Saturday, July 13, 2019

ढुङ्गा अनि बतास

आउँछु नभनी आयौ
जान्छु नभनी गयौ
सायद म ढुङ्गा बनें
सायद तिमी बतास बन्यौं
ढुङ्गा अनि बतास
त्यो इतिहासको भद्धा मजाक थियो
.........................................
कोरिएका बेमेल रेखाहरुझैँ
यत्रतत्र छरियौ हामी
जब रंगको कोलाज
बिनाअर्थ पोखिन्छ क्यानभाषमा
जीवन जीवन नभएर
कविता बन्दो रहेछ
तीमी एक कविता
म एक कविता
सायद दृस्ठिकोणको आफ्नै मैफिलमा हराएका
दुई कविका दुई कविता बन्यौं हामी
तिमै तिम्रै मैफिलको राजा बन्नु
म मेरै मैफिलकी रानी बन्नेछु । 

No comments:

Post a Comment

भोजन

मोटे, काले र म आज मानिसको हुलबाट टाढा भएका छौँ । जसले हामीलाई माया गरेझै गर्थे उनीहरुबाट नै टाढा भएका छौ । उनीहरुले हामीलाई आज भेटे भने बा...