर भनेको नदी हो यस्ले तिम्लाई धेरै पर लग्नेछ । मलाई लाग्थ्यो र सधैं लागिरहेनेछ मैले गर्ने यात्रा अक्षरकै हुनेछ । म आफूलाई शक्तिको वृत्तबाट धेरै परको मानिस  सम्झन्छु ।  चाहेरै पनि म आफूलाई शतिmशाली मानिस हु  भन्न सक्दिन । तर अक्षरको भूबनोट किनकिन आफ्नै भूबनोट जस्तो लाग्छ । साना र खिरिला रेखाहरुको मिलन, जसले नचाहेरै पनि  संसारलाई चमत्कारीक उज्यालो दिएको छ ।  अक्षरको उज्यालो त्यो उज्यालो हो  जसले कहिल्यै शक्तिसंरचनाको चौघेराभित्र आफूलाई लगेन नलगेर नै शक्तिशाली बनिरह्यो ।         पुस्तकको कथा बिद्मालय र बिश्व