Friday, June 19, 2020

अस्तित्वका फिलिङ्गा

मैले बादलका टुक्राहरुमा
तिम्रो नाम लेखें र
तल जमिनमा पठाएँ
आज जमिनमा केही सुन्दर देख्छु त
तिम्रो नाम देख्छु
तिमी देख्दिन तिम्रो नाम देख्छु
सायदै अब तिमी भेटिनेछौ
सायदै अब म तिम्रो नाम लेख्नेछु
अस्तित्वको यो मैफिलमा
जमिन र बादल केही नरहेपछी
तिम्ले मलाई मैले तिम्लाई खै के खोजिरहनु
खै के लेखिरहँनु !!

No comments:

Post a Comment

.. धुमिलता

बाहिर कतै घर बन्दैछ । अब शहरमा बन्नको लागि घर मात्र त छ । घर भित्र सायद घर बाकी छ वा छैन कसैलाई थाहा छैन । मानिस मानिस जस्ता छैनन् । फूलहर...