Saturday, August 19, 2023

नग्नता

 

निर्जला अधिकारी

ओछ्यानमा नाङ्गो पल्टिएको छु । जीउँका कपडाहरु लथालिङ्ग कोठाभरी छरीएका छन् । एकछिनअघि आगोझै तातेको शरीर सेलाएर चिसो भएको छ । शरीर शिथिल भएको छ र मन पनि । एक खाले ग्लानी मनभरी फैलीएको छ । तृप्त भएर पनि नभएझै आँखाभरी अनौठो सान्नाटाँ छाएको छ । 

उ गैसकेकी छ । शरीरमा अब रोमाञ्चकता बाकी छैन । छ त केवल  एक गाल्नी । शरीर नाङ्गो छ । नग्नता कुरुप हो वा सुन्दर मलाई थाहा छैन । तर किनकिन आफैलाई नियाल्दा आफै तर्सिदैछु । लाग्दैछ आजबाट म जो थिएँ त्यो रहिन । हिजोसम्म जसलाई म खराब ठान्थेँ आज म त्यहि खराब मानिस भएको छु ।

भोली आइतबार हो...... बिहानै उठेर गर्नुपर्ने कामको अर्को चाङ छ । र पनि आफैले आफैलाई सम्झाउँन सकेको छैन । कसरी केही मिनेटको सुखको लागि म आफ्ना पुराना सिद्वान्तहरुलाई एकाएक त्यागिदिन सक्छु । के सबै मानिसले शरीरको सुखको लागि सिद्वान्तको बोरा ओड्दैनन् । वा म त्यहि मानिसको जमात हँु जसको सिद्वान्त बन्द कोठाभित्र पस्ने बित्तिकै एकाएक मलिन हुन्छ ।

मैले कहिल्यै सोचेको थिइन, मैले पहिलोपटक कसैले चुम्ने काम शरीरको लागि मात्र गर्नेछु । हिजोसम्म मेरा लागि प्रेमको कसि पहिलो  र शरीरको  सुख दोस्रो थियो । तर आज दोस्रो नै पहिलो भैदिएको छ । कसरी म बिना प्रेम, कसैको नगन्नतामा रमाउँन सक्छु वा कसैका अगाडि नाङ्गो भैदिन सक्छु ? मैले बाचेका २७ बर्षहरुमा त म यस्तो थिइन । यतिका बर्ष नबलेको प्यासको लागो एकाएक अहिले बलेको छ म भित्र । किन बल्दैछ ? किन चाहेर पनि म सम्यम बन्न सकेको छैन ?

उ गैसकेकी छ । थाहा छैन उ मसँगको सामिप्यतामा कसरी सन्तुष्ट हुन्छे । वा म कसरी सन्तुष्ट बनाउँछु । भन्दा पनि अनौठो लाग्छ, उ कसैकी श्रीमती हो । उ अरु कसैलाई माया गर्छे । तर शरीरको सुखको लागि मेरो साथ रोज्छे । थाहा छैन, उसले ममा के देखी, काममा भेटेको केही दिनमै, शारीरीक सम्बन्धको लागि प्रस्ताव राखी । मेरो लागि त्यो अनौठो र रोमाञ्चक दुबै थियो । यसअघि मलाई कुनै छोरी मान्छेले यसरी प्रस्ताव गरेको थिएन । मैले उसको प्रस्तावलाई नर्कान सकिन । सायद म भित्र लुकेको त्यो आगोलाई म पनि बुजाउँन चाहन्थेँ । 

सम्बन्धको नाउँमा हामी बिच अरु कुनै सम्बन्ध छैन । दिनभरीका कामलाई समेटेर केही घण्टाका लागि हामी भेट्छौ । एकअर्कालाई अगाल्छौ, लुटपुटिछौ,  चुम्छौ र केही नभएझै आ–आफ्नो बाटो लाग्छौ । कहिलेकाही बाटोमा भेटेर पनि नभेटेझै गर्छौ । र एकान्तमा यसरी एकअर्काभित्र समाहित हुन्छौ लाग्छ हामी बर्षौ पछि भेटिएका प्रेमीहरु हौ । ऊ सधै भन्छे, “तिमीले मलाई त्यस्तो सुख दिएका छौ जुन मलाई मेरो लाग्नेले कहिल्यै दिन सकेन । म उसलाई प्रेम गर्छु तर उबाट सन्तुष्ट हुन सक्दिन । म प्रेमको मात्र होइन शरीरको पनि भोकी रहिछु ।” मलाई लाग्छ प्रेमले दिन नसकेको कुरा शरीरले मात्र कसरी दिन सक्छ । तर म यो उसलाई भन्न सक्दिन ।

यतिका बर्ष मलाई लागेको थियो यौन भन्दा प्रेम शक्तिशाली हुन्छ । तर पहिलोपटक मलाई लाग्दैछ यौनको अगाडी प्रेम केही हुँदै होइन । हामीले जे देखाउँछौ त्यो हुँदै होइनौ । हामी सबै भित्रैभित्र खोक्रा छौ । आदर्शको खोल त समाजको लागि मात्र हो । भित्रभित्र हामी सबै त्यहि कम्पनको खोजीमा छौ जसले एकअर्कालाई पूर्ण बनाएझै लाग्छ । हामी प्रेमको लागि होइन प्यासको लागि तड्पदा रहेछौ । 

उ हरेक दिन थाहा छैन ठिक सुन्नुअघि  मलाई आफ्नो नग्न तस्विर पठाउँछे । त्यो तस्विर पाएपछि म यसरी उसको शरीरसँग खेल्न तड्पिन्छु लाग्छ म पहिलोपटक कुनै नग्न छोरीमान्छेको तस्विर हेर्दैछु । हामी कुनै भावनात्मक सम्बन्धमा छैनौ । वा छौ की । मलाई आफै देखेर अनौठो लाग्छ । आफ्नै सम्बन्ध देखेर अनौठो लाग्छ । आफैभित्रको बिरोधाभाष देखेर अनौठो लाग्छ । कहिलेकाही आफैँले आफैलाई देखेर निस्सासिन्छु ।

आजकाल कहिलेकाही आफ्नै नाम देख्दा पनि तर्सिन्छु । नाम आदर्श भएपनि मैले मेरो नामको आदर्शलाई जोगाउँन सकेको छैन  । आदर्श को यो बोझ म कसरी बोकेर हिडौ । ...................... 

उसलाई म नाई भन्न सक्दिन । म भित्रको प्यासले हरेक पल उस्लाई खोज्छ । हरेक दिन म उस्लाई चुम्छु । हरेक दिन उ मलाई चुम्छे । हामी दुबैले आ–आफ्ना प्यासको आगोलाई बुजाउँछौ । तर हरेक रात जब म एक्लो हुन्छु त्यति बुझाएको आगोले आफै दन्किन्छु । लाग्छ म भित्र प्याँसको राफमात्र बाकी छ ।

उ मसँग सरम नमानि नाङ्गी भैदिन्छे । मैले एकपटक उसलाई सोधेको थिएँ, “ के तिमी तिम्रो प्रेमी, अहिलेको लोग्नेको अगागि पनि यसरी नै नाङ्गिएकी थियौ ?” उसले मलाई भनेकी थिई, “ प्रेममा लज्जा हुन्छ प्यासमा प्यास मात्र हुन्छ । प्यासले त हामीलाई निलज्ज बनाउँछ । तिमी यस्तो कुरा बुझ्दैनौ” । त्यो समय मैले उसलाई यो कुरा बुझ्छु भन्न पनि सकिन । तर हरेक पटक मैले उसलाई कपडामा देख्दा पनि नाङ्गो देख्छु । सायद उसले पनि मलाई नाङ्गो नै देख्छे । सायद हामीले एकअर्कालाई प्यासको आँखाले मात्र हेर्छौ ।  र एकअकासँग नाङ्गो मात्र भैदिन सक्छौ ।

मैले बिताएका २७ बर्षहरुमा मेरो शरीरसँग मज्जाले खेल्ने नाङ्गो छोरीमान्छेको कल्पना गरेको थिइन । मैले त कल्पनामा पनि प्रेम सहितका अर्धनग्न छोरीमान्छेको मात्र कल्पना गर्थे । पहिलोपटक उ मछेउ नाङ्गो भएर आएको दिन  म लाज र रोमाञ्चकता दुबैले रातो भएको थिएँ । सायद बर्षौ संगालेको प्यासको आगो हामीसँग थियो जसमा उ र म दुबै जल्यौ । 

हरेक दिन उ मलाई तिर्खालाई मेट्ने पाठहरु पठाउँछे । मलाई कहिलेकाही  लाग्छ उ मेरो शारीरीक सम्बन्ध राख्ने पार्टनर कम शिक्षिका बढी हो । उसका पाठले अझ म उद्देलित हुन्छु । सायद उ मलाई त्यसरीनै सुखको लागि हर क्षण तयार भएको देख्न चाहन्छे । वा उ मलाई असल विधार्थी भएर उसका पाठहरुलाई अपनाएको देख्न चाहन्छे । जे पनि हुनसक्छ । तर जब उ हुदिन एकान्तमा यी सबै कुराहरुले पोल्छ । अनौठो तरिकाले पोल्छ । समाजको आँखाले जब आफैले आफैलाई हेर्छु अनौठो लज्जाबोध हुन्छ ।

मैले ज–जसलाई मन पराएँ उनीहरुलाई यौनको आँखाले कमै हेरे । उनीहरु मेरा लागि आकर्षक त थिए तर त्यसमा शारिरिक सुख मात्र जोडिएको थिएन । उनीहरु भावनाले भरिएका अर्का सग्ला मानिस थिए । तर अहिले जोसँग शारिरिक रुपमा नजिक भाछु उ मेरो लागि कपडा पसलमा देखिने डमि जस्तै हो ।  यति हो उसको शरिरले मलाई तान्छ । जब म शारिरिक सुखको उत्कर्षमा पुग्छु तब  उ मेरा लागि कुनै अपरिचित मानिस भैदिन्छे । म उसको शरीरलाई चिन्छु तर उसलाई चिन्दिन । हामी सँगै अनेक अनेक गर्छु । र पनि उ मेरो सपनामा आउँने राजकुमारी होइन । उ त बस् तिर्खाएको बेलामा भेटिने पानीको मूल जस्तै हो ।

एक दिन उस्ले मलाई सोधेकी थिई , “के तिमी म जस्र्तै अर्कि स्वास्नी मानिसलाई प्रेम गर्न सक्छौ ?” त्यो  प्रश्न सजिलो थिएन  । दुबै नाड्गो भएको बेलामा मैले उसलाई गर्न सक्दिन भन्न पनि सकिन । तर यर्थाथ त्यहि हो । म उसलाई चुम्न सक्छु, उसँग लुटपुटिन सक्छु, उसका हरेक अंगलाई खेलाउँन सक्छु तर प्रेम गर्न सक्दिन । सायद उसले मेरो मौनतालाई स्विकार्योति बुझीँ । तर म भित्र बिरोधाभाषको अग्लो पर्खाल छ । जसले अझै पनि भन्छ उ प्रेमको लागि होइन शरीरको लागि मात्र हो ।

सम्बन्धलाई अधि बढाउँन न उसलाई सजिलो छ न मलाई । हामी दुबै समाजलाई छलेर एक अर्कालाई भेट्ने गर्छौ । तर एकान्तमा आफैँलाई छल्न सक्दैनौ । थाहा छैन, उ कसरी आफ्नो श्रीमान अघि केही नभएझै फेरी अर्कोपटक नाङ्गो उभिन्छे । थाहा छैन कुनै दिन आफ्नै विगतलाई कोट्याउन परे म कसरी कोट्टयाउनेछु । तर अहिलेलाई मात्र मूल्याङ्कन गर्दा हामी दुबै एक अनौठो सम्बन्धको झिल्कामा मस्त छौ । थाहा छैन कुन बतासले यो सब तहसनहस पार्नेछ  । वा हामी दुवै त्यहि झिल्कासँगै जल्नेछौ ।

विगत  दुई दिनदेखी हामीले एकअर्कालाई भेटेका छैर्नाै । मलाई लाग्दैछ उ कुन बाध्यतामा अल्झिएकी छ । फोन अफ छ, सोसल मिडिया डियाक्टीभ छन् । म चाहेर पनि उ बारे बेखबर छु । एक्कासी कुनै अज्ञात खाताबाट इन्स्टामा म्यासेज आउँछ,

प्रिय सिद्वार्थ

आज पहिलोपटक तिमीलाई प्रिय भनेर सम्बोधन गर्दैछु सायद अन्तिमपटक पनि । तिमीसँग बेखबर भएर पर हुन मन थियो तर त्यो गर्न सकिन । जीवनको जुन मोडमा तिमी भेटियौ त्यो सायद हामी दुबैको लागि सहि समय थियो । सायद समयभन्दा सही अरु कोही हुन सक्दैन । आफ्नो लोग्नेबाट कहिल्यै सन्तुष्ट हुन नसकेकी म पहिलो पटक तिम्रो सामिप्यताले पूर्ण भएझै महसुस गरेँ । मैले आफैँभित्रको शान्ति र सन्तुष्टी तिमीबाटै पाएँ । त्यो मेरोृ लागि सदा अविस्मरणीय बन्नेछ । तर जीवनको यो मोडमा अब तिमीसँग भेटिरहनु तिमी र म दुबैका लागि खराव नियति बन्न सक्नेछ । तिमीसँग भेटेको अन्तिम दिननै मैले जागिरबाट पनि राजिनामा दिईसकेकी छु । अबको दुई दिनपछि म कतै पर अर्कै भूगोलमा हुनेछु । आफ्नै शरीरले आफैलाई भेट्नको लागि पनि कोही कसैको सामिप्यता चाहिने रहेछ त्यो तिमीले दियौ जुन मेरा लागि सम्झनलायक कुरा बन्नेछ । आशा छ  तिमीले सजिलै मलाई बिर्सनेछौ । र कोही तिमीलाई पूर्ण रुपमा माया गर्ने अर्को मानिस चाडै भेट्नेछौ ।

उहि अदिति

उसको म्यासेजले मलाई एक हिसाबले शान्ति दिएको छ तर अर्को हिसाबले बेचैन पनि बनाएको छ । उ मसँग नरहनुलाई सामान्य मान्न सक्दिन तर रहिरहनुमा पनि खुल्ला हुन सक्दिन । अब उ मसँग सदाझै नाङ्गो भएर आउनेछैन । सायद उजस्तै अरु कोहीसँग फेरी म त्यसरीनै नजिक हुन सक्नेछैन ।  उ जसरी मेरो जीवनमा आई त्यसलाई असल र खराब दुबै मान्न म सक्दिन । हामी दुबै भोकाएका थियौ बस् हामी बिचको शारीरीक सामिप्यताले त्यो भोकलाई शान्त पार्यो । यदि समाजले देख्यो भने त्यो नैतिकताको खराब बिन्दु बन्नेछ । हामी बिचको नग्नतालाई अबैध ठह्याउँनेछ । र हामीलाई चारित्रिकताको अर्को प्रमाणपत्र दिनेछ । तर के समाज हामीले सोचेझै सपाट नग्नताले मात्र अडिएको होला ? वा के हामीले सोचेका सम्बन्धहरुमा सन्तुष्टिका सार्वभौम परिधिहरु मात्र होलान् । वा हामी सबै कुनै पर्दाभित्र नग्न छौ तर समाजले खोजेझै पर्दाबाहिर नैतिकताको अर्को कठोर धरातलमा आफैलाई सपाट मात्र देखाउँदैछौ । म लेख्छु........................

प्रिय अदिती,

सबैसबैका लागि धन्यबाद । तिमीसँग कृतज्ञ हुनुपर्ने धेरै कुराहरु छन् तथापी तिमी जसरी मबाट पर जाँदैछौ त्यसमा कुनै गुनासो छैन । मलाई लाग्छ, तिमी म भन्दा धेरै राम्रो मान्छे हौ । तिमीले जे रोज्यौ  त्यो तिम्रो भागको खुसी थियो । मलाई लाग्छ तिम्रो भागको खुसी कसैले नखोसोस् । जाँदैगर्दा यही भन्न चाहन्छु म तिमीले सोचेझै राम्रो मानिस होइन । मलाई लाग्दैन म तिमीजस्तै अर्को छोरीमान्छेलाई प्रेम गर्नसक्नेछु.......................................................................................................................................

1 comment:

डायरी लेख्ने केटी– पार्ट २

  यो डायरीको कथा होइन यो त त्यो केटीको कथा हो जो डायरी लेख्छे । तपाईहरु सोच्न सक्नुहुन्छ उसको डायरीको रंग कस्तो होला । वा डायरी लेखिसकेपछि...