Skip to main content

Posts

Showing posts from 2012

सुखः क्षणिक बा दिर्घकालिन

निर्जला अधिकारी सुखको कुनै भाबना छैन सुखको केही पनि छैन सुखलाई छुनासाथ समाप्त हुन्छ नष्ट हुन्छ गाढा निन्द्रामा प्रभाति गुन्जनमा बगेर सुख आउँछ । गहिरो निलो भाबनमा रुबा जस्तै मेघ बनेर उड्दै आउंछ । स्बीडिस कबि एडिथ सोडारग्रामद्धारा लिखित दुख शिर्षकको यस कवितामा सुखको क्षणिकतालाई राम्रैसँग ब्याख्या गरीएको छ । उनको बिचारमा सुखको भाबनमा मानब जीबनमा अतिसुष्म अबस्थामा भेटिन्छ । साञ्चैनै दुख र सुख जीबनका दुईपाटा भनिएतापनि मानिसले जीबनपर्यन्त सुखको नै खोजी गरीरहन्छ । यो मानबीय जीबन न सोचेजस्तो नै हुन्छ न त देख जस्तो नै हुन्छ । त्यसैले त अरुणा लामा आफ्नो गीतमा भन्छिन् 'सोचेजस्तो हुन्न जीबन , देखेजस्तो हुन्न जीबन , जेजे भाग्यो त्यहीत्यही हुन्छ ।' कहिलेकाहीँ हामी यति सानो कुरामा खुसी हुन्छौ कि त्यो खुसी अरुलाई भान नै हुँदैन । तैपनि मानब मष्तिष्क जहिले पनि सुखको नै खोजिमा नै हुन्छ । सुखकोसुख भन्नाले के बुझ्नुहुन्छ रु भन्ने हाम्रो प्रश्नमा उनी भन्छन् , ' सुख भनेको शान्ति हो र शान्ति भौतिक र आत्मिक सुखको मिलनबाट मात्र सम्भब हुन्छ , भोको पेटले कहिल्यै पनि शान्ति