Skip to main content

Posts

Showing posts from December, 2023

पुस्तकका कुरा

  २३ को अन्त्यमा छौँ । यदाकदा लाग्छ बर्ष ले चाडै बिदा लिन्छ तर डिसेम्बरले सधै साथ दिन्छ । सायद यो फर्केर हेर्ने समय हो । आज बर्षभरी पढेका केही पनपरेका पुस्तकहरुलाई फर्केर हेर्दै छु । पढ्ने र लेख्ने इच्छा सधै भैराख्दा पनि मलाई लाग्छ यो बर्षले मलाई धेरैनै साथ दियो । चाहँदा नचाहँदै वा चाहँदा चाहँदै यो बर्ष केही त्यस्ता पुस्तकहरुसँग साक्षात्कार भए जसले बर्षौ सम्म मलाई सम्झीराख्नको लागि केही चिजहरु छोडेर गएँ । आज यो बर्ष पढेका त्यस्ता केही पुस्तकहरुबारे बोल्दै छु । १. पहिलो पुस्तक रहेको छ निरञ्जन कुँवरको  Between Queens and the Cities   - थाहा छैन यो अघि नेपालमा कुनै अरु कोही जो LGBTIQ समुदायलाई प्रतिनिधित्व गर्नुहुन्छ उहाँको memoir प्रकाशित भएको थियो वा थिएन । तर कुँवरको यो पुस्तकले नेपाली समाजमा लैंगिक तथा यौनिक अल्पसंख्यक भएर बाच्नु के हो भनेर मज्जाले बुझाउँछ । कहिलेकाही आफ्नै जीवन अति कठिन लागेको समयमा यस्तो पुस्तक पढिन्छ जसले दुख र पिडाको साक्षी आफू मात्र होइन रहेछु भन्ने महसुस गराउँछ । मैले यो पुस्तक त्यस्तै समयमा पढेकी थिएँ । पढेपछि लाग्यो म भन्दा धेरै पिडामा अरु धेरै रहेछन् । निर

निशब्दता

म बोल्न सकिन, लाग्यो अब शब्दको कुनै अर्थ छैन । थाहा छैन के भयो उसले केही नभनी फोन काट्यो । मैले आफ्ना आशुहरुलाई रोक्न सकिन ।  हाम्रो सम्बन्ध हेल्लो हाइ बाट सुरु भएको होइन । सायद अरु कोही र्यान्डम मान्छेलेझै बोलाएको भए वा क्रिपि तरिकाले बोल्न सुरु गरेको भए म सायद उसँग कहिल्यै बोल्दैनथेँ । सायद उ मेरो बल्ग पढ्ने गथ्र्यो । एकदिन अचानक मेरो कुनै र्यान्डम बल्ग तल एक लामो कमेन्ट भेँटेँ..............  सायद लेख्नु आफैँमा सुन्दर कुरा हो । तर सम्झिराख्नु सबैसँग चाहेर पनि शब्दहरुसँग खेल्ने कला हुँदैन । जब तपाईका ब्लगहरु पढ्छु यस्तो लाग्छ तपाईसँग झै मसँग पनि रिक्तताको कहिल्यै नपुरीने खाडल छ । सायद सबै मानिसहरु अपुरा छन् । हुनसक्छ तपाईझै म पनि आफ्ना रिक्तताहरु सहित बाचिरहेछु । यदाकदा लाग्छ शब्दले रिक्ततालाई कसरी सम्बाोधित गर्ने । तर तपाईलाई पढेपछि लाग्छ सबैचिज सम्भव छ । लेखिरहनुस्......... म तपाईको सेक्रेट एडमाएरर सायद उ मसँग बोल्न चाहन्थ्यो । सायद सबै मानिस आफूलाई सजिलोसँग ब्यक्त गर्न सक्ने मानिसको खोजिमा सधै रहन्छन् । सायद उ पनि त्यस्तै मानिसको खोजिमा थियो । सायद म पनि । सायद त्यही नै कारण

मसिना कुरा– भाग १४

कहिलेकाही लाग्छ आफैले बनाएका मानकहरु आफैँले भत्काइदिउँ । आज त्यस्तै कुनै दिन हो । चिसो दिन छ । यी पुसका चिसा दिनहरु अति नै अप्रिय लाग्छ ।  सबैतिर तुवालोले ठाकेको छ । चिसो सिरेठोले झ्याल छोड्न सकेको छैन । चिसो बिहानीलाई टक्कर दिन चिसै पानीले नुहाएर आएकी छु । लाग्छ चिसोलाई चिसै ठानेर कतिदिन यसै कटाउँ । न फूलहरु फर्किएका छन् न चराहरु उडेका छन् । प्रकृति पनि नखुलेको बेला मान्छे कसरी खुल्न सक्छ । सबैतिर धुमिलता छ । यस्तो चिसो समयमा कहिलेकाही चिसा बिचार पनि आउँछन् । चिसो हिमाललाई सुन्दर ठान्नु सायद कुनै भ्रम हो । चिसा चिजहरु कसरी सुन्दर बन्न सक्छन् ? यी दुरीहरुबिच सुन्दर देखिने, सायद चित्रझै लाग्ने केही प्रतिबिम्ब मात्र हुन् हिमालहरु । थाहा छैन कुनै दिन नजिकबाट हिमाल देखेँ भने सायद म भित्र आउँने यी–यस्ता भावनाहरुमा केही पर्विवर्तन पो आउँने छ कि ? बिहानै यी यस्तै भावनाहरुले रुमलिन्छु । सायद बिहानी आफैँले आफैँलाई एक पटक फेरी फर्केर हेर्ने समय हो । आफैसँग धुमिलिँदैछु र आफैँलाई सङ्ल्याउँदैछु । धमिलिनु सङ्गलिनु सायद नियती हो । जिउनुको नियती । नियती भन्दा पर सायद कोही छ र ? कहिलेकाही रुखहरुल

मसिना कुरा – भाग १३

बिहान धमिलो छ । आकाशमा तुवालो मस्त छ । सहर कुनै चित्रकारले भर्खरै सुरुगरेको पेन्टिङझै सेतामम्य छ । चराहरु सायद आफ्नै गुडमा कुत्रुक्क भएर बसेका छन् । फूलहरु सेता थितका थोपाहरुले रुझेका छन् । कहिलेकाही चिसो घाँम पानीको असर त तिनिहरुलाई पनि पर्दो । तर कसरी कोही यती शान्त भैदिन सक्छ । मलाई रुख र फूलहरुको शान्तताले असाद्वै लोभ्याउँछ । सायद उनीहरुलाई लाग्छ यहि नै नियती हो । सायद जीउँनुको नियती । यो चिसो बिहानीलाई न्याना शब्दहरुले स्वागत गर्नुपर्ने भएको छ । शब्दहरु पनि चिसो भैदिए चिसोमा अझ बढी चिसो थप्नुमात्र हुन्छ । न्यानो उर्जासहीत बिहानीलाई स्वागत गरेकी छु । आज बिहान मात्र “इकागी– द जाप्नीज सेक्रेट टु लङ एन्ड ह्याप्पी लाइफ” पढी भ्याएकी छु । किताबको केही उर्जा ममा पनि थपिदिको छ । जापानीहरुको लामो र स्वस्थ जीवनका केही ट्रिप्प र केही टिप्स लेखकले पुस्तकमा लेखेका छन् । मनले भन्दैछ केही टिप्सहरु म पनि लिनेछु । समग्रमा पुस्तकमा जीवनलाई कसरी अर्थपूर्ण तरिकाले बाच्ने भनेर सिकाएको छ । थाहा छैन अर्थपूर्ण बनाउँछु भनेर सोचेर पनि हाम्रो जीवन कसरी अर्थपूर्ण बन्छ । समाजलाई लाग्छ उनीहरुले भनेझै जीउ