Friday, June 19, 2020

अस्तित्वका फिलिङ्गा

मैले बादलका टुक्राहरुमा
तिम्रो नाम लेखें र
तल जमिनमा पठाएँ
आज जमिनमा केही सुन्दर देख्छु त
तिम्रो नाम देख्छु
तिमी देख्दिन तिम्रो नाम देख्छु
सायदै अब तिमी भेटिनेछौ
सायदै अब म तिम्रो नाम लेख्नेछु
अस्तित्वको यो मैफिलमा
जमिन र बादल केही नरहेपछी
तिम्ले मलाई मैले तिम्लाई खै के खोजिरहनु
खै के लेखिरहँनु !!

No comments:

Post a Comment

चौँतिस

राती राम्रो निद्रा परेन । रातभर डरलाग्दा सपनाहरुले छोडेनन् । हुन त सपनाहरुले कहिलेकाही दिउँसो पनि छोड्दैनन् । बिहानै सबेरै बिउँझे । त्यही ...