एउटा पारिलो मध्यान्नमा तिमी भेट्टिएका थियौ जसरी भेट्टिन्छन् घाम र क्षितिज पृथ्वी र ताराहरु अनायासै हामी भेट्टियौ जसरी भेट्टिन्छन् फूल र भमराहरु परेवाका जोडिहरु नदिहरु संगम बनेर । देख्नु र साँच्चै मिल्नुको भेद कहिले मेट्टिएछ थाहै भएन जसरी भेट्टिन्छन् मसी र अक्षरहरु रंग र कुचि त्यसरी नै तिमी र म हामी भएछौं इतिहासको एउटा स्वर्णिम कालाखण्डमा । आज तिमी भन्दैछौ अब हामी छुट्टिनुपर्छ् र छुट्टिनुको कालो महाभारतलाई मैले बिछोड नमानि यात्रा मानेर तिम्रा लागी एउटा फराकिलो मूलबाटो रोजिदिएकी छु । अनि तिम्ले मेरो लागि खुशी हुने एउटा सुन्दर महाकाब्य लेखिदिएकाछौ र म त्यसैलाई तिमी ठानेर बिदाइको हात हल्लाउँदैछु ।
तर उनीहरुलाई थाहा हुनेछैन, म फर्कनकै लागि गएकी हुँ । उनीहरुका लागि जसलाई मैले पछाडि छोडेँ ।