Wednesday, November 6, 2019

असुहाउँदो उज्यालो

अस्ताउँन लाग्दैछ घाम
पहेँला किरणहरु जताततै छरिँदैछ्न्
अप्रत्यारिलो न्यानोपन
असुहाउँदो उज्यालो
  ...................................
जसरी मुस्कुराउँछ्न् मानिसहरु
बिदाईमा
सायद निभ्न लागेको मैनबत्ती
डुब्न लागेको सपना
आफ्नो नबनेकी मायालु
यसरी नै मुस्कुराउछ्न्
जसरी मुस्कुराउछ्न् फूलहरु चिसो तुसारोमा
सायद ज्ञानी हुनु दुखी हुनु हो
किनकिन म सधै
संसारकै सबैभन्दा ज्ञानी मानिसहरु
असुहाउँदो उज्यालो बोकेर
मुस्कुराहिरहेको देख्छु । ।

No comments:

Post a Comment

तिमी खुसी त छौ नि भनन ?

एका बिहानै घाम लाग्यो । चराहरु उडानमा निस्के । फूलहरु मुस्कुराए । बाटामा मानिसहरुको पदचाप पर्न थाल्यो । बादलले आकाश छोड्यो । आकाश आफ्नै रं...