Skip to main content

Posts

Showing posts from May, 2023

को कस्तो नारीवादी ?– एक अल्लारे नारीवादीको बकपत्र

    स्कुल पढ्दा नारीदिवस मनाइन्थ्यो । किन मनाइन्थ्यो थाहा थिएन । कसरी मनाइन्थ्यो त्यो आज पनि याद छ । सधै केटाहरुले कब्जा गर्ने माइक्रोफोन र पोडियम त्यो दिन केटीहरुको हातमा पुग्थ्यो । म भन्दा ठूला दिदीहरु माइकमा के के बोल्थे । कोही गीत गाउँथे । कोही जोक भन्थेँ । त्यहि दिन एक बर्ष घर नजिकैको  दिदीले मलाई पनि मञ्चमा बोलाउनुभयो । सायद त्यतिखेर म तिन कक्षामा पढ्थेँ ।  काम्दै गएर कामेकै स्वरमा एउटा कथा भनेर फर्के । त्यस दिन मैले भाइका जुत्ता लगाएर स्कुल गएको थिएँ जुन हिड्दा बज्ने गथ्र्यो । त्यो समय छोरीहरुलाई जुत्ता किनिदिने चलन कम थियो । मञ्चमा बोल्ने भएर ममिले मलाई त्यस दिन भाइको जुत्तामा पठाउनुभएको थियो । म माइकमा बोल्न पाएकोमा खुसी भएँ । तर त्यो खुसी धेरै समय टिकेन जुन दिदीले मलाई मञ्चमा बोल्न बोलाउँनुभएको थियो त्यही दिदीले बेलुका घर फर्केपछि भाईको जुत्तामा गएको भनेर जिस्काउनुभयो । त्यो दिन पश्चात म नारीदिबसमा दिन मञ्चमा कहिल्यै उक्लिन । नारीदिबस थाहा भएँ पनि नारीबाद भन्ने शब्द मैले धेरै पछि सुनेँ । त्यो पनि नेपालीमा होइन अंग्रेजीमा सुनेँ । आज पनि मलाई लाग्छ मैले बुझेको नारीवाद पश्चि

मित्रताः एक संवाद

निर्जला अधिकारी    म सायद कक्षा नौ मा पढ्थेँ । उमेरमा पनि सानी र देख्दा पनि सानी भएकाले मेरा कम साथीहरु थिएँ । म उनीहरु सँग आफ्ना मनका कुरा भन्न सक्दैनथेँ । न उनीहरु भन्थेँ ।  एकदिन अचानक केही साथीहरु घर फकैनेबेलामा मलाई केही नभनी एकाएक हराए , जो मसँग नजिक थिएँ,  जो मसँगै बस्थे । मलाई अनौठो लाग्यो । कताकता नरमाइलो पनि लाग्यो । पछि थाहा भयो । उनीहरु सब फोटो खिच्न गएका रहेछन् । केही दिन पछि उनीहरुले आफ्नो ग्रुप फोटो देखाएँ । मलाई थाहा भयो म उनीहरुको गु्रपको रहेनछु । पहिलोपटक मलाई अस्विकृत हुनुको अनौठो अनुभूती भयो । यतिका बर्ष मैले साथी ठानेकाहरु साथी रहेनछन् भन्ने भयो । सँगै मस्र्याङ्दीको बगरमा बयर टिपेको , घरमा नभनी काँचो आँप लगेको सबै सबै ब्यर्थ रहेछ भन्ने भयो । तर मेरा नयाँ साथी भएनन् । मैले उनीहरुलाई किन मलाई बोलायनौ भन्न सकिँन । न उनीहरुले भनेँ ।    यसरी स्कुले दिनहरु सिद्विए । न मेरा मिल्ने साथी भए  न मैले नयाँ साथीहरु बनाउँन सकेँ । न उनीहरुसँग मित्रताको डोरी तोड्न सकेँ । लाग्यो कुनै दिन मेरा पनि मिल्ने साथीहरु हुनेछन् । जसले मलाई कसैलाई नभनेको कुरा भन्नेछन्, मैले पनि मनका कुरा

पत्रमा म

  निर्जला अधिकारी यो पत्र मेरो आफ्नो हो । प्रेषक र प्रापक पनि म आफैँ हुँ । यो पत्र भित्र कहिँ कतै तपाईले आफूलाई भेट्नुभयो भने संयोग मात्र होइन सुन्दर संयोग बन्नेछ । यस पत्र भित्रका भावना , दूर्भावना, कामना, शुभकामना मेरा आफ्ना हुन् कृपया दिमागले होइन हृदयले सुनिदिनु होला । बाल्यकालदेखि नै म चाहन्थेँ कसैले मलाई पत्र लेखोस् । पत्र प्रेमले भरिपूर्ण होस् र म उसलाई उस्कै शब्दहरु मार्फत प्रेम गर्न सकुँ । त्यो मेरो बाल्यकालिन वा भनौ किशोरकालीन स्वैरकल्पना थियो । म चाहन्थेँ डराइ डराइ कसैले मलाई एउटा प्रेमिल पत्र मेरो हातमा काम्दै थमाओस् र म पनि पसिनैपसिनाले भिजेका हातले स्विकार्न सकुँ । सदाझै त्यो जीवनको स्वैरकल्पना नै बन्यो बिपना कहिल्यै बनेन । किशोरअबस्थाको त्यो ह्याङओभर बिस्तारै धुमिल बन्दै गयो । सायद त्यो उमेरको धुमिलता थियो । बिस्तारै प्रेमपत्रको चाहना त हट्यो तर  किनकिन सुन्दर अक्षरले लेखेको पत्रको चाहना सधैँ रहिरह्यो । अहिलेको डिजिटल दुनियामा चिठि लेख्ने मान्छे भेट्न दुलर्भ मात्र होइन असम्भव नै छ । यदि तपाई पनि म जस्तै पग्ली प्रकृतिको हुनुहुन्छ भने आफूले आफैँलाई लेख्ने गर्नुस् पत्

खालीपन

  निर्जला अधिकारी यो असिमितताको फराकिलो क्यानभाषभित्र हामी सबै सिमिततामा रमाउँदा रहेछौ । बुझेर पनि नबुझेझै गरी हामी आफ्नै क्षितिजलाई आफैँले साघुरो पार्दा रहेछौ । थाहा छ जीवन खुल्ला साम्राज्य हो । मानिसले चाह्यो भने उसले आफ्नो क्षितिज आफैँले नाघ्न सक्छ । तथापी जीवनको असिमितता एक भ्रम झै लाग्छ । आफ्नै भोगाइको भूगोललाई हामी सिंगो बह्माण्ड सम्झन्छौ ।  यो खालीपनको अनुभूती यहि बाट जन्मन्छ । हामीले जे भोग्यौ त्यो कसैले भोगेको छैन झै लाग्छ । आफूजे जे पाएको छैन त्यो सबैले पाएका छन् भन्ने पनि लाग्छ । हामी जे छौ र हामीसँग  जे छ त्यो पर्याप्त छैन भन्ने पनि अनुभूत हुन्छ । यीनै असन्तुष्टी र अप्राप्तीबिच खालीपन जन्मन्छ । हामीलाई लाग्छ आफूसँग भएको सिंगो संसार अपुरो छ । जीवनलाई हामी प्राप्तीसँग जोड्छौ । हुनु र नहुनुबिचको अबस्थालाई तुलना गर्छौ । आफू र अरुबिचको भिन्नतालाई अनौठो ठान्छौ । समाजको संरचनाको सदस्य बन्न चाहन्छौ तर सक्दैनौ । ....यसैबिच एक अनौठो अनुभूती हामीसँग रहन्छ ............हामी आफूलाई समुच्चतामा हेर्न सक्दैनौ र अपुरो ठान्छौ । सायद खालीपनको अनुभूती एक साझा अनुभूती हो । चाहेर नचाहेर हाम

जानेहरुको नाउँमा

  निर्जला अधिकारी प्रिय जानेहरु,  सहर बजनी रंगको फूलले रंगिएको छ । निराश त होइन तर भित्रभित्र खाली छु । मलाई किनकिन लाग्छ यी फूलहरुले जीवनको निशारतालाई बोल्दछन् । रित्तोपनमा बाच्नु सजिलो छैन तथापी यसको अनुभूतीले जीवनप्रतिको बोधलाई अल्लि फराकिलो बनाउँछ । जानेहरुसँग गुनासो गर्नुपर्ने कुनै कारण छैन । तथापि मन त हो कहिलेकाही लाग्छ उनीहरुको उपस्थिति र बर्हिगमनले जीवनमा फेरी अर्को खालीपन थपेर गयो । कयौ रित्तोपनको खाडल बोकेर कहिलेकाही लाग्छ कसरी सग्लो महसुस गरुँ । अपूर्णता र अप्राप्तिको अनुभूतीलाई सुन्दर बनाउँन कदापी सकिन्न । हुर्कदै गर्दा यस्तो लाग्थ्यो कुनै दिन कोही आउँनेछ त्यस्तो जसले जान्छु भनेर पनि फर्कनेछ । सायद त्यो दिवासपना थियो । जान्छु भनेर फर्कनेको सट्टा जाँदिन भनेर नर्फकनेहरु भेटिए । सायद यो  जीउनुको नियती हो । तर नियती मात्र ठानेर म आफूलाई बुझाउँन सक्दिन । कहिलेकाही लाग्छ जानेहरुलाई बिर्सिदिउँ तर बिर्सिनुको प्रक्रिया छोटो कदापि हुँदैन । कहिलेकाही लाग्छ जाँदै गर्दा पनि मानिसले जाँनुको कारण खुलाउँन । मलाई मौनताले पिरोल्छ । तर सायद यो अन्त्यको नियम हो, जानेहरु केही नबोलिकन नै

बन्धन र उन्मूक्ति

निर्जला अधिकारी दिन धमिलो छ ......पर आकाशमा बादलको एक मुस्लो डुल्न छोडेको छैन । देख्दा सबै शान्त देखिन्छ । देखिएझै शान्त भैदिँन कोही सक्ला र ? मलाई शान्तीसँग खासै त्यति लगाव छैन । म भित्रका द्वन्दहरु यदाकदा प्यारा पनि लाग्छन् । कोही नधमिलिइकन शान्त कसरी बन्ला र ? मलाई धमिलिनुसँग कुनै गुनासो छैन । देखिएझै सपाटतामा बाच्न बिरलै सकिन्छ । समाजले यसरी हामीलाई बाधिदिएको छ कहिलेकाही लाग्छ फुक्काफाल भएर हिड्दिउँ । अरुले देख्दा फुक्काफाल देखिनेहरु पनि भित्रभित्र बाधिएर बाच्दा रहेछौ । कहिलेकाही लाग्छ दिल फूकाएर हाँसिदिउँ, दिल टुटाएर रोइदिउँ ।  पर पर पहाडहरु एक्लै चढौ । यो एक्लोपनकको लोभ होइन यो त बन्धनभन्दा पर बाच्नुको परिकल्पना हो ।  लामो यात्रामा गएर फर्कनेसँग सदा लोभ लाग्छ । यस्तो लाग्छ हिड्नेहरुको क्षितिज फराकिलो हुन्छ । मलाई फराकिलो मुलबाटोमा यात्रा गर्नेहरु मनपर्छ । जीवनको नाममा गरिएको घिसिपिटिले  अत्यासलाग्दो जीवन नबनाओस् । खुलेर हाँस्नेहरु खुलेर बाच्छन् झै लाग्छ । जीवनको नाममा बाध्यतासँग मात्र साक्षयात्कार हुनेहरु सायद निराशताका बिम्बहरु हुन् । जीवनलाई निराशता र बिबशताको बिम्बमात्र