Skip to main content

Posts

Showing posts from June, 2016

स्वतन्त्रता, मुक्ति, मोक्ष वा अचल्तिको बाटो ?

रंग र बेरंग बिच युद्ध चलिरह्यो जीवनको आफ्नै परिभाषाभित्र मलाई एउटा रोज्नुथियो बेरंग रोजिदिएँ । थुप्रै रंगहरुसँग घुल्न नसक्नुको पिडा वा इन्द्रेणीसँगको दुश्मनी हुनसक्छ रंगको आफ्नै मैफिलभित्र बहिस्कृत हुनुको प्रतिसोध मैले बेरंग रोजिदिएँ ...... थुप्रै थुप्रै सुन्दर रंगहरुबिच असुन्दर हुनुको आत्माबोध वा अनेकौ रंगलाई बेरंग देख्ने दृष्टिभ्रम हुनसक्छ रंगिनलाई रंगिन नमान्ने मेरो आफ्नै जीवनभ्रम मैले बेरंग रोजिदिएँ । आज जीवनको यही बिन्दुमा अडिएर आफैँसँग सोधिरहेछु रँगलाई त्यागेर बेरंग रोज्नुलाई के भनिन्छ स्वतन्त्रता मुक्ति मोक्ष वा अचल्तिको बाटो ?

हाडमासुको अक्षरबजारबाट

विचारको स्वाधिन परिधिभित्र रहेर सफा सेतो कागजमा लेख्ने, कोर्ने कैद गर्ने कुराहरु हुँदाहुँदै पनि मौन रहन चाहेँ ।  चेतनाको मौलिक शब्दकोसभित्र सायद लेखिएको थियो यो कागज, मसी र अक्षरको संसार होइन यहाँ अक्षर कम हाड, मासु र छाला बढी बुझिन्छ यहाँ अक्षरहरु कम लेखिन्छ जती लेखिन्छन् कपाल नाक र आँखाहरु लिपिस्टिक, गाजल र नेलपोलिसहरु । यहाँ अक्षरहरु मगजबाट जन्मदैनन् जती जन्मन्छन् स्तन, योनी र लिङ्गबाट जती हुर्कन्छन् हाड, मासु र छालाबाट । मौनताको सिङ्गो किताब साक्षी राखेर किन किन आज हाडमासुको अक्षरबजारबाट अर्को कालो झण्डा आफैँबिरुद्ध देखाउँने रहर जागेको छ ।

I AM THAT IMAGE PEOPLE NEVER LIKE TO SKETCH

म कसैले नकोरेको चित्र हुँ सायद आफैँले पनि  ,   this is the one line which I mostly use to explain myself. Or this is the final sentence I choose to explain myself. Explaining  oneself  is the hard job because people  rarely  want to understand  oneself . Apart from that explaining  oneself,  is quite an egocentric job. People hardly feel comfortable to listen to others. So do I. That’s why sometimes I think that why to write about myself, it’s a foolish job. But diary writing  habit   compels  me to write about myself. It’s all about one, who is so boring but writes about herself. One who never fits in any box but sometimes talks about convention and norms. One, who never got any best friend in childhood but sometimes writes about friendship. One, who is quite odd and has a contradiction in herself but sometimes opines about  common  agenda. This is all about that one who even doesn't know she has to write about herself or not. Previously, I committed that next time I will no