Skip to main content

Posts

Showing posts from August, 2023

मसिना कुरा

निर्जला अधिकारी  चराहरु आकाशमा उड्नु, फूलहरु फूल्नु, पानी पर्नु सायदका प्रकृतिमा हुने स–साना पाटाहरु मात्र हुन् तर गहिरेर हेर्दा सबैभन्दा गहिरा कुराहरु पनि । जे हाम्ले गर्हौ ठान्छौ कहिलेकाही लाग्छ ति सब बेअर्थका कुराहरु हुन् । गहिरेर हेर्दा स–सानाको महत्व गर्हौ ठानिने चीजले कहिल्यै सम्बोधन गर्दैन ।  कहिलेकाही तिनै मसिना बात गर्ने मानिसहरु भेट्दैनौ । तिनै मसिना कुरा गर्न सबैभन्दा नजिकका मान्छेहरु चाहिन्छ । ठूला बादबिदाका कुराहरु त सबैसँग गरिएला तर हृदयका मसिना कुरा गर्न आफूझै लाग्ने मानिसहरु चाहिँदो रहेछ ।  यदाकदा लाग्छ, उपलब्धिको होडबाजीमा, नाम र दामको होडबाजिमा, तँ ठूलो कि म ठूलोको मोलमोलाइमा हामीले एकअर्कालाई सुन्न सुँनाउँन छोडिदिँदा रहेछौ । लाग्छ, कसैले त आफूलाई सुनिदियोस्, कहिलेकाही बिनाजजमेन्ट सुनिदिले मानिसको कमी महसुस हुन्छ । सायद यस्तो महसुस सबैलाई हुन्छ । मानिसहरु भन्छन्, तिमी जे हौ तिम्रो कामले भन्छ । मलाई कामले मानिसलाई चिन्न खोज्नु सबैभन्दा कठोर कामझै लाग्छ । सायद हामी सबैले बाँच्नको लागि केही गरीरहन्छौ, कसैले बाध्यताले, कसैले रहरले तर ति बाध्यता र रहरबिच मानिस कहीँ

गनथनः श्रीङ्खला २

  निर्जला अधिकारी भर्खरै बिहानी भएको छ । शहरमा हलचल बढीसकेको छैन । आकाशमा बादल यथावत नै छ । सदाझै आज पनि बिहानै बिउँझिएकी छु । आज काममा जानु छैन तथापी सुतिरहन सक्दिन । बाहीर आकाश हेर्छु मलाई बिना हलचलका शान्त बिहानीहरु मनपर्छ । झ्याल खोलेर  बाहिर एकटङ्कारले हेर्दै छु । अबका पाँच दिन मेरा आफ्ना हुन्, कसैलाई बाड्नु नपर्ने केबल आफ्ना । आधि पढिभ्याएको किताब सिरानीमा छ ।  आधि जाचेका कापीहरु अर्को टेबलमा छन् । ल्यापटप बन्द छैन । सबै चीज अधुरो यात्रामा छन् । सायद म जस्तै । यो अधुरोपन सायद मेरो आफ्नो हो । म गरीभ्याएको कामलाई सेलेब्रेट गरेर बसीरहन सक्दिन । अप्राप्तीले सदा पोल्छ ।  यहि अधुरोपनमा आफैलाई खोज्छु कहिलेकाही । यदाकदा लाग्छ, जे देखे जे जीउँदैछु मेरो आफ्नो हो । आफैसँग गुनासो नभएको पनि होइन तर   कहिल्यै लाग्दैन कोही अरुको मूलबाटोमा हिडेँ । आफू वरीपरीका मानिसहरु भेट्छु सबैको गुनासो छ समय नभएकोका । आफूलाई हेर्छु, चाहिनेभन्दा बढी समय पाउँछु । मसँग समयनै समय छ । हप्ताको एउटा पुस्तक प्राय पढ्छु । आफैसँग बोलिरहन्छु । आफैलाई मनलागेको चिज गर्छु । समयसँग गर्नुपर्ने गुनासाहरु केही छैनन् ।

अर्धकल्प

  निर्जला अधिकारी अदालतबाट कसरी घर आइपुगेँ थाहा छैन । अन्तिमपटक उसलाई बाई भन्न सजिलो थिएन । अनौठो उल्लास बोकेर उ मेरो जीवनमा आएको थियो । उसको आगमनले अनौठो उल्लास र उत्साह दिएको थियो । अहिले अनौठो सान्नाटा र पिडा छ मसँग । थाहा छैन म कहिले पिडामूक्त हुनेछु । कहिले आफैँले आफैँलाई प्रेम गर्न थाल्नेछु ।    थाहा छैन यो जीवनको कुन मोड हो । यो कल्पना होइन , यो पूर्ण कल्पना पनि होइन । यो जीवनमा नजोडिएका बिन्दु झै पो हो  की । बिन्दुले उपस्थितिको पूर्णतालाई जनाउँदैन । कहिलेकाही लाग्छ म उपस्थितिको त्यही अबस्थामा छु जसलाई अनुपस्थित भन्दा  हुन्छ । उ थियो जीवनमा  तर उसको उपस्थितिलाई उपस्थिति मात्र मान्दिदा हुन्छ ।  आज बाट उ थियो भनेर भन्दा हुन्छ । उ गएकोमा मलाई कुनै गुनासो पनि छैन । कहिलेकाही लाग्छ चिच्याएर भनिदिउँ तिमीहरु सबै उस्तै हौ । म मेरो आफ्नो लागि काफी छु ......................... उसँग करिब एक बर्ष बिरानो देशमा बिताएँ । लागेको थियो कसैले छाडे पनि उसले मलाई सम्हाल्नेछ । टुटेकालाई प्रिय ठान्नेहरु मलाई अझ प्रिय लाग्छ । म टुटेकी थिएँ । मलाई लाग्यो उसको उपस्थितिले सब सामान्यझै बन्नेछ । बिडम्

नग्नता

  निर्जला अधिकारी ओछ्यानमा नाङ्गो पल्टिएको छु । जीउँका कपडाहरु लथालिङ्ग कोठाभरी छरीएका छन् । एकछिनअघि आगोझै तातेको शरीर सेलाएर चिसो भएको छ । शरीर शिथिल भएको छ र मन पनि । एक खाले ग्लानी मनभरी फैलीएको छ । तृप्त भएर पनि नभएझै आँखाभरी अनौठो सान्नाटाँ छाएको छ ।  उ गैसकेकी छ । शरीरमा अब रोमाञ्चकता बाकी छैन । छ त केवल  एक गाल्नी । शरीर नाङ्गो छ । नग्नता कुरुप हो वा सुन्दर मलाई थाहा छैन । तर किनकिन आफैलाई नियाल्दा आफै तर्सिदैछु । लाग्दैछ आजबाट म जो थिएँ त्यो रहिन । हिजोसम्म जसलाई म खराब ठान्थेँ आज म त्यहि खराब मानिस भएको छु । भोली आइतबार हो...... बिहानै उठेर गर्नुपर्ने कामको अर्को चाङ छ । र पनि आफैले आफैलाई सम्झाउँन सकेको छैन । कसरी केही मिनेटको सुखको लागि म आफ्ना पुराना सिद्वान्तहरुलाई एकाएक त्यागिदिन सक्छु । के सबै मानिसले शरीरको सुखको लागि सिद्वान्तको बोरा ओड्दैनन् । वा म त्यहि मानिसको जमात हँु जसको सिद्वान्त बन्द कोठाभित्र पस्ने बित्तिकै एकाएक मलिन हुन्छ । मैले कहिल्यै सोचेको थिइन, मैले पहिलोपटक कसैले चुम्ने काम शरीरको लागि मात्र गर्नेछु । हिजोसम्म मेरा लागि प्रेमको कसि पहिलो  र शरीर

बर्हिगमन

  निर्जला अधिकारी उसको कोठामा छु । सेता पर्दा सेतो तन्ना आकाशे रंगका कुशनहरुले कोठा उज्यालो देखिएको छ । उसको ओछ्यानमा हरेक हप्ता उसलाई मनपर्ने सेतो रंगको तन्ना ओछ्याइदिन्छु । हरेक दिन उसको किताबमा जम्मा भएको धुलो पुछ्ने गर्छु । उ छैन तर यी सबै चीजहरुले उ भएझै महसुस गराउँछन् । उसको यो बाइसौ जन्मदिन हो । बाइसौ जन्मदिनमा उसको लागि बाइिस वठा किताबहरु ल्याएकी छुु । थाहा छैन उसले यो देख्छे वा देख्दिन तर मलाई लाग्छ उसले यो देखोस् । मेरो अगाडी उसले लेखेको अन्तिम डायरी छ.......................... डेट– १५ डिसेम्बर, २०२२ “हिजो रुपि कौरको होम बढी पढेँ ।  त्यसपछि रातभर स्याली रुनिको “कन्र्भसेसन बिथ  फेन्डस्”को सय पेज पढेँ । सधै झै हिजो पनि निद्रा लागेन । सुत्न नसेकेको तिन महिना भैसकेको छ । जब रात पर्न थाल्छ मुटु धड्किन्छ । सुत्न सक्दिन । मामुलाई धेरैपटक भनेको हो पत्याउँनुहुन्न । म निदाउँन सक्दिन । केही नराम्रो कुरा सुन्नेबित्तिकै हात काम्छ । पढ्न पनि आजकाल त्यहि मन लाग्दैन । हुन त सबैले मलाई किताबको किरो भन्छन् । तर आजकल पढ्न सक्दिन । मलाई लेख्न मनपथ्र्यो तर आजकाल लेख्न पनि सक्दिन । बाबाको अफिस

किताबको यात्रा

किताब नभएको भए के हुन्थ्यो ? यो प्रश्न मलाई अहिलेसम्म कसैले सोधेको छैन । तर आफैँले आफैलाई कयौ पटक सोधेकी छु । उत्तर सजिलो छ म आज जे छु त्यो हुँदैनथेँ  । सायद कसैसँग गफ गर्ने कुराहरु रहदैनथेँ । अथवा मैले आफैँले बुझ्नको लागी सायद थोरै केही साघुरा बाटाहरु मात्र बच्थेँ होलान् । मलाई पुस्तकको संसार सदा फराकिलो मूलबाटो लाग्छ । मैले पैसाका लागि, नामका लागि, पदका लागि कहिल्यै पढिन । मलाई यो भनीरहँदा कुनै गुनासो छैन । मेरा लागि पुस्तक आधुनिक भाषामा भन्दा साधन साध्य केही पनि होइन ।  र पनि  सबैचिज हो ।  कयौ बर्षहरु आफैँले आफैँलाई झिनो ठानेर बिताएँ । कहिल्यै लागेन आफूझै अरु कोही पनि छ । एक एक्लो बालकको लागि पुस्तक रमाइलो साथि हो । मैले आज पनि पुस्तकलाई साथीको रुपमा बुझ्ने गर्छु । ममि भन्नुहुन्थ्यो यो नदिझै हो यसले तिमीलाई पर लग्नेछ । ममिका शब्दहरु अनौठा लाग्थे । बुझ्दैनथेँ तर बुझ्थेँ पनि । मलाई आज पनि लाग्छ कि म नदीलाई बुझ्छु कि अक्षरहरुलाई । मेरा लागि नदी र अक्षर दुबै एकै हुन् । मलाई लाग्छ मैले देखेका सपनाका अग्ला र सग्ला स्वरुपहरु यी दुई मात्र हुन् । मलाई कहिलेकाही अक्षरहरु आफैँझै लाग्छन

गनथनः श्रीङ्खला १

  आफैँसँग बेखुस भएर शहरका गल्लिहरुमा भौतारिँदैछु । थाहा छैन के पाउँनु छ के गुमाउनु छ । थाहा छैन यी बेखुसीका श्रीङ्खलाहरु कहिलेसम्म चल्नेछन् । उही सडक, उही क्याफे, उही मानिसहरु, उही चियाका कपहरु । यस्तो लाग्दैछ  म पुनराबृत्तिका जिउँदैछु । कुनै दिन कसैले भनेको थियो जीवन भनेको  दोहोरीनुनै  हो । थाहा छैन उ कहाँ केमा दोहोरीरहेको छ । तर म दोहोरीन चाहन्न । मलाई पुनराबृत्तिले पोल्छ ।  किनकिन यो भिडमा आफैलाई खोज्दैछु । लाग्दैछ म भिडनै हुँ । भिडसँग झै मसँग पनि कोलाहल छ । तर चिच्याउँन सक्दिन । यो कोलाहलमा आफैँलाई खोज्नु आफ्नै अस्तित्वको कोलाहललाई सम्बोधन गर्नु नै रहेछ । भिडमा आफैँलाई खोज्नु ठिक हो वा होइन मलाई थाहा छैन । म त नदि किनारकी केटी हुँ । म त बग्न चाहन्थेँ । मलाई डुब्न र तैरिन दुबै आउँछ झै लाग्थ्यो । म त्यो केटी थिएँ जसलाई आफ्नो मानक आफैँ बनाउनु थियो । म आफ्नो यात्राको मालिक आफैँ बन्न चाहन्थेँ । तर किनकिन आज नदी किनाराझै महसुस हुँदैछ । म चाहन्न म डोबहरुझै एकनासको छालहरुसँग मात्र लडुँ । दिनहरु कति छिटै बित्छन् है ? आफैलाई सम्बोधन गर्दागर्दा  कयौ बर्षहरु बितेछन् । कहिलेकाही लाग्छ म