Skip to main content

Posts

Showing posts from September, 2013

Kasari bulna sakchau

कसरी भुल्न सक्छौ  निर्जला अधिकारी कसरी भुल्न सक्छौ त्यो तिम्रो धर्ती तिम्रा पुर्खाले हिडेको त्यो बाटो तिम्री आमाले खनेको त्यो खेत तिम्रो बाबुले जोतेको त्यो बारी अनि तिमीले खेल्ने गरेको त्यो चऊर तिमीले कखरा सिकेको त्यो स्कुल कसरी भुल्न सक्छौ  तिमीले त्यो तिम्रो बाबुबाजेले अर्ज]को मूलुक कसरी रमाउन सक्छौ त्यो विरानो ठाऊमा तिम्री आमा प्रत्येक दशैँमा मूलबाटो हेर्छिन् तिम्रा बाबुको हरेक  वचनमा तिम्रो नाम झुण्डीन्छ तिम्री वहिनीको हरेक तिहार आसुले डुब्छ ए प्रदेशी कसरी बस्न सक्छौ त्यो गाईखाने देशमा के तिमीले दखेका छौ निस्पट्ट सेता हिमाल सजायको फूलबारी जस्तो हरियो पहाड बगीरहेको नदीले निकालेको त्यो मीठो संगीत के तिम्रा छोरानातीले भन्न  सक्नेछन् सगरमाथा  मेरो देशमा पर्छ गौतम बुद्धको जन्मभूमि र मेरो जन्मभूमि एउटै हो र वीर गोर्खाली मेरा पुर्खा हुन्। 

Mero Sansar: Kasari Haru

Mero Sansar: Kasari Haru : कसरी हेरु  निर्जला अधिकारी  कसरी हेरु आफूले आफैलाई कीचेको  आफ्नो रुपले आफैलाई बीजेकों  सपनालाई विपनाले  थीचेको  मृत्यूले जीवनलाई जीते...

Kasari Haru

कसरी हेरु  निर्जला अधिकारी  कसरी हेरु आफूले आफैलाई कीचेको  आफ्नो रुपले आफैलाई बीजेकों  सपनालाई विपनाले  थीचेको  मृत्यूले जीवनलाई जीतेको  ऎनामा हेर्दा त आफूलाई  सुन्दर देख्थे  के थाहा त्यो त भ्रम रहेछ  आमाले सधै मलाई मेरी राजकुमारी भन्थिन्  के  थाहा त्यो त साहानुभूती रहेछ  सुन्दरीहरुको भीडमा अमिल्दो ठहरीए  आफ्नाहरुको माझमा पराई कहलीय साथीहरुको माजमा आप्रिय मानीय  सबैका आगाडी जोक्कर बनीय  अब उठनु छ मलाई  सुन्दरता  भन्दा धेरै टाढा  कुरुपता भन्दा धेरै ऊचो  र आफ्नै बास्ताबीकता भन्दा धरै माथी 

KHOI SHANTI

खोइ शान्ति  निर्जला अधिकरी  सबै शान्ति आयो भन्छन \ देशमा लोकतन्त्र आयो भन्छन \ समाबेसीको नारा छायो भन्छन\   सघीयताले जरा गाड्यो भन्छन \ खोइ मेरो हरायको छोरो अजै आएको छैन  सिन्दुर पुछिएको मेरी छोरीको आशु ओभाएको छैन  युद्धमा मारीएको मेरो छोराको लास आएको छैन  अरबमा गएको मेरो नातिले काम पाएको छैन  म सधै रोईरहन्छु  मरेको छोरालाई सम्झीरहन्छु  खै के आउनु लोकतन्त्र  खै कसरी हुनु समाबेसी 
आज सायद तीज नभई अरु नै दिन भयको भए  जीत नेपालकै हातमा हुन्थ्यो की पशुपतिनाथले खेलाडीकै  भन्दा महिलाकै कुरा सुनेछन्