Wednesday, November 6, 2019

असुहाउँदो उज्यालो

अस्ताउँन लाग्दैछ घाम
पहेँला किरणहरु जताततै छरिँदैछ्न्
अप्रत्यारिलो न्यानोपन
असुहाउँदो उज्यालो
  ...................................
जसरी मुस्कुराउँछ्न् मानिसहरु
बिदाईमा
सायद निभ्न लागेको मैनबत्ती
डुब्न लागेको सपना
आफ्नो नबनेकी मायालु
यसरी नै मुस्कुराउछ्न्
जसरी मुस्कुराउछ्न् फूलहरु चिसो तुसारोमा
सायद ज्ञानी हुनु दुखी हुनु हो
किनकिन म सधै
संसारकै सबैभन्दा ज्ञानी मानिसहरु
असुहाउँदो उज्यालो बोकेर
मुस्कुराहिरहेको देख्छु । ।

No comments:

Post a Comment

Goodbye.....

Dear Sangita, It is not easy to say goodbye. Goodbye to anyone close. But saying a final goodbye is more difficult. It has been ten years si...