Skip to main content

Posts

Showing posts from April, 2024

वर्षभरी भेटेका किशोर पात्रहरु

प्रिय कोजिमा, गोपी, सुम्निमा, लिटल डग र बिनानामको प्रिय पात्र थाहा छैन किन मलाई लाग्छ हामी सबैसँग कसैलाई खुलेर भन्न नसक्ने गुम्सिएका कथाहरु छन् । चाहेर नचाहेर हुनु र नहुनुको दोसाधमा मैले झै तिमीहरुले पनि त आफूलाई झिनो ठान्यौ । संसारको भब्यताभित्र धेरैलाई लाग्दो हो उनीहरुको अस्तित्वलाई सबैले सेलेब्रेट गर्नेछन् । तर हामी त्यस्ता पनि त छौ जसलाई लाग्छ हाम्रो अस्तित्व हुनु र नहुनुको मझधारमा कहि कतै अल्झिरहेझै लाग्छ । हामी ती धुमिल रेखाहरु हौ जसलाई अरुले सजिलै देख्न सक्दैनन् । यी यस्तै  धुमिलतामा अल्झिरहको बेला आफूझै कोही अरु भेट्नुले पनि केही अर्थ राख्छ । सायद यो त्यही हो..... बर्षभरी सुम्निमाले मलाई छोडिन । उ  श्रद्वा घलेको कलमबाट निस्किएकी एक जोद्धा केटी मात्र थिइन । उ त मेरो चलिरहेको अनुसन्धानको एक टेक्स्ट पनि थिइ । करिब सत्तरी पेजको थेसिसमा सायद उ चालिस पेजमा फैलिएकी छ । त्यहाँ म उसलाई उ कम पात्र झै बढी मान्छु । तर म उसलाई पात्रमा मात्र टुङ्ग्याउँन चाहन्न ।  म उसलाई प्रेम गर्छु । तर मैले लेखेका पानाहरुमा उ प्रेमील छैन । तर म उसलाई ति पानाहरु बेगर नै प्रेम गर्छु जसरी म मेरा साथीहरुला

शून्य बर्षका शून्य कुराहरु

शून्य कस्तो मिठो शब्द है ! आज शून्य बर्षको अन्तिम दिनमा छौ । आज पनि तीन पछाडी शून्य नै छ । दिन हिजो जस्तै छ । बादलले आकाशलाई छोड्न सकेको छैन जसरी खोकीले मलाई छोडेको छैन । सायद आकाश र म समय र भोगाइको उहीँ रफ्तारमा छौ । तर यो बिष्मयको कथा होइन । बर्षहरु त नियती हुन् । नियतीलाई त हामीले अंगाल्न सक्नुपर्छ । अथवा यसलाई सामान्निकरण गर्नुपर्छ जसरी यो महिना खोकिलाई मैले गरेँ । जसरी आकाशलाई बादलले गर्यो .... बर्षहरु चाडै जान्छन् हैँ । तथापी यीनिहरुलाई बिदा गर्न मन लाग्दैन । भोलिबाट नै म फेरी अर्को अंक थप्न तयार छैन । तर बितेका दिनहरुलाई फर्केर हेर्न तयार छु । जसरी बर्षौ अगाडीका पानाहरुलाई म बिना झनझट पल्टाउँछु । समय कुनै चित्र भएको भएँ समयसँगै रंगहरु फिक्का हुँदै जान्थे होलान् । छाँया र प्रतिछाँयाहरु बादलहरु भ्mै धुम्म पर्थे होलान् । तर यो समयको क्यानभाष हो । मेरो लागि बुढो समय अरु कसैको लागि यौवन पनि हुन सक्नेछ । सायद समय र बर्षहरु नियतीका बिम्बहरु मात्र हुन्  । वा यी चित्रमा कतै हराएका धुमिल रेखाहरु मात्र हुन् । कहिलेकाही लाग्छ समयलाई मैले बुझिन वा समयले मलाई बुझेन । वा हामी दुबै घमण्डी