म पुस्तकलाई प्रेम गर्छु । यसले निम्त्याउँने हरेक घटना र परिघटनालाई पनि प्रेम गर्छु । मलाई लाग्छ प्रेम गर्नु भनेको मात्र मनपराउँनु र नपराउँनु भन्दा परकोे जैविक प्रक्रिया हो । पुस्तकलाई माया गर्नु भनेको अक्षरको शक्तिलाई बुझ्नु रहेछ । र त्यही शक्तिको मादकतामा आफूलाई बिलिन गराउँनु रहेछ । अक्षरको शक्ति यति धेरै छ भनेर मेले धेरै पछि बुझें जुन दिन बुझें त्यस अघिनै म पुस्तकलाई प्रेम गर्न थालिसकेको थिएँ ।
मलाई मसि र कागजको बास्ना सधैं मनपर्यो । ममि भन्नुहुन्थ्यो , “ अक्षर भनेको नदी हो यस्ले तिम्लाई धेरै पर लग्नेछ । मलाई लाग्थ्यो र सधैं लागिरहेनेछ मैले गर्ने यात्रा अक्षरकै हुनेछ । म आफूलाई शक्तिको वृत्तबाट धेरै परको मानिस सम्झन्छु । चाहेरै पनि म आफूलाई शतिmशाली मानिस हु भन्न सक्दिन । तर अक्षरको भूबनोट किनकिन आफ्नै भूबनोट जस्तो लाग्छ । साना र खिरिला रेखाहरुको मिलन, जसले नचाहेरै पनि संसारलाई चमत्कारीक उज्यालो दिएको छ । अक्षरको उज्यालो त्यो उज्यालो हो जसले कहिल्यै शक्तिसंरचनाको चौघेराभित्र आफूलाई लगेन नलगेर नै शक्तिशाली बनिरह्यो ।
पुस्तकको कथा बिद्मालय र बिश्वबिद्मालयबिना अपुरो छ । सायद पढ्ने र पढाउँने सस्ंकृति नभएको भए सायद हाम्रा पुस्तकहरु अल्लि परका लघुमानव जस्ता हुने थिए की ? पढ्ने र पढाउँने सस्कृति एकमानमे कठोर लाग्न सक्छ । कहिलेकाही नचाहेकै कुरा पनि सिक्नु पर्ने हुनछ । तथापि विद्मालय र बिश्वविद्मालय बेगर पुस्तकको इतिहास अपुरो नै रहनेछ ।
मैले अघिनै भनिसकें म पुस्तकलाई प्रेम गर्छु । प्रेम गर्नु भनेको त्यसले दिएको पिडालाई सहनु पनि हो । पुस्तकले सधैँ सुख दिन्छ भन्ने छैन कहिलेकाही मानिसलाई सदासदाको लागि दुखी बनाउँन पनि सक्छ । केही कुरा बुझ्नु पढ्नु भनेको एकखालको दुखलाई स्विकार गर्नु पनि हो । त्यसैले अंग्रेजी कथन “ Ignorance is bliss” ठिकै हो जस्तो पनि लाग्छ ।
म आज पुस्तकले दिएको सुख भन्दापनि पिडाको बारेमा कुरा गर्दैछु । पढ्नु, युनिभर्सिटिको सटिफिकेट हुनु एकमानेमा रोमान्टिक कुरा हो । यूनिभर्सिटिले दिने ज्ञान भनेको पुस्तक र ज्ञानको बृहतर उपयोग बारे सचेत गराइदिनु मात्र हो । हामी कस्तो बन्न चाहन्छौ यो हाम्रै हातमा छ । तर यूनिभर्सिटिबाट निस्केपछि त्यही पुरानो सुखी मानिस हुन गाह्रो छ कमसेकम तपाईले देख्ने सपनाको उचाई हेर्ने हो भने । मैले कुनै अरु रिफेन्स प्रयोग गरेको छैन यो मेरा ब्यक्तिगत अनुभूति र अबलोकनको लिखित टिपोट मात्र हो ।
सपना देख्न सिकाउँने यूनिभर्सिटिले टेक्ने धरातल सारै कमजोर छ कहिल्यै भन्दैन । यूनिभर्सिटि रहुन्जेल लाग्छ म त्यहि पुरानो , कमजोर मानिस रहिन मसँग अब ज्ञान र सटिफिकेट दुबै छ म अब संसार जित्न सक्छु । तर जब तपाई सटिफिकेट लिएर बाहिर निस्कनुहुन्छ आफ्नै सपनाहरु आफ्ना लागी होइनकी जस्तो पनि लाग्न सक्छु । पढ्ने र पढाउँने संस्कृतिको सबैभन्दा सुन्दर पक्ष भनेको यसले सपनाको आयतनलाई फराकिलो बनाइदिन्छ । तर जब आफ्नै सपनाले आफैंलाई जिस्कयाएँ जस्तो लाग्छ तब आफ्नै लागी आफ्नै आत्मबल जुटाउन पनि गाह्रो पर्छ । कहिलेकाही लाग्छ मेरा सटिफिकेटहरु मैलाई हेरी हासिँरहेका छन् । र पनि म पुस्तक र यूनिभर्सिटि दुबैलाई प्रेम गर्छु । फेरी पनि त्यही पढ्ने र पढाउँने परिवारको सदस्य बन्न यूनिभर्सिटि जाँदैछु किनकि म फेरी त्यही यूफोरीयामा बाच्न चाहन्छु जसले भनिदियोस् त अब संसार जित्न सक्छेस् ।
ज्ञान र पुस्तकले कहिल्यै लिङ्ग , बर्ण, जात भन्दैन तर समाज भन्छ । यूनिभर्सिटिले दिने सटिफिकेटमा म मात्र विद्मार्थी हँु तर समाजले दिने सटिफिकेटमा म छोरी मान्छे पनि रहेछु । र मेरो ज्ञानको सटिफिकेट भन्दा छोरीमान्छे हुनुको सटिफिकेट सधैँ भारी पर्दो रहेछ । यदि तपाईको क्षमता भन्दा तपाइको लिङ्ग , बर्ण र भूबनोटले तपाइको मूल्याङ्कन गरिन्छ भने त्यो भन्दा कुरुप मूल्याङ्कन अरु केही हुन सक्दैन । नबुझ्नु एउटा कुरा तर बुझेर पनि केही गर्न नसक्नु कम दुखदायक हूदैन ।
ज्ञान र अक्षरको सिमा सिमाविहिन छ भन्ने जान्दाजान्दै पनि कहिलेकाही आफूनै आफ्नै सिमाभित्र बाधिएजस्तो लाग्न सक्छ । कहिलेकाही आफ्नै वरीपरीको समाजलाई नजिकबाट हेर्दा यस्तो लाग्छ , “अब पढ्नु र डिर्गी लिनु नौलो कुरा त रहेन तर त्यसपछि समाजसँग गर्नुपर्ने लडाई जहिकोत्यही छ ।” अझैपनि क्षमता अनुसारको काम पाउँन गाह्रो छ । अझैपनि छालाको रंग र शरीरको बनावटले धेरैकुरा निर्धारण विशेषतः महिलाहरुमा उनीहरुको बौद्धिकता र क्षमताले भन्दा । त्यसैले यदाकदा नबुझ्नुको सौन्दर्यताले बुझ्नुको कुरुपतालाई सजिलै जितिदिन्छ ।
“म मेरा पुस्ताका सबभन्दा असल मानिसहरु, भोक र पागलपनले बर्बाद भएको देख्दैछु” एलेन गिन्सबर्गका यी हरफहरु किनकिन आफ्नै बरीपरीका आफूजस्तै मानिसका लागि लेखेको जस्तो लाग्छ । हामी ज्ञानको उज्यालोलाई बुझ्छौ तर संसार यस्ता मानिसको हातमा छ जसले अरुनै कुरामा बिश्वास गर्छन् । बिश्वबिद्मालय पुग्छौ तर रोजगारी पाउँदैनौ । आफ्ना सपनाहरुमा बिश्वास त गछौ तर टेक्ने धरातल भेट्दैनौ । यी यस्तै असन्तुष्टीविच केही रहन्छ हामीसँग भने त्यो केवल भोक र सपनाको पछाडी बेप्रबाह दौडने पागलपन मात्र ।

No comments:
Post a Comment