Sunday, August 21, 2016

यात्राको अन्त्य

थाहा छैन
यात्राको सुरुवात के थियो
मुस्कान वा रोदन ?
भन्नुपर्ने केहि थिएन
हामी चुपचाप बस्न सक्थ्यौं
पहाड, हिमाल र मैदान जसरी
रुख, फूल र पात जसरी
तर हामी गुमसुम बसेनौं
आँखाका भाकाहरु पढ्यौं
मुटुका चालहरु सुन्यौं
थाहै नपाइ
हामी मौन रहेर पनि मौन रहेनौं
कहिलेकाही नदीजसरी गड्गडायौं
पानी बनेर
कहिलेकाही फूलजसरी फक्रर्यौ
मुस्कान बनेर
यदाकदा सपनाको रंगिन क्यानभासमा
सैर गर्यौ रंग बनेर
थाहा छैन यात्राको अन्त्य के हुँनेछ................
 आज म गन्तब्यको चिन्ताले
ब्याकुल छु ।

No comments:

Post a Comment

Goodbye.....

Dear Sangita, It is not easy to say goodbye. Goodbye to anyone close. But saying a final goodbye is more difficult. It has been ten years si...