Thursday, June 23, 2016

स्वतन्त्रता, मुक्ति, मोक्ष वा अचल्तिको बाटो ?

रंग र बेरंग बिच
युद्ध चलिरह्यो
जीवनको आफ्नै परिभाषाभित्र
मलाई एउटा रोज्नुथियो
बेरंग रोजिदिएँ ।

थुप्रै रंगहरुसँग घुल्न नसक्नुको पिडा
वा इन्द्रेणीसँगको दुश्मनी
हुनसक्छ रंगको आफ्नै मैफिलभित्र
बहिस्कृत हुनुको प्रतिसोध
मैले बेरंग रोजिदिएँ ......

थुप्रै थुप्रै सुन्दर रंगहरुबिच
असुन्दर हुनुको आत्माबोध
वा अनेकौ रंगलाई
बेरंग देख्ने दृष्टिभ्रम
हुनसक्छ रंगिनलाई रंगिन नमान्ने
मेरो आफ्नै जीवनभ्रम
मैले बेरंग रोजिदिएँ ।

आज जीवनको यही बिन्दुमा अडिएर
आफैँसँग सोधिरहेछु
रँगलाई त्यागेर बेरंग रोज्नुलाई के भनिन्छ
स्वतन्त्रता
मुक्ति
मोक्ष
वा अचल्तिको बाटो ?


No comments:

Post a Comment

तिमी खुसी त छौ नि भनन ?

एका बिहानै घाम लाग्यो । चराहरु उडानमा निस्के । फूलहरु मुस्कुराए । बाटामा मानिसहरुको पदचाप पर्न थाल्यो । बादलले आकाश छोड्यो । आकाश आफ्नै रं...