म भन्न सक्दिन तिमीलाई म दुखी छु भनेर तिम्री छोरी बदनाम भैसकी भंनेर न पोख्न सक्छु मेरो कथालाई सबैले पढ्ने उपन्यास वनाएर न लेख्न सक्छु आफ्नो ब्यथालाई छन्दात्मक कविता वनाएर हिड्छु यो सहरमा बिना कुनै लक्ष्य , गन्तब्य आफ्नै लहडमा आफ्नै गतिमा मान्छेहरुको भिडमा एक्लै न बताउन सक्छु यो समाजलाई म कसरी बदनाम भए भनेर म कसरी लुटिय भनेर मेरो कसरी चिरहरण भयो भनेर त्यसैले बाच्दैछु यो सहरमा फालेको फोहोर जसरी न कसैले देख्छ मलाई न कसैले सोध्छ मलाई म कसरी लुटिय र बदनाम भए भंनेर
तर उनीहरुलाई थाहा हुनेछैन, म फर्कनकै लागि गएकी हुँ । उनीहरुका लागि जसलाई मैले पछाडि छोडेँ ।