Saturday, August 29, 2015

म उसको छाँया हुँ उ मेरो प्रतिविम्व




पस्छु  अनि निस्कन्छु 
निस्कन्छु अनि पस्छु 
कहिले भित्र 
कहिले बाहिर 
अनगीन्ती सपनासँगै 
छरप्रस्ट रहरसँगै 

कहिले उसको गतिमा समय चल्छ 
कहिले मेरो गतिमा 
गान्धि भवन अगाडी बसेर 
जब म उसको मुहार हेर्छु 
कहिले उसको छाँया भित्र आफ्नो घर देख्छु 
कहिले छिमेकीको आँगन 

कहिले छिर्छु उसको सुन्दरतासंगै 
अनि निस्कन्छु उसको कुरुपतासँगै 
कहिले भिडमा पनि एक्लो पाउँछु 
कहिले एकान्तमा पनि भिड 
मेट्छु   कोर्छु 
कोर्छु अनि मेट्छु 
आफ्नो अनि उसको छाँया 

म उसँगै बुढी हुदै छु 
ऊ मलाई उछिनेर जवान 
कहिले रुन्छु उसको कथासँगै 
कहिले बहकिन्छु उसको कवितासँगै 
म उसको छाँया हुँ 
उ मेरो प्रतिविम्व 

उ सेक्सपिएर सिद्ध्याएर 
माया एन्जोलो पढाउँदैछ 
म परिवार छोडेर 
बुढो विश्वविधालय बुझ्दैछु 
ऊ प्रेम सिकाउँदैछ 
म बिद्रोह बुझ्दैछु 

उ भाषाभित्रको हार्मोनी बुझाउँदैछ 
म भाषाले दिएको बिछोड सम्झदैछु 
तर पनि जबजब उ रुन्छ
कताकता म पनि भक्कानिन्छु 
किनकि उ रंग हो 
म उही रंग पोतिएको क्यानभास। 


No comments:

Post a Comment

Goodbye.....

Dear Sangita, It is not easy to say goodbye. Goodbye to anyone close. But saying a final goodbye is more difficult. It has been ten years si...