Skip to main content

Posts

Showing posts from September, 2023

शुभकामना

निर्जला अधिकारी   क्याफेमा एक्लो छु । बिहानको सात बजे क्याफेमा बस्नु नौलो त होइन तर नौलोझै भएको छ । वोटरले मेनु दिएर गएको छ । मलाई कफी खानु छैन । म उसँगै कफिको लतबाट पनि पर जान चाहन्छु । मलाई पहिलेको झै बन्नु छैन । म चकलेटको फ्यान होइन तर हटचकलेट मगाएको छु । उसको पर्खाइमा छु । म उसलाई अन्तिम पटक गुडबाई भन्न चाहन्छु । मलाई मौन बिदाइले असाद्घै पोल्छ । उसलाई अन्तिम पटक– म अब तिमीसँग बोल्दिन भन्न चाहन्छु । हुन त बोल्न छोडेको उसले हो । तर उसले कहिल्यै तिमीसँग बोल्न चाहन्न भनेको छैन । उसले अनेकौ पटक बोल्न नचाहेर पनि बोल्न भ्याइन अवस्य भनेको हो । तर मलाई आजबाट म बोल्दिन भन्नु अवस्य छ । मलाई पहिलो र अन्तिमपटक आफ्नै लागि कठोर बन्नु छ ।   के म सोचेझै कठोर बन्न सकुँला । हुन त कयौ पटक – उसलाई मैले यो कुरा भन्न खोजेको पनि हो । र भन्न नसकेको पनि हो । तर यसपटक मलाई भन्नु छ । सायद आफ्नै लागि । उ त्यसरीनै आएको थियो जसरी कोही आएको थियो पहिलोपटक । उ त्यसरी नै बिदा हुँदै छ जसरी कोही अघिल्लो बिदा भएको थियो कुनै दिन । न पहिले सजिलो थियो न आज सजिलो छ । तर मलाई यसपटक अन्तिम पटक बोल्दैछु भनेर बिदा लिनु

मसिना कुरा– भाग ८

आकाश खुल्ला छ । घाम उदाइसकेको छ । सडकमा मानिसहरुको चहलपहल बाक्लो छ । एक हुल मानिसहरु आफ्नै लयमा हिडिरहेछन् । सायद यो  बाच्नुको चहलपहल हो । सडकमा मानिसहरु देखिनु, सहरको प्रतिबिम्ब हो । सायद सहरहरु यस्तै हुन्छन् । हिजो दिनभर बनारस गल्लिहरुका भिडियोहरु हेरेर बसेँ । करिब दुई बर्ष भयो, लोभ्याउँन थालेको । किन किन सधैँ लाग्छ मलाई पुग्नु छ त्यहाँ । हुन त पुग्छु भन्दैमा पुगिन्छ भन्ने पनि होइन । तर पुग्छु भनेपछि एक दिन पुगिन्छ भन्ने पनि लाग्छ । किन किन मलाई गंगामा मिसिनुको अन्तिम यर्थाथ असाध्दै मनपर्छ । मलाई मिथकिय इतिहासको त्यो हबमा पुग्नु छ जहाँ हाम्रो पुर्खाहरुले बाच्नुको अंहमलाई त्यागेर बर्हिगमनको यर्थाथलाई अंगालेका थिएँ ।  यस्तै यस्तै सपनाहरु छन् । कहिलेकाही लाग्छ हामी सबै सपनाका दासीहरु हौ । कहिलेकाही आफूले बाचेको समय असाध्दै बिद्रुप लाग्छ । आजकल लाग्छ यो कठोर समय हो । मानिसहरु यर्थाथ भनेर अंहमका बाणिहरुमा चिच्याइरहेछन् । चिच्याउनेहरु चिच्याइमात्र रहेछन् बुझ्नेहरुलाई  लाग्छ त्यो आवाज मात्र हो त्यसको कुनै अर्थ छैन । थाहा छैन चिच्याउँनेहरुलाई के भन्नु छ । कहिलेकाही आवाजका यी कुरुप अंशह

अन्त्य

 अन्त्य निर्जला अधिकारी यो यात्राको अन्त्य होइन । न सुरुवात हो । वा यो  उसले भनेझै जीवनको अप्रत्याशितताको उपज पनि हुनसक्छ । थाहा छैन यो के हो ...... जे पनि हुनसक्छ । सम्बन्धलाई धागोले नाप्न खोज्ने हो भने यो केही होइन । ऊ अब सदाका लागी टाढा जाँदैछ । म पनि अलबिदा भन्दैछु शुभकामनाका साथ । यो उसको अन्तिम बिदाई  होइन तर उसको र मेरो सम्बन्धको बिदाई भने पक्कै हो । थाहा छैन त्यो पनि होइन की । म दुबिधामा छु, भावनाहरु उर्लीएका छन् तर शब्द छैनन् । अन्त्यमा म लेख्छु “धन्यबाद, मैले तिमीलाई भेट,े यो भर्चुअल संसारमा भौतिक संसारमा नभएपनि । म खुसी छु र हुनेछु” ...... मेरो अन्तिम डिएम उसको लागी यही थियो  । उसले लभ रियाक्ट गर्यो । र यो हाम्रो अन्तिम संवाद रहने कुरा जनायो ऊ भोलीपल्टबाट टुइटरको संसारबाट बिदा लिदैँ थियो ।  जुन उसको र मेरो सम्बन्धको अन्तिम यर्थाथ थियो । म उस्लाई यो यर्थाथलाई बदलौ भन्न पनि सक्दैनथेँ । मेरो लागी टुइटरको दुनियामा भेटेको र त्यहीबाट छुटेको ऊ पहिलो र अन्तिम ब्यक्ति होइन । र पनि बिशेष पक्कै हो । म उसलाई यो ढुङ्गा माटोको संसारमा भेटेपनि चिन्नेछैन । म खोज्दै हिटेपनि भेट्ने छै

मसिना कुरा –भाग ७

  दिन घमाइलो छ । आकाश खुल्ला छ । मानिसहरुको चहलपहल केही बाक्लो छ । पुजाकोठाबाट धुपको बास्नाले सडक र गल्लिहरु महकिँदै छन् । आजको बिहानी सोचेझै शान्त छैन । एकखाले चहलपहल हिजो देखीनै कायम छ । झ्यालमा बसेर बाहिर निहाल्दै छु । महिलाहरुमा बिसेष उत्साह छ, बिहानै नुहाएको कपाल फिजाउँदै दुवो र फूल टिप्दैमा उनीहरु मस्त छन् । यो तीजको बिहानी हो, आज टोल, छिमेक र सडक शान्त बन्न चाहेर पनि बन्न सक्दैन । आजबाट असोज लागेको छ । मौसममा चिसोपन बढ्न थालेको छ । बिस्तारै सयपत्रि र मखमली फूल्न थाल्नेछन् । हावामा सयपत्रिको महक मिस्निेछ । मलाई कहिलेकाही यो सब बारे सोचिबस्दा कुनै चक्रझै लाग्छ । हरेक बर्ष यसरी नै चाडबाडहरु भित्रने गर्छन् र यसरी नै हामीलाई लाग्छ यो कुनै नौलो चाड होइन र पनि नौलो हो । कहिलेकाही लाग्छ यी चाडबाडहरुलाई म अबलोकन मात्र गर्छु । म यसमा प्रत्यक्ष सहभागीता जनाउँदिन । हिजो जस्तो थियो मेरो लागि आज पनि उही हो । यति हो बाहिर हेर्दा अल्लि फरकझै लाग्छ । भर्खरै चियाको गिलास रित्ताएको छु । औलाहरु किबोडमा छन्, सिध्याउनुपर्ने काम चाङ लागेको छ । र पनि मलाई यसरी अक्षरहरुमा पोखिन रमाइलो लाग्छ ।  गर्

मसिना कुरा– भाग ६

“जिन्दगीले दियो यति छोटो मिलन, मैले चाहेजति माया गर्न सकिन, मलाई माफ गर” दुर्गा परियारको यो गीत मोवाइलमा बज्दै छ । दिन घमाइलो छ अनि रमाइलो पनि । आकाश खुल्ला छ । भर्खरै आफ्नै हातको चिया खाइभ्याएकी छु । कहि जानु छैन । कहिलेकाही आफैसँग मात्र बिताएका यी दिनहरु अति नै प्रिय लाग्छ । शनिवार भएकाले होला मान्छेहरुको चहलपहल कम छ । सबारीसाधनहरु सडकमा कम छन् । बिहानीको सान्नाटालाई कसैले बिथोलेको छैन । मार्खेजका दुई पुस्तकहरु र अरुण सरको पुस्तक रिडिङ टेबलमा छन् । भर्खरै स्मृति रबिन्दरको “द उमन हु क्लाइम्ड द ट्रि” पढिभ्याएकी छु । लामा पुस्तकहरु पढ्न मलाई अत्यास लाग्छ । करिब ४५० पेजको यो पुस्तक पढ्दा त्यस्तै अनुभव पाएको छु । आज शनिवार भएकाले होला मन शान्त छ । कहि भाग्नुपर्ने, सिद्वाउनुपर्ने कामका डेडलाइनहरु कम छन् । हुन त दैनिकलाई पेल्ने अत्यासलाग्दा काम गर्न छाडेको तीन बर्ष भै सकेछ । मन नपर्ने काम गर्दिन भन्ने अवस्थामा पुग्नु पनि लग्जरी नै रहेछ । दुर्गा परियारको यो गीतले अनाठो महशुस गराउँदैछ । हाम्रा गीतहरुमा  प्रेम र मिलनका कथाहरु असाद्वै भेटिन्छन् । प्रेम , मिलन, बिछोड यी यस्ता अमूर्त शब्द

मसिना कुरा– भाग ५

  चराहरुको चिरबिरले बिउँझिएको छु । बिहानी रमाइलो छ तर शरीर फूर्तिलो छैन । बिरामी परेको बेला सम्झने भनेको घर र आमा नै हो । आलस्यताले छोड्न सकेको छैन । तथापी सुतिरहन सक्दिन । बिहानीलाई महसुस गर्न चाहन्छु । मानीसहरुको ओहोरदोहोरको रफ्तार सकिएको छैन । करबलले हिड्दा दुख ठान्नेहरु आफ्नो इच्छाले जति पनि हिड्छन् भन्ने बुझ्न ग्राहो छैन । हल्का चिसोपन बढेको छ । आकाश खुल्ला छ । प्रकृतिले दिने आनन्द सायद अरु केहीले दिन सक्दैन । तथापी बिरलै जीवनको खुसीको आधार प्रकृति भन्ने ठान्छौ । अब एकछिनमा कामको लागि निस्कनुछ । शरीरले जा भन्न सकेको छैन । तथापी जनि नै कठिन भएपनि कमामलाई कामकै रुपमा लिनुपर्छ भन्ने मलाई लाग्छ । आफूलाई चलाएमान नबनाएको भोलिपल्ट समय आफ्नो हातमा रहँदैन । थुप्रै कामहरु  सिद्वयाउनुपर्ने छ । समयलाई हामी रोक्न सक्दैनौ । यी अनौठा भाष्यहरुभिज उठ्नु र दौडनुको नियतिलाई हामी नर्कान सक्दैनौ । कहिलेकाही लाग्दछ केको लागि यो भागदौड गर्दैछु के पाउँदैछु के गुमाउँदैछु । आफूले आफैलाई प्रश्न गर्न थालेको पनि कयौ बर्ष भयो । प्रश्न गर्नुको बिकल्प अरु केही छैन । आफूले आफैलाई प्रश्न गर्न छाडेको भोलिपल

मसिना कुरा – भाग ४

  पानी परेर आकाश खुल्ला भएपछिको बिहानी कविता लेख्नुअघिको कागजझै लाग्छ । मौसम सफा छ । मानिसहरुको चहलपहल उही गतिमा छ । भर्खरै घाम उदाएको छ । घामका किरणहरुले हल्का चिसो मौसममा हल्का न्यानोपन दिएका छन् । समग्रमा बिहानी रमाइलो छ । पर क्षितिजमा बादलका केही टुक्राहरु अझै केही छन् । मौसममा सरद र बर्षा ऋतु दुबैको प्रभाव छ । गर्नुपर्ने काम जम्मा भएर बसेका छन् । तथापी यी किबोडका किहरुलाई मैले नकार्न सकिरहेको छैन । चाडबाडहरु भित्रिएका छन् । राता सारीहरुमा हिड्नेहरुको भिड सडकमा बाक्लो छ । तिज आउनुअघिको अघिल्लो साता मलाई काठमाडौँका गल्लिहरु अचम्मका लाग्छन् । एक वर्गको लागि यो भब्यता र सम्पन्ताको प्रदशन हो, अर्कोको लागि देखासिकि त्यो भन्दा तल्लो बर्गको लागि केबल एक रमिता । यो समय मलाई सहरमा केही रमिता चलिरहेझै लाग्छ । म यसलाई स्वतन्त्रता मात्र भनेर आफूलाई सम्झाउँन सक्दिन । दायित्व बिनाका स्वतन्त्रताहरुले मलाई कहिल्यै आकर्सित गरेन । म यसलाई तिम्रो जीवन तिम्रो रोजाइ मात्र भनेर छोडिदिन सक्दिन । हुन त यो सहरमा सधै रमिता नै चलिरहेझै लाग्छ । साउँनमा पहेलो र हरियोको रमिता, भदौमा रातोको रमिता अनि त्यसप

मसिना कुरा– भाग ३

र्मिमिरे बिहानीमा उठेको छु साथमा कुकुरहरुको एकतमासको भुकाइ छ । बाटोमा मर्निङ वाक गर्ने एक लर्को मानिसहरु लोहोरदोहोर गर्दैछन् । सडकमा भर्खरै परेका पानीका डोबहरु छन् । सबले एकतमासको दिनको सुरुवात गर्दैछन् । सायद बिहानीहरु सबैका यस्तै हुन्छन् । तर मलाई घाम झुल्किनु अघिको शितल बिहानी असाध्दै मनपर्छ । बिहानीमा अनौठो मोहकता हुन्छ, दिन अघि बढ्दै गएपछि बिस्तारै त्यो कम हुँदै जान्छ ।  मलाई बिहानी बाल्यकालझै लाग्छ । शान्त, चन्चल तर सुमधुर । घाम उदाएपछि, दिन ठल्केपछि उठ्नेहरु देखेर कहिलेकाही अचम्म पनि लाग्छ । उनीहरुले सिँगो बिहानीलाई मिस गरेझै लाग्छ ।  किबोड अगाडी बसेकी छु । चराका एक बतासहरु आफ्नै लयमा उड्दैछन् । मलाई चराझै स्वतन्त्र कोही लाग्दैन । उनीहरु देश देशावरको यात्रा बिना कुनै परिचय गरिदिन्छन् । चरालेझै संसारको बिबिधता कसले देखेको होला, कसले सम्झेको होला । मलाई चराहरु यायावरझै लाग्छन् । उनीहरुको यात्रा बिना सिमा र बन्धनको यात्रा हो । हामी त बन्धनमा बाधिएका छौ, हामी गर्ने उडान कल्पनाको मात्र हो । चराझै स्वतन्त्र भएको भए, बिना पासपोड र बिना भिसा यात्रा गर्न सक्ने भए म पनि म पनि कुनै पर

मसिना कुरा– भाग २

  दिन सफा छ । घाम उदाएको छ । झ्यालबाट पर हेर्दै छु फूलका बोटहरु प्रफूलित छन् । बिहानीको घाममा अनौठो उत्साह हुन्छ । त्यो उत्साहले मलाई पनि छोएको छ । सञ्चो नभए पनि भएझै महसुस भएको  छ । काममा गएको छैन । कहिलेकाही काम बिनाका दिनहरु अति प्रिय लाग्छ । टेबलमा केही किताबहरु छन् भर्खरै मेरो कोठामा भित्रिएका, सायद अबको एक महिना यीनले मेरो साथ दिनेछन् । पुस्तकहरु पनि मजस्तै खिरिला छन् । मलाई स–साना स्वरुपका पुस्तकहरुले बढी आर्कसित गर्छन् । शरद ऋतुका यी बिहानीहरुले एक खाले सुबास बोकेका हुन्छन् । कहिलेकाही स्मृतिमा पनि पुर्याउँछन् । अबका बिहानीहरुले दशैको सुगन्ध बोकेका हुन्छन् । दशै भन्ने बित्तिकै दशै वरिपरिका हिमालहरुको सम्झना आउँछ । जब घामका किरणहरु हिमालमा पर्छन् त्यो सुनौलो रंगका हिमालहरु दशैका हिमालहरु हुन् ।  केटाकेटी बेला लाग्थ्यो सुनौलो हिमाल देखीनु दशै आउँनु हो । काठमाडौका बिहानीहरुमा त्यी हिमालहरु रहदैनन् तथापी मौसमले दशैको सुगन्ध अवस्य बोकेर आउँछ । अबको एक महिना अझ त्यही पुरानो दैनिकिलाई अघि बढाउनु छ । कहिलेकाही कामको निरन्तरता अत्यासलाग्दो लाग्छ । आफैलाई किन यस्तो लाग्छ भनेर  प्रश

मृत्युको ब्याख्या : एक वैचारिक कोलाहल

    कविताझै, सिनेमाझै वा भनौ क्यानभाषमा कोरीएका रेखा र रंगहरुझै अन्त्यको कल्पना कसैले गर्दैन । अन्त्यको कल्पना आफैँमा एक दुरुप कल्पना हो । कुरुपता र सुन्दरता भित्र यसको अस्तित्व अट्दैन । यो आलेख ति सबै जानेहरुको नाउँमा जसले जान्छु है नभनी गए वा नजाउँ भन्दाभन्दै गए । प्रिय जानेहरु... जीवनको रंगमञ्चबाट बिदा हुनु आफैँमा सुन्दर हो या कुरुप हो म जान्दिन । गुमाउँनुको पिडा सधैँ रहनेछ । चाहेर नचाहेर गुमाउँनु एक निरन्तर चलिरहने प्रक्रिया रहेछ आजकल बुझ्दैछु । जसरी तिमीहरु गयौ त्यसरी हामी सबै जानेँछौ । यो बाच्नुको यर्थाथ हो । यो यर्थाथको अन्तिम  उडान हो । जीवनको एक अन्तिम सत्य हो । बुझ्छु तर बुझ्दिन । सायद मृत्युलाई म कहिल्यै बुझ्न सक्दिन । त्यो फागुनको महिना थियो, मलाई अहिले पनि सम्झना छ  तिमी म जस्तै देखिन्थ्यौ । मलाई यदाकदा कसैले निर्जलाको सट्टा निर्मला भन्दा तिम्रो याद आउँछ । सपना देख्ने उमेरमा तिमी आफैँ एक कुरुप सपना बन्यौ । त्यसपछि तिमी बस्ने बेन्चमा अरु कोही बस्न थाल्यो । तिमी जानेहरुको लिस्टमा मिसियौ । हामी बस्नेहरुको स्मृतिमा तिमी धुमिल बन्दै गयौ । त्यसपछि मैले निर्मला नाम गरेको त कयौ