Skip to main content

Posts

Showing posts from November, 2023

मसिना कुरा– भाग १२

  अनौठो सपनाहरुले निस्सासिँदै बिउँझीएकी छु । बिहानको तीन बजेको छ । बाहीर निस्पट्ट अध्यारो छ । मानिसझै गाडी, सडक, टोल र बस्तीहरु सब सुनसान छन् । सडक पनि सुनसान भेट्नु नियमको बिपरीत जानुझै हो । सायद यो निस्पट्ट बिहानीलाई साथ दिनु त्यही गर्नु हो ।  यो मौनताबिच आफैँलाई खोज्दैछु । थाहा छैन खोज्दाखोन्दै कहाँ हराउँनेछु वा कहाँ पुग्नेछु । मलाई नदी किनाराझै बन्नु छैन । अशान्त स्थिरताले सधै पोल्छ । छालहरुले बिक्षिप्त भएर पनि किनाराले नयाँपन देख्दैन मलाई किनाराझै बन्नु छैन । तर समयले कहिलेकाही किनारामै छु कि भन्ने पनि बनाउँछ । सायद यी यस्तै भूलभूलैयाबिच नै जीवन चलिरहन्छ ।  चलाउँनको बिकल्पलाई छोड्न नसकिँदो रहेछ । कहिलेकाही स–साना नानीहरु गुमाएका आमाहरुलाई जब देख्छु यस्तो लाग्छ जीवन जे सहेर पनि चलिरहन्छ । यो गतिशिलता हो वा दोहोरीने प्रकृया बुझ्न ग्राहो छ । कहिलेकाही दोहोरीएझै लाग्छ कहिलेकाही बाचेझै । सायद बाचेँझै गरेर कयौ दिन हामी मरेका छौँ । जीवनका यीनै बिष्मयहरुलाई साक्षि राखेर कहिलेकाही दौडेझै लाग्छ, कहिलेकाही हिडेझै र कहिलेकाही सुनसान त्यसै बसिरहेझैँ पनि लाग्छ । यी अनुभूतिका तंरगहरु मात

मसिना कुरा– भाग ११

  कुकुरहरुको भुकाइसँगै बिउँझिएकी छु । सायद उनीहरु केही भन्दैछन्, के भन्दैछन् म बुझ्न सक्दिन । कहिलेकाही लाग्छ उनीहरु पनि  हामीले झै सोच्दा हुन् । बिग्रीएको प्रकृति, उन्मूक्त बिना लगामका र दायित्व बिहिन मानिसहरु देखेर आजित हुँदा हुन् । हामीहरुलाई गाली गर्दा हुन् । कहिलेकाही लाग्छ हामीले आफ्नो घर भनेर अरु कसैको घरलाई पनि उजाड बनाउँदैछौ ।   यी यस्तै सोच्दै छु । घडिमा बिहानको पौने पाँच भएको छ । बाहिर झ्यालबाट देखिने दृश्य निष्पट्ठ अध्यारो छ । स्कुल कलेजका लागि हिड्ने केटाकेटीहरु बिउँझि सकेका छैन । यो शान्त बिहानीमा किबोड चलाउँदैछु । आफ्नै अनुभूतीहरुलाई पोख्दैछु । मलाई यसरी किबोड अगाडी नबसेका दिनहरु अत्यासलाग्दा लाग्छन्  । कहिलेकाही लाग्छ म मान्छेहरु भन्दा किबोडसँग धेरै बोल्छु । मलाई लेख्ने प्रकृया बोल्नेझै लाग्छ । म भित्रका कयौ आवेगलाई म शब्दले मात्र ब्यक्त गर्न सक्छु । भाषाको यात्रा मलाई सधै सुन्दर लाग्छ । जब त्यो लेख्य स्वरुप आउँछ यस्तो लाग्छ यो कयौ बर्षपछि आफैँलाई फर्केर हेर्ने समययात्रा हो । यसरीनै दिनहरु बित्दैछ । कयौ बिहानीहरु मैले यसरी नै बिताएँ, सायद यसरीनै जीन्दगी सिद्घिनेछ

मसिना कुरा – भाग १०

  यो अध्यारो घाम उदाउनुको अघिको बिहानी सायद चित्र र्कोनु अघिको क्यानभाष जस्तै हो । सबैचिज शान्त छ । गाडीहरु सडकमा छैनन् । बिहानी हिड्नेहरु निस्केका छैनन् । एक अनौठो सान्नाटा छ । चाहेर पनि म त्यो यो सान्नाटालाई ब्याख्या गर्न सक्दिन । तिहार पछि घर छोडेको एक हप्ता भएको छैन । घर छोडेर आएको हप्ता शहर बिरानो लाग्छ  । घर छोडेका यतिका बर्ष भैसक्दा सबैभन्दा प्यारो घर नै लाग्दो रहेछ । यहाँ बोल्ने र बोलाउँने कम छन् । एकतमासले जीवन बितेझै लाग्छ । काम बिनाको काठमाडौं अरसिक लाग्छ । कहिले रुमलिए पनि यो रुमलिने सहर होइन ।  मलाई सहर कथाहरुको संग्रह झै लाग्छ । यहाँ खोजी बस्ने हो भने हरेकसँग रुवाउँने कथाहरु छन् । तर सहरको रोदनलाई यसको झिलीमिली पनले छोपीदिन्छ । यस्तो लाग्छ निराश हुनु पनि सहरमा रमाउँनु हो । सायद यसको अस्तित्व यसैको चहकमहकमा कतै रुमलिएको छ ।  यो एकतमासको दैनिकीबाट कहिलेकाही केही फरक भैदियोस् भन्ने पनि लाग्दो रहेछ । कहिलेकाही लाग्छ पर दुर आफ्नै सुरमा हिडिदिउँ । आफ्नै प्रतिबिम्बले आफैँलाई छोपेझै लाग्छ । सायद सबैलाई यस्तै लाग्दो हो । खुसीझै निराशालाई पनि कहिलेकाही रमाइलो झै ठान्नुपर्

मसिना कुरा– भाग ९

  आकाश धुमिल छ । अबका केही महिना चराहरुको उडान देख्न सक्दिन । बिहान बिहानै आफ्नै यात्राको उडानमा उडिँरहेका चराहरु देख्दा कहिलेकाही संसार चलेझै महसुस हुन्छ । फूलेका फूलहरु पनि चिसोले चिम्सा भएर बसेका छन् । उनीहरु फर्केको हेर्न केही घण्टा कुर्नु पर्नेछ । बिहानै हिड्नेहरुको लर्को कम हुन थालेको छ । सायद सबै चियाका बाफहरुमा रुमलिरहेछन् । बिहानै उठेकी छु । सब सुनसान छ । यो सुन्यता सुन्दर लाग्छ । दिन ठल्कदै जाँदा बिहानको सुन्यता फेरी अत्यासलाग्दो एकात्मकता बन्न पुग्छ । तर बिहानीमा यो सुन्दर नै लाग्छ । यो सुनसान बिहानीको साक्षि बनेकी छु । सायद अस्तित्वको यो सुन्यतामाथी कसैले प्रश्न गर्यो भने कठगरामा म पनि उभ्भिनेछु । केही दिनदेखी भिडलाई देखेर तर्सदैछु । हिजो सडकमा एक हुल मानिसहरु धर्मको नाममा नारा लगाए । भोली कसैले भन्देला हिन्दुहरु मात्र महान् हुन् । मलाई आस्थाका नाममा लगाइएका नाराहरु कुरुप लाग्छ । यो सुन्यता र सहअस्तित्व मात्र हो । धर्मको नाममा नारा लगाउँनु निर्ममको छातीमा टेकेर आदर्शको शब्दहरु बोल्नु जस्तै हो । यो कुरुप समयको साक्षि भएकोमा सदा पिडाबोध हुन्छ । जब जब धर्मको नारा लाग्छ

मसिना कुरा– भाग ७

  कहिलेकाही चिसो बिहानी चिसो मानिसझै लाग्छ । आकाश तुवालोले ठाकेको छ । चराहरु तिनै तुवालोमा हराएका छन् । फूलका पातहरुमा शितका थोपा अड्किएका छन् । संसार चल्दैछ । करिब एक महिनाको बिदापछि काममा फर्कनु छ । अब फेरी यो गर, यो पढ भन्ने दिन सुरु हुँदैछन् । कहिलेकाही लाग्छ मैले उनीहरुलाई होइन मलाई उनीहरुले सिकाउँदैछन् । जीवन सिकाइको चक्रझै लाग्छ । दिनहरु असाद्घै चाडो जान्छन् । हिजो साना देखेका नानीहरु आज हलक्क बढेको देख्दा बुढो भएभmै महसुस हुन्छ । आफैँले आफैलाई हेर्दा उस्तै झै लाग्छ । सायद सबैलाई त्यस्तै लाग्दो हो । फरक त आफ्नो अनुहार अरु कसैको ऐनामा हेर्दामात्र लाग्ने रहेछ । फेरी अर्को बर्षले बिदा लिँदै छ । बर्षको अन्त्यमा किन केही नगरेझै महसुस हुन्छ । गर्नुपर्ने कामको चाङ छ तथापी आदी सकेको कामको थुप्रो बोकर जिवन चलाउँदैछु । सामान्य देखिने चिजहरु असामान्य बन्दैछन् । सफलता असफलता बिच बाचेझै गर्नुको नियतीले छोछ्न सकेको छैन । तथापि गुनासो छैन । गुनासो गरिराख्नु राम्रो पनि होइन । यी चिसा दिनहरुमा चिसा बिचारहरु आउँनु नौलो पनि होइन । किनकिन मलाई चिसो कठोर लाग्छ । चिसो दिनझै चिसा मान्छेहरु जीव