आकाश खुल्ला छ । घाम उदाइसकेको छ । सडकमा मानिसहरुको चहलपहल बाक्लो छ । एक हुल मानिसहरु आफ्नै लयमा हिडिरहेछन् । सायद यो बाच्नुको चहलपहल हो । सडकमा मानिसहरु देखिनु, सहरको प्रतिबिम्ब हो । सायद सहरहरु यस्तै हुन्छन् ।
हिजो दिनभर बनारस गल्लिहरुका भिडियोहरु हेरेर बसेँ । करिब दुई बर्ष भयो, लोभ्याउँन थालेको । किन किन सधैँ लाग्छ मलाई पुग्नु छ त्यहाँ । हुन त पुग्छु भन्दैमा पुगिन्छ भन्ने पनि होइन । तर पुग्छु भनेपछि एक दिन पुगिन्छ भन्ने पनि लाग्छ । किन किन मलाई गंगामा मिसिनुको अन्तिम यर्थाथ असाध्दै मनपर्छ । मलाई मिथकिय इतिहासको त्यो हबमा पुग्नु छ जहाँ हाम्रो पुर्खाहरुले बाच्नुको अंहमलाई त्यागेर बर्हिगमनको यर्थाथलाई अंगालेका थिएँ ।
यस्तै यस्तै सपनाहरु छन् । कहिलेकाही लाग्छ हामी सबै सपनाका दासीहरु हौ । कहिलेकाही आफूले बाचेको समय असाध्दै बिद्रुप लाग्छ । आजकल लाग्छ यो कठोर समय हो । मानिसहरु यर्थाथ भनेर अंहमका बाणिहरुमा चिच्याइरहेछन् । चिच्याउनेहरु चिच्याइमात्र रहेछन् बुझ्नेहरुलाई लाग्छ त्यो आवाज मात्र हो त्यसको कुनै अर्थ छैन । थाहा छैन चिच्याउँनेहरुलाई के भन्नु छ । कहिलेकाही आवाजका यी कुरुप अंशहरुले खल्बल्याउँछन् ।
करिब दश दिन भयो माइतिघर र बानेश्वर सडकमा मानिसहरुको हुल टुटेको छैन । इतिहासलाई हेर्ने हो भने यसरी पेशाकर्मिहरु कहिल्यै यस्तो यपस्थितिमा सडकमा उत्रिएका थिएनन् । ति गुरुहरु थिएँ ति गुरुआमाहरु थिएँ । उनीहरु निराश देखिन्थेँ । हुन त काठमाडौँका सडकहरुले बिरलै उनीहरुलाई चिन्छ । मलाई लाग्छ काठमाडौँलाई शिक्षकहरुलाई चिन्दैन । यहाँ शिक्षक हुनु भनेको दरिद्र हुनु हो । पुरानो सट पायट सधै लगाएर हिड्नु हो । यो समाज आदर्शले जिन्दगी चल्दैन भन्ने समाज हो । तर गाउँघरले शिक्षकहरुलाई अझै मान्छ । आज पनि गाउँघरलाई हाक्नेहरु उनीहरु नै हुन् । उनीहरु निराश देखिनु सायद हामीले बाचेको आदर्शको अन्त्य हुनु हो ।
यो आफू शिक्षक हुनुको आदर्श बोलको होइन यो त शिक्षकको बिराशतको अर्को अंश बोलेको हो । मैले जीवनमा भेटेका अधिकांश असल मानिसहरु शिक्षकका अंशहरु थिएँ । ति पुराना झोला र बिना आइरनका पायट र सर्टमा आएका मानिसहरुलाई सहरले चोर झै सम्झन्छ । सहरलाई लाग्छ उनीहरुले देश लुटिरहेछन् । सहरलाई लाग्छ शिक्षकहरुले आफ्नो हक हितको कुरा गर्नु शिक्षक हुनुको मूल्य तोड्नु हो ।
कहिलेकाही सहरले लोभ्याउँछ पनि तर कहिलेकाही लाग्छ सहरले सम्पनतालाई मात्र बोल्छ । आजकाल बिकास र सम्पन्ताको बिम्ब मात्र समाजमा बाचेझै लाग्छ । सडकमा झुत्रो देखिनु असफलताको बिम्ब हो । कसैले सडकका मानिसहरु बारे बोल्नु कि अति सम्पन्न हुनु हो कि अति दरिद्र हुनु हो । सहरलाई लाग्छ सहरमा बाच्ने भनेको ठूलो सिसाबाला भवनबाट तल खुल्ला सडकबाट हेर्नेले मात्र हो । कसैले उनीहरुबारे बोल्छ भने उनीहरुले कसैको पैसा बोलिरहेझैँ लाग्छ । सहर सडकबारे बोल्नेहरुलाई गाली दिन्छ । उसले खाने चामल र नुनको स्रोत सोध्छ र भन्छ उसले खाएको चामलको मूल्य कति हो । कहिलेकाही लाग्छ आजकल सहरले बिना चस्मा कसैलाई हेर्न छोडिदिएको छ ।
थाहा छैन कुनै दिन मलाई नै तेरा अक्षरहरुमा कुनै बिदेशी दाताको पसिना गनाउँदैछ भनिदिने छ । थाहा छैन बुद्व र ऋषिमूनिहरुले घर छोड्दै गर्दा कसैले उनीहरुलाई अब कुन चामलको भात खान्छस् भनेर सोधेका थिए कि थिएन । यो सबै सोचिरहँदा यो समाजको हिस्सा भएकोमा दुख पनि लाग्छ ।
यो कुरुप यर्थाथलाई सुन्दर म मान्न सक्दिन । मलाई आजकल सहर कुरुप लाग्छ । करिब सत्र बर्षमा मैले बाचेको समाज यती कुरुप कहिल्यै देखेको थिएँ । गिन्र्सवर्ग भन्ने, “मैले भेटेका सबैभन्दा असल मानिसहरु कि गाँजाले कि भोकमरीले मर्दैछन्” आजकल मलाई त्यस्तै लाग्छ ।
No comments:
Post a Comment