आउँछु नभनी आयौ जान्छु नभनी गयौ सायद म ढुङ्गा बनें सायद तिमी बतास बन्यौं ढुङ्गा अनि बतास त्यो इतिहासको भद्धा मजाक थियो ......................................... कोरिएका बेमेल रेखाहरुझैँ यत्रतत्र छरियौ हामी जब रंगको कोलाज बिनाअर्थ पोखिन्छ क्यानभाषमा जीवन जीवन नभएर कविता बन्दो रहेछ तीमी एक कविता म एक कविता सायद दृस्ठिकोणको आफ्नै मैफिलमा हराएका दुई कविका दुई कविता बन्यौं हामी तिमै तिम्रै मैफिलको राजा बन्नु म मेरै मैफिलकी रानी बन्नेछु ।
तर उनीहरुलाई थाहा हुनेछैन, म फर्कनकै लागि गएकी हुँ । उनीहरुका लागि जसलाई मैले पछाडि छोडेँ ।