Skip to main content

Posts

Showing posts from November, 2016

इतिहास

पानाहरु खाली छन् शब्दहरु मौन छन् तर  तिम्रो मात्र छैन् इतिहास मेरो पनि छ नहोलान् युद्धका कथाहरु बहादुरीका उपन्यासहरु... अंहका महाकाब्यहरु....... म तिम्रो मुलुकमा प्रेमका अलिखित कविताहरु लेख्छु म मातृत्वको प्रेमले ग्रस्त छु तिमीजस्तो भातृत्वको कुरा गर्दिन आज पनि हिजोजस्तै हुनसक्छ मेरो क्षितिज तिम्रो सयनकक्ष भन्दा सानो.......... म तिम्रो मुलुकको सानो मानिस हुँ परिचयपत्रमा अझै तिम्रै नाम छ तिम्रै नामले रंगिन्छु तिम्रै नामले अल्निन्छु नहोला मेरो छुट्टै इन्द्रेणि छुट्टै शब्दकोश अझै पनि कहिलेकाही तिम्रै शब्दहरु सापटी लिन्छु र पनि तिम्रो मात्र छैन इतिहास मेरो पनि छ युद्धमा नरंगेको मेरो इतिहास प्रेम मात्र प्रेमले पिडित छ ।

म केहि होइन

माफ गर आज म सपनाको कुरा गर्दिन तिमीलाई थाहा छ  वा छैन म इन्द्रेणिको कुनै रंग होइन न हुँ गलामा सजिने कुनै सुन्दर फूल म गूलाफ होइन न सयपत्री म हिमाल होइन न नदि.…  वा तिमी बुझ्न सक्छौ म तिमीले देख्ने सपनाकी परी होइन न तिम्ले प्रत्येक दिन आँखामा सजाउँने भिड हुँ म केहि होइन न फेसबुक वालमा "सुन्दर" को उपमा पाउँने सुन्दरी वा ओठमा रातो पोत्ने किशोरी न हुँ हरेक दिन प्रशसाको उपहार पाउँने कुनै भाज्ञमानी म केहि होइन न तिम्रो भूतपुर्व प्रेमिका न हुनेवाला वा तिम्रो कल्पनामा सजिएकी जीवनसंगिनी म केहि होइन न सपना......... न विपना............... न भविस्य............................ धिप धिप गर्दै बलेको मैनबत्ती हुँ म बल्न पनि सक्छु नबल्न पनि सक्छु पग्लिएँ भने बलेछु भन्ने बुझ्नु नत्र कठोर यथार्थको पर्याय ।