Skip to main content

Posts

Showing posts from February, 2024

तीसका तीस कुरा

प्रिय तीस, सायद म अंकहरुलाई कहिल्यै बुझ्न सक्दिन । नबुझ्दा नबुझ्दै थाहा छैन कसरी एक दिन आमाले अचानक भन्दिनु भयो तँ तीसकी भैस । तीस मेरा लागि अनौठो नम्बर थियो जस्तोकी स्रोह । स्रोह मेरा लागि गीतमा, सिनेमामा अथवा पुस्तकमा ब्याख्या गरीएझै उज्यालो थिएन । आज पनि म मेरो स्रोहलाई सम्झन चाहन्न । जसरी स्रोहले मलाई तर्साएको थियो त्यसैगरी मेरो  उमेरमा थपिएको तीनले मलाई हेरक दिन तर्साउँछ । कहिलेकाही लाग्छ म भित्रको तीनलाई छोडिदिउँ फेरी दुईमा फर्किदिउँ । वा  तीनलाई छोडेर चारमा फड्किदिउँ । वा दुईलाई आफूभित्र रहेको बच्पना ठानि लुकाइदिउँ र त्यसैमा रमाइदिउँ । गएका सायद दशवटा जन्मदिन मेरा लागि अनौठा थिएँ । सामाजिक सञ्जालमा पाइने सुभकामनाहरुले म पुलकित हुन्थेँ । सायद त्यो दुईको बच्पना थियो । तर जब तीनले मलाई पच्छ्याउँन थाल्यो म मेरा सामाजिक भित्ताहरु थपिएको नम्बरलाई अपनाउँन तयार थिइन । बिहानै भाइलाई भने आज मेरो जन्मदिन भनेर फेसबुकमा नलेखेस् । सायद त्यो तीनले ल्याएको चैते हुरी थियो । सायद समयले देखाएको जीवनको  उराठता ।  तीन जोर नम्बर होइन यो समयले ल्याएको बिजोडिपन पनि हो । तीसले छुनेबित्तिकै तपाई बिसलाई स

नोटिफिकेसन

निर्जला अधिकारी मोवाइलमा नयाँ नोटिफिकेसन आएको छ । इमेल रहेछ । मलाई इमेलहरु पढ्न सदा अल्छि लाग्छ । कोही किन यतिधेरै फर्मल बन्छ इमेलमा । मलाई सधै लाग्छ इमेलको सट्टा बोरु कसैले चिठ्ठि लेखोस् । मलाई कसैले चिठ्ठि लेखेको छैन आजसम्म मैले पनि त लेखेको छैन । म चाहन्छु कसैले त लेखोस् ।  इमेल खोल्छु नाम छ संस्कृति । को संस्कृति ? कहाँकी संस्कृति.... म चिन्दिन । हुनसक्छ उ कोही मैले नचिनेकी हो  । इमेल खोल्छु .......... प्रिय विज्ञान,  म तिमीलाई सञ्चै छौ भन्दिन । मलाई लाग्छ आज पनि कुनै घाट छेउ तिमी आफ्नै क्यामरामा मस्त छौ । हामी एकअर्काका लागि बेमेल मानिसहरु थियौ । र पनि सबैले सोचेझै हामी एक अर्काका बाट पर..... रहिरहन सकेनौ । समयसँगै हामीले एकअर्कालाई अपनायौ । हामी सँग दुरीहरु धेरै थिएँ । नदिका दुई किनाराझै मलाई लाग्थ्यो हाम्रो मेल कहिल्यै हुनेछैन ।  तिम्रो र मेरो जीवन दुई क्षितिजको यात्रा थियो । दुई क्षितिजको मिलन चाहेर पनि सम्भव थिएन । न तिमी मलाई अपनाउँन तयार थियौ न म तिम्लाई । मलाई सधै लाग्थ्यो तिम्रो उपलब्धि केबल एक क्षणिक भ्रम हो । संसार तिमीले सोचेझै सपाट छैन । बाच्नको लागि बिश्वासको आवश्यक

एघार

सान्द्रा सिस्नेरोज यो उमेरको कथा हो । हामीलाई जस्तै तपाईलाई पनि लाग्दो हो तपाई कि त आफ्नो उमेरभन्दा ठूलो हुनुहुन्छ कि सानो । हामी ठिक आफ्नो उमेरको बिरलै महशुस गर्छौ । सान्द्रा सिस्नेरोजको यो कथा यस्तै उमेरको कथा हो । “बुमन होलरिङ क्रिक एन्ड अदर स्टोरिज ” नामक कथाको किताबमा प्रकाशित यस कथाले उमेरको यिनै उतारचडाबलाई ब्यक्त गर्छ । यो अनुवाद हामी निर्जला अधिकारी र मुना सापकोटाको संयूक्त काम हो आशा छ तपाइहरुलाई मनपर्ने छ । जन्मदिनबारे मान्छेहरुले बिरलै बुझ्छन्  सायदै भन्छन् कि जब हामी एघारको हुन्छौ हामीभित्र  दश, नौ , आठ, सात, छ, पाँच, चार, तिन, दुई र एक पनि हुन्छ । एघारौं जन्मदिन भएपनि उठ्नेबित्तिकै हामीलाई एघारको महशुस हुँदैन । आँखा खोल्दा हिजोको जस्तै लाग्ने सबैकुरा आजको भैसकेको हुन्छ । तर हामीलाई एघारको जस्तो पटक्कै लाग्दैन, हामीलाई लाग्छ हामी दशकै हांै ।  उमेरले हामीलाई कताकता एघारको बनाउँछ । जस्तो कि कुनै दिन केही उट्पट्याङ कुरा भन्नुपर्ने हुनसक्छ, त्यो हामीभित्रको दश हो । कहिलेकाही डराएको बेला हामीलाई आफ्नो आमाको काखमा बस्नुपर्ने हुनसक्छ त्यो हामीभित्रको पाँच बर्षे पाटो हो । सायद ठूल

प्रिय म

     कहिलेकाही लाग्दैन आफैँले आफैँलाई प्रिय भनिदिउँ । तर यो कुनै स्याबासी होइन । कुनै राम्रो काम गरेबात पाएका सुनौला शब्दहरु पनि होइन । तर कहिलेकाही जब अनौठो परिस्थतिमा अड्किएको महसुस हुन्छ  आफैँले आफैँलाई प्रिय भनिदिउँ जस्तो लाग्छ । यी तिनै शब्दहरु हुन् जसलाई भन्न आवस्यक थियो ।      जीवनको अनौठो मझदारमा अड्किएको छु । गाडिमा लगाएको ब्रेकझै अगाडी बढ्न खोज्दा पछि धकेलिएझै महसुस हुन्छ । हारेको महशुस हुनु अनौठो अनुभूती रहेछ आजकाल महसुस हुन्छ । आफूले आफैँलाई शक्तिहिन ठान्नु कुरुप अवस्था हो । तर एक मनले भन्छ म यस्तो अनुभूत गर्न चाहन्न । अथवा चाहेको पनि होइन । तर परिस्थतिसँग भागिरहन पनि त सक्दिन । एक मन भन्छ अध्यारा दिनहरु सधैँ रहँदैनन् हरेक अध्यारा दिनपछि उज्याला दिनहरु पनि आउँछन् । तर पनि लाग्छ के सधैँ यस्तै त रहँदैन ।      यी प्रश्नहरु पनि आफ्नै थिएँ । उत्तरको प्रतिक्षा पनि आफ्नै थियो । तथापी आफैले आफैँलाई मनाउँन सकिरहेको छैन । यस्तो लाग्छ सबैसँग लुकेर हिडिदिउँ । आफूले आफैँलाई हारेको साबित गरिदिउँ । हार्न भन्दा पनि आफूँले आफैँलाई हारेको सावित गर्न ग्राहो रहेछ । हरेका हारहरु भन्दा हार्नुको