Wednesday, July 9, 2014

नगरबधु

नगरबधु
कसरी भन्न सक्छौ  तिमीले
मसंग  हिड  भनेर
आमाको दुधलाई थुकेर
बावुको विश्वासलाई तोडेर

कसरी सोच्न सक्छौ तिमीले
म तिम्री मायालू  मात्र हु भनेर
म कसैकी छोरी , बहिनी , दिदी पनि त हु
के म यी सबलाई त्याग्न सकूला

कसरी बाध्न सक्छौ तिमीले
त्यो तिम्रो चौघेरा भित्र
उडीरहने पन्छीजसरी दौडीरहने  म
के म बाधिन सकूला त्यो तिम्रो जन्जीरभित्र

कसरी सोध्न सक्छौ तिमीले
मेरो अस्तीत्व र पहीचानलाई
तिम्री आमा म अनि यो धर्ति एउटै जराका बोटहरू  हौ
के म बताउन सकूला मेरी अनि तिम्री आमाको अस्तित्वलाई

कसरी बोल्न सक्छौ तिमीले
मेरो यो पेसा पाप हो भनेर म एउटा नगरबधु हु भनेर
के तिम्रो जन्म अनि मेरो जन्म यै पापको फल होइन र
अनि म कसरी नभनु म एउटा नगरबधु होइन भनेर  

No comments:

Post a Comment

चौँतिस

निर्जला अधिकारी बाटो लामो छ हिड्नुपर्ने, हिडेको केही घण्टा त भयो । किन म यति धेरैे थाक्दैछु । यो थाक्ने उमेर पनि त होइन । सायद हो कि ? हुन त...