Skip to main content

Posts

Showing posts from 2015

That's Why I Write

“When I am too sad and too skinny to keep keeping, when I am a tiny thing against so many bricks, then it is I look at trees. When there is nothing left to look at on this street. Four who grew despite concrete. Four who reach and do not forget to reach. Four whose only reason is to be and be.” When I read it, I feel as if it is written for me. Like those skinny trees, I also grew up despite concrete. Like skinny trees, I always feel an outsider in the group people. Like them, I always feel tiny. And I am one whose only reason is to be and be. I  am one, who never loved by the mass. I am one, who always sits at the corner and thinks about her own stuffy world. Considers herself so boring. So  idiosyncratic . Sometimes I think that I have to write my own story. The story of my ugliness. The story of my unbelongingness. The story of my hard work. The story of my pain. The story of my uniqueness. But I am not a good writer. Most of the time, I write about myself. I tell my own stori

शब्दहरुलाई मुर्दावाद

समय कठपुतली बनेर यदाकदा माग गर्छ धेरै कुरा पत्याउँनै गार्हो छ र त बाचिरहेछु बुढो इतिहास बोकेर भन्नुपर्ने थियो मैले उसँग नबोल्नु आवाज नहुनु होईन भनेर आज आफ्नै भद्धा शब्दहरुले मलाई रंङ्ग्याएर  गएको छ उ शहरबनेर बोलिदिन्छ शहरीया शब्दहरु र पोतिदिन्छ सेतो कागजमा कालो मसिले म आफ्नै जीवनकी मालिक्नी हुँ हाँस्छु बोल्छु तर यसको मतलब विनाकारण रंङ्ग्याउँने अधिकार होइन भाषा आवाज हो अधिनायकत्व होइन भाषा जननी हो कुनै बाद र लिङ्ग होइन मुर्दावाद उसको शब्दलाई मुर्दावाद उसको विचारलाई माफ गर आज आफ्नै शब्दहरुले आफैंलाई रंङ्ग्याएकी  छु।

म उसको छाँया हुँ उ मेरो प्रतिविम्व

पस्छु  अनि निस्कन्छु  निस्कन्छु अनि पस्छु  कहिले भित्र  कहिले बाहिर  अनगीन्ती सपनासँगै  छरप्रस्ट रहरसँगै  कहिले उसको गतिमा समय चल्छ  कहिले मेरो गतिमा  गान्धि भवन अगाडी बसेर  जब म उसको मुहार हेर्छु  कहिले उसको छाँया भित्र आफ्नो घर देख्छु  कहिले छिमेकीको आँगन  कहिले छिर्छु उसको सुन्दरतासंगै  अनि निस्कन्छु उसको कुरुपतासँगै  कहिले भिडमा पनि एक्लो पाउँछु  कहिले एकान्तमा पनि भिड  मेट्छु   कोर्छु  कोर्छु अनि मेट्छु  आफ्नो अनि उसको छाँया  म उसँगै बुढी हुदै छु  ऊ मलाई उछिनेर जवान  कहिले रुन्छु उसको कथासँगै  कहिले बहकिन्छु उसको कवितासँगै  म उसको छाँया हुँ  उ मेरो प्रतिविम्व  उ सेक्सपिएर सिद्ध्याएर  माया एन्जोलो पढाउँदैछ  म परिवार छोडेर  बुढो विश्वविधालय बुझ्दैछु  ऊ प्रेम सिकाउँदैछ  म बिद्रोह बुझ्दैछु  उ भाषाभित्रको हार्मोनी बुझाउँदैछ  म भाषाले दिएको बिछोड सम्झदैछु  तर पनि जबजब उ रुन्छ कताकता म पनि भक्कानिन्छु  किनकि उ रंग हो  म उही रंग पोतिएको क्यानभास। 

Beauty Versus Me

 Every individual has a different concept of beauty. It is an implicit term. Although our society has a certain taboo about the beauty that gives more emphasis on the overall appearance or outlook of the person. And it seems more rigid in case of women. I am one of the victims of it. I endure lots of mistreatments and cruelties because of it. But up to teenage, I never understood that external beauty has so much worth. From childhood, I kept on believing that beauty is not only the skin deep. It is something which has great significance with morality, ethics and overall character of the person. Similarly, my mom always taught me how to be proud of my black complexion, my femaleness and therefore my inherent ability to rise after every fall. However, the outer reality is far more different than my belief. So, it leads me towards a great agony. This is the untold story of my life that made me a different person. My mom never gave me any suggestion, tips or lesson about the tech

अर्काइभको लागी

आमा! आज म कोर्दै छु तिम्रो, मेरो वा हाम्रो चित्र कतै धुमिल कतै तिख्खर रंङहरु र बाङ्गो अनुभवको कुचिले तिम्रो टुटेको सपना मेरो हराएको ज्ञान उनको खोसिएको क्षितिज भर्दैछु एउटा सादा क्यानभाषमा तिम्रो फरीयाको फेरले पुछेको आशुलाई यिनै हातहरुले रङ्ग्याउँदै छु तिम्रो चुराको छनछनाहाटले बिर्साएको दुखलाई पोत्दैछु आफ्नै जीवनले आमा! आज म लेख्दै छु तिम्रो चुलोचौकोको कविता हजुराआमाको पाठेघरको कथा हो आमा ! आज म कैद गर्दैछु तिम्रो, मेरो वा हाम्रो मौन इतिहास नछेक मलाई आज म खिच्दैछु तिम्रो मेलापात, हजुर आमाको लाटोपहाड दिदिको रित्तो क्षितिज अनी मेरो आफ्नै इतिहास ताकी तिम्रा नातीनातीनाले देखुन् वंशमा नअटाएका उनका आमाहरुको क्लोजअप फोटो अर्काइभको लागी ।

कालो पाटिको भित्ताहरुमा

खुँइलिएको सर्ट च्यातिएको जुत्ता उकाली र ओराली चक र डस्टर त्यो तिम्रो जीवन हो र सायद मेरो पनि बिस बर्ष भैसकेछ तिमीले खुइलिएको आदर्श सिकाउँन थालेको कालो पाटिको भित्ताहरुमा अनी स-साना नानिहरुको स-साना मगजहरुमा जुन दिन तिम्रो पेशा बलियो हुनेँछ त्यो दिन तिमी कमजोर हुनेँछौ अनि बिनाकारण गलत्याइनेछ तिम्लाई तिम्रो स्वप्न महलबाट अयोग्यको ट्याग सँगै त्यो दिन तिमी ढल्नेछौ आफ्नै आदर्शबाट र म पनि किनकी तिम्रो अयोग्य ज्ञानले मलाई योग्य बनाएको छ ।

म र उ

उसको सिङ्गो उपस्थिति मेरो सिङ्गो आयु थियो उसको उचाइ देखेर मैले आफ्नो पुड्काइ थाहा पाँए उसको अग्लाईले मलाई बग्न सिँकायो उ पग्लिएर बनेको गहिराइले मलाई डुब्न सिकायो उसको सेतो टल्काइले मलाई चम्कन सिकायो फरक यती हो उ परको हिमाल हो म वरको नदी ।  

म फेरी आमा हुन चाहन्छु

म फेरी आमा हुन चाहन्छु यो संसारकी आमा यो भुमण्डलकी आमा र यो विश्वकी नै आमा म देख्न सक्दिन पिडा ढुख र चित्कारहरु म सुन्न सक्दिन अणुबम बाट निस्केका तिखा संगीतहरु म आमा हुँ आमा तिम्री हाम्री र ब्रह्माण्डकी नै आमा म देख्न सक्दिन आफ्नै सन्तान बाट निर्मित बिक्षिप्त संसार म चाहन्न मेरा सन्तानहरु हिटलर,मुसोलेनी र लादेनहरु बनुन् म बुद्दत्व चाहन्छु ताकी आफुले आफैलाई शान्ती दिन सकुँ म बुद्धहरु जन्माउँन चाहन्छु म क्राइस्टहरु हुर्काउन चाहन्छु म भन्न चाहन्छु मेरा सन्तानलाई कसरी बने मुहम्मद र राम भनेर म सुनाउँन चाहन्छु मेरा भावी सन्तानहरुलाई बब मार्ली, लतामङ्गेसकर र नारायण गोपालका स्वरहरु म देखाउँन चाहन्छु भ्यानगग, दाभिन्ची र पिकासोका पेन्टिङहरु म बुझाउँन चाहन्छु सुकरात ब्यास र ओशोका दर्शनहरु म सिकाउँन चाहन्छु कौटिल्य र मार्क्सका अर्थनीतिहरु म मेरा भावी सन्तानहरुमा बुद्धत्व देख्न चाहन्छु नाकी आफैँ भित्र हराएको स्वविवेकता त्यसैले म फेरी आमा हुन चाहन्छु

तिम्ले नदेखेको 'क'

खोइ तिम्रा संसार जितेका अक्षरहरुले मलाई कहिल्यै लेखेनन् झुक्किएर पनि देखेनन् म तिम्रो बर्णमालामा कहिल्यै अटाइन त्यसैले समात्दै छु आफ्नै 'क' सानो पातलो र खुँइलिएकै किन नहोस् म लेख्नेछु मेरो 'क' ले म जस्तै स-साना मान्छेहरु ति स-साना फूलहरु स-साना जीवनहरु स-साना घरहरु लिलिपुट नै किन नहुन्  मेरो  यो सानो खिएको 'क' ले मेरो यो दुर्लभ 'क' ले यती मात्र लेख्न सक्छु संघारमै हराएका जीवनहरु । 

फगत जीवनसँग

कती बिताउँनु, यो समय चिसा कोठरीहरुमा अत्यास लाग्छ आफ्नै आयुसँग यदाकदा पर्ने पुर्णिमा जस्तै कहिलेकाही देखिने आशासँग के आकाँक्षा राखुँ फगत जीवनसँग त्यो परको क्षीतीज  र  सँगैको पहाडको मिलन् कसरी सम्भव होला र ? विश्वास गरुँ आफैँसँग  भो म बिश्राम चाहन्छु यो गृह्स्थबाट् म बिलाउँन चाहन्छु यो सांसारिकताबाट म चाहन्छु सान्नाटा प्रकृती पनि नबोलोस् मसँग म चाहन्छु त्यस्तो शून्यता जहाँ पृथ्वी पनि स्थिर रहोस् ।