Friday, July 20, 2012

सुखः क्षणिक बा दिर्घकालिन



निर्जला अधिकारी
सुखको कुनै भाबना छैन
सुखको केही पनि छैन
सुखलाई छुनासाथ समाप्त हुन्छ
नष्ट हुन्छ
गाढा निन्द्रामा
प्रभाति गुन्जनमा बगेर सुख आउँछ ।
गहिरो निलो भाबनमा रुबा जस्तै मेघ बनेर उड्दै आउंछ ।

स्बीडिस कबि एडिथ सोडारग्रामद्धारा लिखित दुख शिर्षकको यस कवितामा सुखको क्षणिकतालाई राम्रैसँग ब्याख्या गरीएको छ । उनको बिचारमा सुखको भाबनमा मानब जीबनमा अतिसुष्म अबस्थामा भेटिन्छ । साञ्चैनै दुख र सुख जीबनका दुईपाटा भनिएतापनि मानिसले जीबनपर्यन्त सुखको नै खोजी गरीरहन्छ । यो मानबीय जीबन न सोचेजस्तो नै हुन्छ न त देख जस्तो नै हुन्छ । त्यसैले त अरुणा लामा आफ्नो गीतमा भन्छिन् 'सोचेजस्तो हुन्न जीबन, देखेजस्तो हुन्न जीबन, जेजे भाग्यो त्यहीत्यही हुन्छ ।'

कहिलेकाहीँ हामी यति सानो कुरामा खुसी हुन्छौ कि त्यो खुसी अरुलाई भान नै हुँदैन । तैपनि मानब मष्तिष्क जहिले पनि सुखको नै खोजिमा नै हुन्छ । सुखकोसुख भन्नाले के बुझ्नुहुन्छ रु भन्ने हाम्रो प्रश्नमा उनी भन्छन्, ' सुख भनेको शान्ति हो र शान्ति भौतिक र आत्मिक सुखको मिलनबाट मात्र सम्भब हुन्छ, भोको पेटले कहिल्यै पनि शान्ति भेट्न सक्दैन ।' अल्लि दार्शनिक लाग्ने  उनको भनाईमा धैरै सत्यता भने अबश्य नै लुकेको छ ।

सुखलाई परिभाषित गर्न पनि एकदमै कठिन छ तैपनि सुख सबैको जीबनमा छ   र दुख पनि त्यसैमा छ । सुखकै बारेमा आनिछोइड. डोल्मा आफ्नो पुस्तक 'फुँलको आँखामा' पृष्ठ २६० मा भन्छिन्, 'कहिलेकाही जब सपना देख्छु, मलाई थाहा छ, मैले सपना देखेकी हुँ र म यसलाई त्यति गम्भीरता पूबर्क लिन्नँ । पीडालाई पनि  मान्छेले यसैगरी लिनुपर्छ । मान्छेले पिडा भोगिरहेको त हुन्छ, तर साथसाथै त्यसबाट मूक्त भई खुसी हुने बाटाहरु पनि उसले चाहेमा त्यतै कतै खोज्न सक्छ । मान्छेले आफूभित्रबाट तयार गर्ने कुरा हो यो । जीबनले जति खोसेको छ हामीसँग त्यो भन्दा बढि दिएको पनि छ ।' सायँद उनीले भनेजस्तो  दुखकै संघारमा सुख पनि छ होला र मानिसले चाहेमा त्यसलाई अनुभुत गर्न पनि सक्छ होला । तर त्यो अनुभुतिका लागि केही मेहनत भने अबश्य नै आबश्यक हुन्छ ।

प्रत्येक ब्यक्ति जन्मेदेखी मृत्यु पर्यन्त सुख र खुसीको खोजिमा दौडिन्छ र उसले त्यो सानो खुसीलाई बढि महत्ब दिन्छ र ति सारा दुखलाई बिर्सन्छ । दुख यति शक्तिमान हुन्छ कतिपय अबस्थामा मानिसले दुखको अगाडि सुखलाई औल्याउनै सकदैन । फलतः मानिसले सारा जीबनलाई नै दुखको रुपमा लिन पुग्छ । त्यसरीनै पारीजातले आफ्नो उपन्यास 'शिरीषको फूलमा' भबिष्यको परिभाषा यसरी दिएकी छन्, 'यो दुखद जीबनको अन्त्य मृत्यु हो त्यसपछि हाम्रा भाबनाको कुनै पनि अस्तित्ब छैन हामी एकअर्कामा स्पष्ट हुन सकेनौ पनि१ यो जीबनपछि एउटा महाशुन्य छ , अब केही पनि चिताउन्नँ, सब निर्रथक छन् । तिमी एउटा अन्धकारमा निसास्सिएर मय्रौ म पनि मर्छु कुनै दिन यहि हो तिम्रो र मेरो जीबनको मूल्य ।' तर पनि मानब जीबन उनले परिभाषित गरेजस्तै दुखित भने छैन । केलाएर हेर्ने हो भने हरेक स-साना अनुभुतिमा सुख लुकेको छ । कसैलाई बाटामा हिड्दा तिमी कति राम्री हगि! भन्दा खुसी प्राप्त होला तर अर्कोलाई त्यहिकुरा रिस उठ्ने माध्यम बन्न सक्छ ।

बास्तबिक सुख कहाँ लुकेको छ र त्यो कसरी प्राप्त हुन्छ कुरा अबैज्ञानिक लाग्न सक्छ । सुख भनेको त्यस्तो अर्मूत चिज हो जसलाई प्राप्त गर्न कुनै ठोस बस्तु चाहिदैन एउटा मिठो अनुभूति पर्याप्त हुन्छ । रेडन कलेजमा बि.बि यस प्रथम बर्षा अध्यनरत छात्रा मनिषा पण्डितलाई मञ्जाले गीत सुनेर बस्द, आत्मासन्तुष्टिका साथ काम गर्न पाउँदा सुखको अनुभूति हुदो रहेछ । त्यस्तै गरी सेन्ट लरेन्स कलेजमा बी.ए तृतिय बर्षा अध्यनरत छात्रा शोभा घिमिरेलाई मज्जाले टेलिभिजनमा फिल्म हेरेर बस्दा एकदमै खुसी लाग्दो रहेछ । जसरी हरेक ब्यक्ति भिन्न प्रकारको हुन्छ त्यसैगरी सुख पनि भिन्नभिन्न प्रकारले पो प्राप्त हुन्छ कि?

फूलको आँखामा फूलै संसार भनेझै जब मानिस खुसी हुन्छ तब उसले संसार नै सुखमय देख्छ । तथापि मानब जीबनमा सुखको अनुभूति भन्दा दुखको अनुभूति नै बढि हुने गर्छ । तर पनि सुख दुख एकअर्काका परिपुरक हुन् जसको बिना संसारै कल्पना गर्न सकिदैन । फेरी कहिँलेकाही मानिस सुखको खोजिमा यति स्बार्थि भैदिन्छ कि उसले आफू मानब हूँ भन्ने कुरा नै बिर्सन पुग्छ । उसले आफ्नो सुखको अगाडि अरु सबैको सुख नजरअन्दाज गर्न पूग्छ ।

No comments:

Post a Comment

Goodbye.....

Dear Sangita, It is not easy to say goodbye. Goodbye to anyone close. But saying a final goodbye is more difficult. It has been ten years si...