Skip to main content

Posts

Showing posts from 2019

असुहाउँदो उज्यालो

अस्ताउँन लाग्दैछ घाम पहेँला किरणहरु जताततै छरिँदैछ्न् अप्रत्यारिलो न्यानोपन असुहाउँदो उज्यालो   ................................... जसरी मुस्कुराउँछ्न् मानिसहरु बिदाईमा सायद निभ्न लागेको मैनबत्ती डुब्न लागेको सपना आफ्नो नबनेकी मायालु यसरी नै मुस्कुराउछ्न् जसरी मुस्कुराउछ्न् फूलहरु चिसो तुसारोमा सायद ज्ञानी हुनु दुखी हुनु हो किनकिन म सधै संसारकै सबैभन्दा ज्ञानी मानिसहरु असुहाउँदो उज्यालो बोकेर मुस्कुराहिरहेको देख्छु । ।

The Journey Through Book

Nirjala Adhikari I was in the photography class. The day was cold and gloomy, one of the coldest days of that winter. Our photography teacher was quite new to the institution from where I completed my bachelor.  And that was the second day he was taking class to us. He was just explaining about the history of photography meanwhile he told us- he can tell our future by looking at our face. All my friends were quite eager to stand in front of him to know about their future. They stood in front of him one by one. And he told them, “you are going to be a teacher, professor, government officer, tv journalist, social worker so and so. I was not in the mood to be in front of him but one of my friends forced me. I stood in front him suddenly he said to me –“ you are going to be a shopkeeper”. Although shopkeeper is not a bad word  I felt bad that day. Simply, I felt bad. “Am I going to be a shopkeeper?” I asked myself time and again. And the funny thing is that while growing up I neve

ढुङ्गा अनि बतास

आउँछु नभनी आयौ जान्छु नभनी गयौ सायद म ढुङ्गा बनें सायद तिमी बतास बन्यौं ढुङ्गा अनि बतास त्यो इतिहासको भद्धा मजाक थियो ......................................... कोरिएका बेमेल रेखाहरुझैँ यत्रतत्र छरियौ हामी जब रंगको कोलाज बिनाअर्थ पोखिन्छ क्यानभाषमा जीवन जीवन नभएर कविता बन्दो रहेछ तीमी एक कविता म एक कविता सायद दृस्ठिकोणको आफ्नै मैफिलमा हराएका दुई कविका दुई कविता बन्यौं हामी तिमै तिम्रै मैफिलको राजा बन्नु म मेरै मैफिलकी रानी बन्नेछु । 

पुस्तकको अध्यारो

           म पुस्तकलाई प्रेम गर्छु । यसले निम्त्याउँने हरेक घटना र परिघटनालाई पनि प्रेम गर्छु । मलाई लाग्छ प्रेम गर्नु भनेको  मात्र मनपराउँनु र नपराउँनु भन्दा परकोे जैविक प्रक्रिया हो । पुस्तकलाई माया गर्नु भनेको  अक्षरको शक्तिलाई बुझ्नु रहेछ । र त्यही शक्तिको  मादकतामा आफूलाई बिलिन गराउँनु रहेछ । अक्षरको शक्ति  यति धेरै छ भनेर मेले धेरै पछि बुझें जुन दिन बुझें  त्यस अघिनै म पुस्तकलाई प्रेम गर्न थालिसकेको थिएँ ।       मलाई मसि र कागजको बास्ना सधैं मनपर्यो । ममि भन्नुहुन्थ्यो , “ अक्षर भनेको नदी हो यस्ले तिम्लाई धेरै पर लग्नेछ । मलाई लाग्थ्यो र सधैं लागिरहेनेछ मैले गर्ने यात्रा अक्षरकै हुनेछ । म आफूलाई शक्तिको वृत्तबाट धेरै परको मानिस  सम्झन्छु ।  चाहेरै पनि म आफूलाई शतिmशाली मानिस हु  भन्न सक्दिन । तर अक्षरको भूबनोट किनकिन आफ्नै भूबनोट जस्तो लाग्छ । साना र खिरिला रेखाहरुको मिलन, जसले नचाहेरै पनि  संसारलाई चमत्कारीक उज्यालो दिएको छ ।  अक्षरको उज्यालो त्यो उज्यालो हो  जसले कहिल्यै शक्तिसंरचनाको चौघेराभित्र आफूलाई लगेन नलगेर नै शक्तिशाली बनिरह्यो ।         पुस्तकको कथा बिद्मालय र बिश्व

प्रेम

         कतै सुनेको थिएँ लेख्न सबैभन्दा सजिलो विषय प्रेम हो र सबैभन्दा गाह्रो पनि । थाहा छैन प्रेममा खर्चिएका मसिहरु  कति हाँसो र आँशुले सिँचित छन् । समयको कठिन परिधिमा निस्सासीएका मानिसहरु किन प्रेम भन्ने बित्तिकै उन्मुक्त हुन्छन्? कति कुरा गर्न लजाउँछन्, कति प्रेम गर्छु भन्न डराउँछन् र कति पक्षिहरुझै आफ्नै प्रेमको उडानमा पर पर पुग्छन् । किन प्रेम आफैँमा पूर्ण भएर पनि अपूर्णझै हर प्रेमीहरुको इन्द्रेणीमा अर्को रंग बनेर घुल्छ ।          प्रेम गर्नु भनेको कोमल हुनु हो । प्रेमको इतिहास कोमलताको इतिहास हो । कसैलाई तिमी कमजोरीसहित अपनाउँछौ, उसका गल्तिहरुमा हाँसिदिन्छौ र फेरी अर्को मौका दिन्छौ र कठोरताको कैंचीले उसको उडानलाई रोक्दैनौ भने त्यो प्रेम नै हो । तिमी हर  कसैलाई प्रेम गर्न सक्छौ तर प्रेमको बदला प्रेम नै म्याथको र्फमूला  माइनस माइनस प्लस जस्तो नहुन सक्छ । प्रेम गर्दिन कहिल्यै प्रेम गरिन भन्नेहरु पनि प्रेम गर्छन् । प्रेमको मैफिललाई नकार्नेहरु  जीवनको संगित र सिम्फोनीलाई पनि नकार्न सक्छन् । नर्कानु अर्को कुरा  तर कसैलाई प्रेम नै गरिन भन्नु मिथ्या मात्र हो ।         हर प्रेमीहरु सुन

Life - a Cliche

Sometimes more than anything else I found the word itself quite interesting one. Offcourse word does not only mean syntagmatic form but also the connotation of it. Today, I am going to talk about the word “cliche”, maybe it is a beautiful word for many people. I don’t know why but it has a quite negative effect on me. The word is hunting me for many days. Recently, I asked one of my closest friends, “What is your opinion about cliche?” His reaction was quite normal although I asked him suddenly out of the blue. He told me in which sense are you asking me? I said to him in general. Then he replied- what you are saying. it is itself a cliche. Somehow I convinced on his opinion. Dictionary defines it a stereotypical opinion or phrase but in a larger sense, we can see it in our thought process, system of governance and also in a bureaucracy. I think we all are the product of cliches because we hardly raise question over the existing thought process, culture and discourses. And we accep

Voiceless Month

I have always believed that the starting of something signifies the upcoming days. But the starting of 2019, has been quite unlucky to me. The world was eagerly waiting to welcome the new calendar. Like others, I was also anxious to welcome the new English calendar with new hopes. Unfortunately, the body mechanism was also waiting to welcome the new mechanism in the body. The same day I welcomed the lonely silence in my body and I lost my old friend voice.             When we are healthy both emotionally and physically we take everything as granted. We never realize the importance of everything whatever we have. But after losing it we realize the importance. It happened to me too. I always take my voice as granted. I never think can I manage to live without it? However, the new year has given me a new bizarre surprise, the same day when I was waiting to welcome the new caleundar. First two days, I was quite confusing. I thought that it is happening because of the chilling climate o

कविता

शब्दहरुको सिमाभित्र तिमी अटाएनौ मैले पानाहरु खाली छोडिदिएँ आज जीवनका पानाहरु पल्टाउँदैछु देख्दैछु सफा सेता पानाहरु सायद...... मैले लेखेको पहिलो कविता तिमीनै  थियौ । । 

बजार

सबैले भनिदिए बोल्नेहरुको सबै बिक्छ आज बिक्नेहरुको भिडमा मौन कथाहरु पढ्दैछु बुझ्दैछु बजार बजारनै रहेछ अब नबिक्नुप्रती कुनै पश्चताप रहेन।

यात्रा

तिमीले भनेझैं  यात्रा गर्न  सजिलो रहेनछ आफ्नै डोबहरुमा आफ्नै पाइलाहरु राख्नु आफ्नै क्षितिजमा आफ्नै सपनाहरू खोज्नु आफ्नै प्रतिबिम्बमा आफ्नै छांयाहरु निहाल्नु आफ्नै मस्तिष्कमा आफ्नै अहंकारसित तर्सिनु बोरु सारै सजिलो त यात्रा नगर्नुनै रहेछ।।

ल्यान्डस्केप

जीवनका लामा लामा ल्यान्डस्केपहरु किन टुक्रीएर स-साना हुँदैछ्न् ? किन छैन उसको जस्तै तिम्रो र मेरो भागमा उज्यालो क्षितिज ? किन पत्रीकाहरु अध्यारो निराशा लिएर आउँछ्न् र भत्काउँछ्न् छोरी हुनुको आफ्नै आत्माविश्वास किन देख्छु आफ्नै शरिर यतिसारो नाजुक ? हर बिहान जब काममा निस्कन्छु किन असुन्दर लाग्छ सुन्दर भनिएका होडिङबोडहरु र भत्काउँछ्न् सपना देख्न सिकाउँने रुमानी आँखाहरु  प्रेम गर्न सिकाउँने प्रेमिल मन बिरक्तिएको आँखाले बिरक्तिएकै संसार देख्दो रहेछ यो मन ढुङ्गा  भएको छ म प्रेम गर्न डराउँदैछु । । 

विद्रोह

भन्थेउ नि आज जे छ भोलि पनि त्यही हुँनेछ सायद............. सायद त्यो प्रेम थियो मैले बुझिन... थाहा छ भोलि घाम उदाउँनेछ र भोलीको घाम छुट्टै हुँनेछ सायद आजको जस्तो धुमिल हुँनेछैन आज म प्रेम होइन विद्रोहको गीत गाइरहेछु।।

प्रतिबिम्ब

कतै छुटेको आफ्नै प्रतिबिम्ब जस्तै किन लागिरहन्छ  उ आफ्नो हो  मानिसहरू भन्छन् -  फूल्नु ओइलिनु  जानू नआउनु र विर्सिदिनु यो त विम्ब हो नियतीको बुझ्छु तर बुझ्न सक्दिन सायद अब यस्तो नहोस् आफ्नै प्रतिबिम्बमा अरु कोही खोज्नु नपरोस् ।

उत्तर

कुनै दिन फकृएका  आफ्नै आशाहरुलाई साक्षी राखेर................. केही प्रश्नहरु सोधेकी थिएँ लागेन म गलत छु ! पुर्व फर्केको सुर्यलाई पश्चिममा खोज्नु सायद गल्तीनै हो ......... समयको चिसो पाठशालाले विनाप्रश्न उत्तरहरु दिँदै छ । । प्रश्नैप्रश्न मात्र अट्ने कुनैबेलाको स्वप्निल हृदय आजकल उत्तरैउत्तरको कोलाज शब्दकोशजस्तो भएको छ शब्दकोश............... यो भन्दा उजाड म केही भेट्दिन.. हुनसक्छ समयका उत्तरहरु सायद यस्तै हुन्छ्न्। 

सरल भर्सेस कठिन

सारै सरल हुनु र सारै कठिन हुनु आफैंमा सुन्दर कुरा रहेछ । लेखनमा पनि किन सरल लेख्नुपर्छ र किन कठिन लेख्नुपर्छ भन्नेबारे सधैं बिवाद रहिरह्यो । र प्राय कठिनता र सरलतालाई हामीले एउटै वृत्तमा राखेर  कहिल्यै हेरेनौं र  भनिरह्यौं कठिन लेख्नुभन्दा सरल लेख्नुनै ठिक । तर पनि कहिलेकाही जव  सरलता र कठिनता दुवैले सुन्दरताको एउटा हद पार गर्छन तव दुवै सुन्दर लाग्दो रहेछ  कल्पनाशीलताको अन्तिम विन्दु वास्तबिकता हो भनेझै  । आज म एउटा धृस्टता गर्दैछु भिन्न परिबेशका दुई लेखकहरुबिच  केही सामञ्जस्यता र केही भिन्नता देखाउँदैछु । बिशेषतः उनीहरुको लेखन शैलीबारे कुरा गर्दै छु ।  किन किन म यी दुवै लेखकहरुबारे कुरा गर्दा अल्लि बढि भाबुक र अल्लि कम क्रिटिकल हुने गर्छु । यी दुबै मेरा प्रिय लेखकहरु हुन् । पहिलो रहेकी छन् सान्द्रा सिस्नेरोज, मेक्सिकनअमेरिकन लेखक,  ( द हाउस अन  म्याङ्गो स्ट्रिट ) जस्तो सरल तर अतिनै सुन्दर कृति लेखेर विश्वमाझ चिनिइन् । उनले सधै आफूलाई चिनाउँदा नोबडिज वाइफ एन्ड मदर भन्ने गर्छिन । तर पनि उनको खास बिशेषता चैं उनको सरलता नै रह्यो । उनी सारै सरल र कम शब्दमा लेख्न सक्ने लेखक हुन् जसको क

मूर्तता /अमूर्तता

मूर्तता.......  अमूर्तता........ किन कहिल्यै देख्दिन सङ्लो छु भन्नेहरुको सङ्लोपन सुन्दर छु भन्नेहरुको सुन्दरता पिएर बसेको पियक्कडझैं हरेक पटक.… किन अर्थहिन लाग्छ सबै अर्थपूर्ण कुराहरु र मात्र देख्छु पिकासोलेझैं कोरेका जीवनका तिनै  अमूर्त बाङ्गटिङ्गा रेखाहरु किन प्रश्नहरु प्रश्नजस्ता लाग्दैनन् भन्नबाकी  उत्तरजस्ता लाग्छ्न् किन कोही  भन्दैनन् बुझ्नु नबुझ्नु हो भनेर ……. मौनता आवाज हो भनेर …. आज किन जटिल प्रश्नहरुजस्तो सबैकुरा जटिल मात्र देख्दैछु ।