चराहरुको चिरबिरले बिउँझिएको छु । बिहानी रमाइलो छ तर शरीर फूर्तिलो छैन । बिरामी परेको बेला सम्झने भनेको घर र आमा नै हो । आलस्यताले छोड्न सकेको छैन । तथापी सुतिरहन सक्दिन । बिहानीलाई महसुस गर्न चाहन्छु ।
मानीसहरुको ओहोरदोहोरको रफ्तार सकिएको छैन । करबलले हिड्दा दुख ठान्नेहरु आफ्नो इच्छाले जति पनि हिड्छन् भन्ने बुझ्न ग्राहो छैन । हल्का चिसोपन बढेको छ । आकाश खुल्ला छ । प्रकृतिले दिने आनन्द सायद अरु केहीले दिन सक्दैन । तथापी बिरलै जीवनको खुसीको आधार प्रकृति भन्ने ठान्छौ ।
अब एकछिनमा कामको लागि निस्कनुछ । शरीरले जा भन्न सकेको छैन । तथापी जनि नै कठिन भएपनि कमामलाई कामकै रुपमा लिनुपर्छ भन्ने मलाई लाग्छ । आफूलाई चलाएमान नबनाएको भोलिपल्ट समय आफ्नो हातमा रहँदैन । थुप्रै कामहरु सिद्वयाउनुपर्ने छ । समयलाई हामी रोक्न सक्दैनौ । यी अनौठा भाष्यहरुभिज उठ्नु र दौडनुको नियतिलाई हामी नर्कान सक्दैनौ ।
कहिलेकाही लाग्दछ केको लागि यो भागदौड गर्दैछु के पाउँदैछु के गुमाउँदैछु । आफूले आफैलाई प्रश्न गर्न थालेको पनि कयौ बर्ष भयो । प्रश्न गर्नुको बिकल्प अरु केही छैन । आफूले आफैलाई प्रश्न गर्न छाडेको भोलिपल्ट आत्मरतिमा रमाउँन मात्र सकिन्छ । आफूले आफैलाई म गज्जबको मानिस हुँ भन्ने ठान्न गाह्रो छ । गुनासो त आफैँसँग पनि रहदो रहेछ ।
यी गुनासाहरुविच आफैलाई अघि बढाउनुको बिकल्प छैन । सायद हामी सबैले चलायममान हुनुको नियतीलाई स्विकार्छौ । गुनासो र कुण्ठालाई बोकेर हिडिरहन नसकिने रहेछ ।
कहिलेकाही लाग्छ, संसारलाई गह्रौ्र र उराठलाग्दा लाग्ने यी यस्ता कुरा कति गरिबस्नु । अरुझै भैदिनु पनि ठिकै हो । दुई चार ओटा टिकटक भिडियो बनाउँ, दुई चारवटा आत्मरतिका पोष्टहरु फेसबुकमा गरेर यहि हो जीवन भनेर रमाइदिउँ भन्ने पनि लाग्छ । धेरैको लागि जीवन भनेको त्यस्तै केही हो । तर मन मान्दैन । यो नमान्ने मनलाई म मनाइराख्न पनि सक्दिन ।
आज गफ गरिबस्ने बिषय पनि रहेनछ । सायद म रित्तो छु । कहिलेकाही यस्तो अबस्थामा रहनुले अर्कै आनन्द दिन्छ । सायद केही नरहनु सबैथोक हुनु हो । सबैथोक नभएको अबस्थामा हामी ठूलो आवाज निकाल्छौ । अपूर्णताको अवस्था असाद्वै अप्रिय अवस्था हो । हुन त पूर्णताको अनुभूति हामीसँग बिरलै हुन्छ ।
आज भन्नेकुरा यतिनै भएकाले यी मसिना गफहरुलाई यहि अन्त्य गर्न चाहन्छु । सायद अबको भेटमा अरुनै कुराहरु हुनेछन् ।
No comments:
Post a Comment