Skip to main content

Posts

Showing posts from October, 2023

दुरीहरु

कापीका एक साइडमा एक बिन्दु अर्को साइडमा अर्को बिन्दु रहेको छ । सायद उनीहरुलाई लाग्ला उनीहरु बिचको दुरी कहिल्यै मेटिदैन । दुई बिन्दु बिचको यो दुरी नै सायद हामी सबै बिचका दुरीहरु हुन् ।  यो घर छोड्ने दिन हो । घर छोड्ने रात म आफैले पार गरेका दुरीहरु सम्झन्छु । सायद हामी सबैसँग आफैले सोचिराखेका दुरीहरु रहन्छ । कहिलेकाही लाग्छ के मेट्दैमा मेटिन्छन् वा मेटेर पनि डोबझै बाकी रहन्छ दुरीहरु । यी पैतालाका दुरीहरु मात्र होइनन् । सायद यी चक्रझै चल्ने नियतीका दुरीहरु हुन् । पहिलेपहिले लाग्थ्यो घर छोड्दैमा छोडिन्छ र घर ? पैतलाको डोबसँगै बड्छन् र दुरीहरु ? तर समयसँगै लाग्न थाल्यो पैतलासँगै सबै चिज छुड्दो रहेछ । छुटेकालाई भेट्न नसकिँदो रहेछ । पार गरेको दुरीलाई फेरी फर्केर हेर्दा धमिलो डोबमात्र बाकी रहदो रहेछ । हामी आफैँ बिच पनि एक आफू र अर्को आफू बिच कोसौका दुरीहरु रहने रहेछन् । कहिलेकाही लाग्छ म भित्रका महरुले एकले अर्कालाई चिन्दैनन् । एक भन्छ जे गर्दैछस् राम्रो गर्दैछस् जीउँने यसरी नै हो । अर्को मन भन्छ यसरी जीवन चल्दैन । कहिलेकाही लाग्छ यी दुरीहरु कहिल्यै मेटिदैनन् । सायद समयसँगै बढ्नेछन् ।

आदिच्येको नारीवादी घोषणापत्र लागि पन्ध्र सुझाव

  दशैको आज फूलपातीको दिन रातको करिव एघार बजेको छ  किबोड अगाडी बसेको छु साथमा भर्खरै पढिभ्याएका दुई पुस्तकहरु छन् । चिमामाण्डा अदिच्येका–  हामी सबै नारीवारी हुनुपर्छ र डियर इजियावेले अर्थात नारीवारी घोषणपत्रका लागि पन्ध्र सुझाव । पुस्तकको अनुवाद भृकृटी राईको रहेको छ ।  यो दशैको समयमा नारीवादी घोषणापत्र पढ्न समय पाउँनु र त्यसबारे लेख्ने समय हुनुलाई म एक पोलिटिकल न्यारेटिभ मान्छु । मेरै उमेरका कयौ महिलाहरुको लागि चाहेर पनि दशैको समयमा नारीवारी घोषणापत्र छिचोल्नु एक बैकल्पीक स्वैरकाल्पनीक उपकथा हो । मेरा लागि सम्भव छ किनकि म उनीहरुझै परिवार बिहेबारी जन्जालमा पसिसकेकी छैन । नचाहेरै पनि कसैको लागि रमाइदिने वा रमाउने वातावरण  बनाइदिने जिम्मेवारीको मसँग अझै आइसकेको छैन । आएको दिन म कसरी आफैलाई लग्नेछु म आज भन्न सक्दिन ।  उनी लेख्छिन् हामी सबै नारीवादी हुनुपर्छ ।  समाजलाई आज पनि लाग्छ नारीवादी हुनु भनेको समाजको बहुसङ्ख्यक खुसीहरुबाट टाढा रहनु हो । समाजले खाजेझै सग्लो मान्छे नहुनु हो । दुखी हुनु हो । केही वर्ष यता दशैमा म मेरा साथीहरु भेट्दिन । तीस कटेका छोरीहरुले दशैमा आफ्ना साथीहरु टिकाको

यो कुनै आकाश होइन

  'यो कुनै आकाश होइन। चाहेर पनि तिमीले अनन्त शान्त खुल्ला मैदान भेट्ने छैनौ। ताराहरू र ताराहरू बेगरका शान्त अँध्यारा रातहरू केवल एक कल्पना हो। तिमी अन्धकारमा चाहेर पनि शान्ती भेट्ने छैनौ। हामी बन्धनमा छौ। र हाम्रा आफ्नै बन्धनहरू छन्। हामी असीमित बन्धनहरूले सीमित छौ। मानिस केवल सीमितताको पर्याय हो, असीमितता त केवल एक भ्रम हो।' ऊ एक फोटोग्राफर हो, ऊ आफ्ना फोटोहरूमा लामा-लामा क्याप्सन लेख्ने गर्छ। मलाई उसका फोटाहरूभन्दा उसले लेखेका क्याप्सन मनपर्छ। माथिका अक्षरहरू उसको रात्रीकालीन फोटोको एक क्याप्सन हो। उसका फोटाहरूमा म बिरलै उज्याला दिनहरू भेट्छु। किन ऊ अँध्यारोलाई यति धेरै प्रेम गर्छ, मलाई थाहा छैन। मेरो नाम सन्ध्या भए पनि मलाई उज्याला दिनहरू मनपर्छ। तर किन-किन मलाई ऊ पनि मनपर्छ र उसले लेख्ने क्याप्सनहरू पनि। उसका क्याप्सन झैँ ऊ अनौठो छैन। उसलाई देख्दा मलाई कहिल्यै लाग्दैन ऊ कुनै फोटोग्राफर हो र ऊ यति सुन्दर क्याप्सन लेख्छ। मैले उसलाई कुनै फोटोग्राफरको रुपमा चिनेको पनि होइन। उसले मलाई मेरा फोटाहरू कस्तो लाग्छ भनेर सोध्दा पनि सोध्दैन। म उसलाई 'गोपी' भन्छु, नाम गोपाल भए पन

राम्री

निर्जला अधिकारी “त्यसै त यति राम्री छौ, भोली कस्ती हौली” सायद बिहे अघिको उसको यो अन्तिम म्यासेज हो । रातको एघार बजेको छ । घरभरी मान्छे छन् । हातमा उसको नामको मेहेन्दी सजिएको छ । तर म निदाउँन सकेकी छैन । दिदी र म एउटै खाटमा सुतेका छौ । दिदी निदाइसकेकी छ ।  घर माला र तोरणहरुले सजिएको छ । बिहेकै लागि भनेर थप बत्तिहरु थपिएका छन् । चारैतिर उज्यालो छ । त्यो उज्यालो म भित्र छैन । मन भित्रभित्र कुडिएको छ । सानै देखी बिहे भनेपछि भुतुक्कै हुने म ,आफ्नै बिहेका लागि उत्साहित छैन । “बस् जे हुन्छ राम्रो हुन्छ” एक मन भन्छ तर आँखाहरुले दिदीको मलिन अनुहारलाई छाड्न सकेका छैनन् । दिदी म भन्दा एक बर्ष जेठी छ । तर भन्नेले अग्लो भएकाले मैलाई दिदी भन्दिन्छन् । उ सुनिता अनि म अनिता । खासमा उ मलाई होइन मेरी दिदीको लागि हेर्न आएको थियो । ऊ आउँने दिन बाआमाले दिदीलाई भन्नुभएको थियो , “अल्लि राम्री भएर बस तँलाई हेर्न कोही आउँदैछ । घरपरिवार राम्रो छ, केटो पनि इन्जिनियर हो रे उसले मन परायो भने नाइ नभनेस् ।” दिदी केही बोलिन । ऊ दिदीको लागि हेर्न आएको पहिलो केटो थिएन । यो भन्दा पहिले कयौले उसलाई हेरे । आमाबास