Skip to main content

Posts

Showing posts from October, 2014

भो छोडिदेउँ जुलिएट बन्न

भो छोडिदेउँ जुलिएट बन्न भौतिकताबादको दोसाधमा उभिएर जुलिएट बन्न खोज्नेहरु आफ्नो धरातल त हेँर अझै कयौ मदनहरु लासामा हराइरहेछन् त्यही मदनको प्रेमिका तिमी कसरी जुलिएट बन्न सक्छ्यौ बरु फालिदेउँ त्यो आडम्वर र हेँर पहिलेकै त्यही मुना बनेर तिम्रो मदन अझै मदननै छ तिमी कसरी जुलिएट भयौ फालिदेउ त्यो देखावटिपन् र बनिदेउँ फेरी प्यारी मुना बरु तिमी मदनलाई घर फर्काउन सक्थ्यौ ३३ प्रतिशतको उपायोग गर्न सक्थ्यौ कृषी मार्फत  क्रान्ती गर्न  सक्थ्यौ भो छोडिदेउ लगाउँन सुन् वरु फलाउँ लसुन र अदुवा पढाउँ प्रौढशिक्षा भो छोडिदेउँ जुलिएट बन्न जसले बनाउँदैछ तिम्रो मदनलाई कसैको दासी