Friday, June 19, 2020

तिम्रो सत्य मेरो भ्रम

सदाझैं तिमी बुझ्नसक्नेछौ
म एउटा त्यस्तो चित्र हुँ
जसले तिमीलाई सधैं
उच्चताको अर्को बिन्दुले हेर्नेछ
अथवा तिमी त्यस्तो आकर्षण हौ
जस्को उज्यालोले हरेक दिन म पग्लनेछु
लाग्नसक्छ तिमीलाई तिमी त्यस्तो मैफिल हौ
जस्को गीतमा मजस्ता अनेकौं नाच्नेछन्
यी यस्तै भ्रमहरुको गुन्जनमा कहिल्यै नबिर्सनु
मौनताको एउटा अर्को अध्याय मसँग पनि छ
चाहेर नचाहेर आफू हुनुको सत्य
तिमीले सोचेजस्तो स्वप्नील नहुनसक्छ
कुनै दिन एउटै ढुङ्गामा ठोक्किएछौ भने बुझ्नु
तिमी तिमी हौ म म हुँ
तिम्रो सत्य मेरो भ्रम ।।

No comments:

Post a Comment

Goodbye.....

Dear Sangita, It is not easy to say goodbye. Goodbye to anyone close. But saying a final goodbye is more difficult. It has been ten years si...