Sunday, November 20, 2016

इतिहास

पानाहरु खाली छन्
शब्दहरु मौन छन्
तर  तिम्रो मात्र छैन् इतिहास
मेरो पनि छ
नहोलान् युद्धका कथाहरु
बहादुरीका उपन्यासहरु...
अंहका महाकाब्यहरु.......
म तिम्रो मुलुकमा प्रेमका अलिखित कविताहरु लेख्छु
म मातृत्वको प्रेमले ग्रस्त छु
तिमीजस्तो भातृत्वको कुरा गर्दिन
आज पनि हिजोजस्तै
हुनसक्छ मेरो क्षितिज
तिम्रो सयनकक्ष भन्दा सानो..........
म तिम्रो मुलुकको सानो मानिस हुँ
परिचयपत्रमा अझै तिम्रै नाम छ
तिम्रै नामले रंगिन्छु
तिम्रै नामले अल्निन्छु
नहोला मेरो छुट्टै इन्द्रेणि
छुट्टै शब्दकोश
अझै पनि कहिलेकाही तिम्रै शब्दहरु सापटी लिन्छु
र पनि तिम्रो मात्र छैन इतिहास
मेरो पनि छ
युद्धमा नरंगेको मेरो इतिहास
प्रेम मात्र प्रेमले पिडित छ ।

No comments:

Post a Comment

नेपथ्य

यो नेपथ्यको आवाज हो । जसलाई यो मेरो आवाज हो भनेर भन्नु छैन । अथवा भनेर पनि नभनेझै गर्नुछ । अथवा दावी गर्नु छैन । बाचेर पनि नबाचेझै गर्नु छ...