सान्द्रा सिस्नेरोज
यो उमेरको कथा हो । हामीलाई जस्तै तपाईलाई पनि लाग्दो हो तपाई कि त आफ्नो उमेरभन्दा ठूलो हुनुहुन्छ कि सानो । हामी ठिक आफ्नो उमेरको बिरलै महशुस गर्छौ । सान्द्रा सिस्नेरोजको यो कथा यस्तै उमेरको कथा हो । “बुमन होलरिङ क्रिक एन्ड अदर स्टोरिज ” नामक कथाको किताबमा प्रकाशित यस कथाले उमेरको यिनै उतारचडाबलाई ब्यक्त गर्छ । यो अनुवाद हामी निर्जला अधिकारी र मुना सापकोटाको संयूक्त काम हो आशा छ तपाइहरुलाई मनपर्ने छ ।
जन्मदिनबारे मान्छेहरुले बिरलै बुझ्छन् सायदै भन्छन् कि जब हामी एघारको हुन्छौ हामीभित्र दश, नौ , आठ, सात, छ, पाँच, चार, तिन, दुई र एक पनि हुन्छ । एघारौं जन्मदिन भएपनि उठ्नेबित्तिकै हामीलाई एघारको महशुस हुँदैन । आँखा खोल्दा हिजोको जस्तै लाग्ने सबैकुरा आजको भैसकेको हुन्छ । तर हामीलाई एघारको जस्तो पटक्कै लाग्दैन, हामीलाई लाग्छ हामी दशकै हांै । उमेरले हामीलाई कताकता एघारको बनाउँछ । जस्तो कि कुनै दिन केही उट्पट्याङ कुरा भन्नुपर्ने हुनसक्छ, त्यो हामीभित्रको दश हो । कहिलेकाही डराएको बेला हामीलाई आफ्नो आमाको काखमा बस्नुपर्ने हुनसक्छ त्यो हामीभित्रको पाँच बर्षे पाटो हो । सायद ठूलो भै सकेपछि पनि कूनैदिन तिनबर्षे बालकझै रुनुपर्नेछ, त्यो पनि ठिकै हो । यहि कुरा म मेरी आमालाई उहाँ निराश र भावुक हुँदा भन्छु । लाग्छ उहाँ अहिले तिनको महशुस गर्दै हुनुहुन्छ ।
किनभने हामी बुढो पनि प्याजका पत्रहरु अथवा रुख भित्रको गुदी जसरी वा मेरा काठका पुतलीजसरी हुन्छौ एक अर्कोभित्र अटाउने जस्तोकी एउटा वर्ष अर्काे भित्र अटाउँछ । यहि नै एघार वर्ष हुनु हो । तिमी तत्कालै एघारको महशुस गर्दैनौ । यसलाई समय लाग्छ कहिलेकाही दिन, कहिलेकाही हप्ता र कहिलेकाही महिनानै । कसैले उमेर सोध्दा पूर्ण एघारको महशुस गर्न तिमी बाह्रको नजिक पुग्नुपर्छ । यो बर्षहरुको खेल यस्तै हो ।
आजै मात्र मलाई लाछ मसँग एघार वर्षहरु मात्र छैनन् जो म भित्र खुत्रुकेका सिक्काहरुझै एकअर्कासँग जुध्दैछन् । बरु म एघारको सट्टा एक सय दुई भैदिएको भए मलाई थाहा हुन्थ्यो प्राइस मिसलाई के जवाफ दिने । जब उहाँले त्यो रातो स्विटर मेरो डेक्समा राख्नुभयो, मसँग निशब्द अनुहारको सट्टा उहालाई दिने उत्तर हुन्थ्यो ।
मिसले “कसको हो यो?” भन्दै स्विटर माथि फाल्नुभयो ताकी कक्षाका सबैले देखुन् । “मेरो होइन” सबैले भने । “कसैको त पक्कै हो“ मिसले भन्नुभयो तर कसैले सम्झेनन् त्यो कसको हो । त्यो फाटेको थोत्रो स्विटर, रातो प्लास्टिकको टाक भएको, गला र बाहुला उध्रिएको डोरी बनाएर खेल्न मिल्ने किसिमको छ । हुनसक्छ त्यो बर्षौ बर्ष पुरानो मेरो आफ्नै स्विटर हो तर म भन्दिन त्यो मेरो हो । हुनसक्छ म पातली भएर हो वा उहाँलाई म मन पर्दैन, त्यो मूर्ख साल्भिया साल्दिभार भन्छे, “ मलाई लाग्छ यो राचेलको हो ।” मिसले उसले भनेको पत्याउँनुहुन्छ र त्यो थोत्रो स्विटर मेरो डेक्समा राख्हुन्छ । म केही बोल्न सक्दिन ।
“यो मेरो होइन, हुदै होइन” अन्त्यमा मैले मधुर स्वरमा भन्छु हुनसक्छ यो म भित्रको चार हो ।
“ साँच्चिकै यो तिम्रो हो” मिस भन्नुहुन्छ । “तिम्ले एकपटक लगाएको मैले सम्झेकी छु ।”
किनकी उहाँ शिक्षिका र म भन्दा ठूली पनि उहाँ सहि हुनुभयो म गलत । “मेरो हुँदै होइन”।।।।। मिसले किताब पल्टाउनुहुन्छ पेज न ३२ गणितको समस्या नम्वर ४ ।
मलाई थाहा छैन किन म भित्रभित्रै बिसन्चो महशुस गर्दैछु , म एक्कासी आँखा मिच्छु, दाँत किट्छु र सम्झाउँछु आफूलाई म एघारको हुँ । आमा आज साँझको लागी केक बनाउँदै हुनुहुन्छ, अनि जब बा आउँनुहुन्छ सबैजनाले मलाई गीत गाउँदै जन्मदिनको शुभकामना भन्नेछन् । जब मलाई सञ्चो भएजस्तो लाग्छ म आँखा खोल्छु तर त्यो रातो स्विटर म अगाडि पहाड उभिए जसरी उभिन्छ ।
म त्यो रातो स्विटरलाई अर्को कुनामा धकेल्छु साथै म मेरा किताब, पेन्सिल र इरेजरलाई पनि धकेल्छु धेरै पर । कुर्चीलाई पनि म आफ्नो देर्बेतिर सार्छु । यो मेरो हुदै होइन, म सोचिरहेछु टिफिन टाइम सम्म मात्र हो त्यसपछि म त्यसलाई स्कुलको चउरमा फाल्न सक्छु वा स्कुलको पार्किङमा झुन्ड्याउन सक्छु वा त्यसलाई गुटुमुटु बनाएर गल्लिमा फाल्न । मात्र गणित कक्षा सिधियोस्, मिस ठूलो स्वरमा भन्नुहुन्छ, “ राचेल बन्द गर, अति भो” किनकि उहाँले मैले स्विटर कुनामा धकेलेर त्यसलाई झरना जसरी झुन्डाएको देख्नुभयो तर मलाई केही मतलब छैन ।
“राचेल!” मिस रिसाएर बौलाएझै गन्र्नुहुन्छ, “ तिमी यो स्विटर लगाइहाल, अहिल्यै लगाउ, धैरै नखरा नदेखाउ, छिट्टो, अहिलेनै” तब मलाई लाग्छ यो म भित्रको एघार हैन किनभने म भित्रका दश, नौ, आठ, सात, छ, पाँच, चार, तिन, दुई र एकले मलाई धेरै पर धकेल्दैछन् । जब म आफ्नो एक हात स्विटरको बाहुलाभित्र घुर्साछु त्यो कुहिएको नौनी जस्तै गनाउँछ र अर्को बाहुला म भन्दा धेरै पर भएजस्तो लाग्छ जस्तो कि त्यसले मलाई पिडा दिन्छ, चिलाउने, किटाणु नै किटाणु भएजस्तो जुन मेरो होइन ।
त्यसपछि बिहानदेखि सँगालेको सबै भडार पोखिन्छ, म सबैको अगाडि रोइदिन्छु । म चाहन्छु म अदृश्य बनु तर म सक्दिन । म एघारको भएँ र आज मेरो जन्मदिन हो तर म सबैको अगाडी तिन बर्षे बालकझै रोहिरहेछु । म टाउको डेक्समा राखेर त्यो थोत्रो स्विटरले आफ्नो अनुहार पुच्छु । मेरो अनुहार तातो भएको छ र मूृखबाट रिहाल चुहिँदैछ किनकी म भित्रको त्यो सानो जनावररुपि आवाज मबाट निस्कदैन जबसम्म मेरो आँशु रित्तिदैन । अब मेरा आँशु रित्तिदैछन् र म यसरी हिकहिकाउँदैछु जसरी म तातो दुध छिटोछिटो पिउँदा हिकहिकाउँछु । तर दुखको कुरा उतिखेरै टिफिनको घण्टि बज्छ । त्यो ग्वाजे फिलिप लोपेज जो सिल्भीया भन्दा पनि मूर्ख छे भन्छे, “ उसलाई याद भयो त्यो स्विटर उसको हो” म उतिखेरै फुकालेर उसलाई दिन्छु । मिस केही नभएजस्तो गर्नुहुन्छ ।
राचेल धेरै ढिला भैसक्यो । म एघार, दश, नौ, आठ, सात, छ, पाँच, तिन, दुई र एक हँु तर मलाई लाग्छ म एक सय दुई पनि हँु । म एघार बाहेक सबै हँु । लाग्दैछ म धेरै पर आइसकेके छु, धेरै पर, हातबाट फुस्केको बेलुन वा आकासमा रहेको त्यो सानो शून्य जसलाई देख्न पनि तिम्ले आँखा चिम्लनुपर्छ ।
No comments:
Post a Comment