कसरी भुल्न सक्छौ निर्जला अधिकारी कसरी भुल्न सक्छौ त्यो तिम्रो धर्ती तिम्रा पुर्खाले हिडेको त्यो बाटो तिम्री आमाले खनेको त्यो खेत तिम्रो बाबुले जोतेको त्यो बारी अनि तिमीले खेल्ने गरेको त्यो चऊर तिमीले कखरा सिकेको त्यो स्कुल कसरी भुल्न सक्छौ तिमीले त्यो तिम्रो बाबुबाजेले अर्ज]को मूलुक कसरी रमाउन सक्छौ त्यो विरानो ठाऊमा तिम्री आमा प्रत्येक दशैँमा मूलबाटो हेर्छिन् तिम्रा बाबुको हरेक वचनमा तिम्रो नाम झुण्डीन्छ तिम्री वहिनीको हरेक तिहार आसुले डुब्छ ए प्रदेशी कसरी बस्न सक्छौ त्यो गाईखाने देशमा के तिमीले दखेका छौ निस्पट्ट सेता हिमाल सजायको फूलबारी जस्तो हरियो पहाड बगीरहेको नदीले निकालेको त्यो मीठो संगीत के तिम्रा छोरानातीले भन्न सक्नेछन् सगरमाथा मेरो देशमा पर्छ गौतम बुद्धको जन्मभूमि र मेरो जन्मभूमि एउटै हो र वीर गोर्खाली मेरा पुर्खा हुन्।
तर उनीहरुलाई थाहा हुनेछैन, म फर्कनकै लागि गएकी हुँ । उनीहरुका लागि जसलाई मैले पछाडि छोडेँ ।